ABC (क्राईमबिट) काठमाडौं । नक्कली कागजपत्र बनाएर प्राकृतिक विपत्तिको शिकार भएको भन्दै भारतबाट आएर भिक मागिरहेका १२ नाबालिगसहित २४ जना भिखारीलाई नेपाल प्रहरीले पक्राउ गरी फिर्ता (भारत) पठाएको छ । नेपाल–भारत सीमा क्षेत्रको नेपालतर्फको बिर्तामोडको सडकमा भीख माग्ने क्रममा राजस्थानका २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । काखमा छ महिनाको बच्चासहित कैयौँ साना बालबालिकालाई साथमा […]
ABC (क्राईमबिट) काठमाडौ । सशस्त्र प्रहरी बलका ३ हजार ८ सय ७१ जना जवानहरु सहायक हवल्दारमा बढुवाको लागी सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) अनुसार उनीहरुलाई बढुवाको लागी सिफारिस गरेको लागि गरेको हो ।
(ABC-Sanchar) काठमाडौँ । पोखराका ट्याक्सी चालक मिटरमा हिँड्न तयार भएका छन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडदारअनुसार ट्याक्सी मिटरमा गुड्ने भएका हुन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तर्क्रिया कार्यक्रममा ट्याक्सी चालकले पोखरा उपत्यकाभित्र मिटरमा हिँड्ने प्रतिबद्धता जनाएका हुन् । विसं २०७८ फागुन १ देखि लागू हुने […]
कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्धार गरिएको छ । युवराज सफलको संयोजकत्वमा गठित नेपाल समाजवादी मोर्चाले सिन्धुपालञ्चोक बाँडेगाँउ स्थायी ठेगाना भएकी २६ वर्षीय महिलाको कुवेतको जाराबाट उद्धार गरी यही साउन २४ गते काठमाडौँ ल्याएको हो । पीडित महिलालाई नेपालमा रहेका भतिज राज श्रेष्ठ र दलाल उमेश चौहान आकर्षक तलबको प्रलोभन देखाइ गत असार १७ मा […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुवँरले बिभिन्न शाखा, उप-शाखा, भौतिक संरचना, मेस, व्यारेकको स्थलगत निरीक्षण तथा प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरुद्वारा प्रस्तुत गरिएको कवाजको अवलोकन गर्नुको साथै प्रतिष्ठान परिसरमा वृक्षारोपण गरी प्रहरी प्रतिष्ठानबाट भए गरेका विभिन्न गतिविधि तथा कृयाकलापहरु सहितको प्रस्तुतीकरणमा सहभागी हुनु भई प्रतिष्ठानमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन सम्बोधन […]
(ABC-Sanchar) बुटवल । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट)मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने बताएका छन् । शुक्रबार पार्टीले बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता उनले क्यान्टोन्मेन्ट घोटालासहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्ने बताएका हुन् । उनले व्यक्ति हेरेर एउटा एउटा भन्दा पनि सबै भ्रष्टाचारको छानबिन गरी निष्कर्षमा […]
ABC (क्राईमबिट) सङ्खुवासभा । जिल्ला कारागार सङ्खुवासभामा दुई कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ । कारागारमा सङ्खुवासभाको मादी नगरपालिका–५ का कैदी १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । कैदी मादी –५ का तोलाङ्गी र ककनी–७ […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई काठमाडौँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा डा पुनम थापा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार थापालाई आज काठमाडौँबाट पक्राउ गरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरूद्ध ब्यूरोले अपरेसन थालेको छ । […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ गरेको हो। दिल्लीबाट इन्डिगो एयरमार्फत आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेलगत्तै प्रहरीले पक्राउ गरेको हो। उनलाई राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको छ। सुन तस्करी प्रकरणमा विभागले व्यापारी राकेश अकुडियाको घरमा केही दिनअघि छापा मारेको थियो। उनी फरार छन्।
नेपाल प्रहरीले ५२ लाखभन्दा बढी नेपाली नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरेर नक्कली नोट कारोबारीलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, अर्जुन सुवेदी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र पार्वती […]