०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

समाचार

नगरपालिकामा अख्तियारको छापा

(ABC-Sanchar) धनुषा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला बिहारी नगरपालिकाको कार्यालयमा छापा मारेको छ। ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको रकम अनियमिततालगायत आरोपमा उजुरी परेपछि अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले आइतबार दिउँसो नगरपालिकामा छापा मारेको हो। वडा नं. ९ का वडाध्यक्ष विन्देश्वर यादवले अनुचित कार्य गरेको भन्दै शनिबार अख्तियारको बर्दिबास कार्यालयमा उजुरी परेको थियो। स्थानीय चन्द्रदीपकुमार […]

(ABC-Sanchar) काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो। भीमफेदी-२ भैंसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै, कुलेखानी-सिस्नेरी-काठमाडौं सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौं सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो। […]

(ABC-Sanchar) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन्। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए। उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर […]

(ABC-Sanchar) दाङ । तुलसीपुर उपमहानगरपालिकाले इन्धन लैजाने पत्रकारहरुको नामावली सार्वजनिक गरेको छ । इन्धनको दुरुपयोग भएको समाचार प्रकाशित भएपछि उपमहानगरको चौतर्फी आलोचना भएको थियो । इन्धन वितरणमा ब्यापक दुरुपयोग गरेको र उपमहानगरपालिकाले कार्यक्षेत्र र अधिकार क्षेत्र विपरित पत्रकारलाई इन्धन दिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा पाइएको थियो । नेपाल पत्रकार महासंघ दाङ शाखालाई उपमहानगरपालिकाले […]

  विपुल पोख्रेल काठमाडौं । पत्रकार आचारसंहिताको पत्रकार र सञ्चार माध्यमले पालना गर्नुपर्ने कर्तव्य अन्तर्गतको बुँदा १५ मा ‘गल्ती सच्याउन तत्परता’ लेखिएको छ । यसको अर्थ पत्रकारिता क्षेत्र सधैँ आफूबाट केही गल्ती भएमा त्यसलाई सच्याउँदै अगाडि बढ्नु पर्छ भन्ने नै हो । पत्रकार आचारसंहितामा यो बुँदा त्यसै राखिएको पक्कै पनि होइन, यसका पछाडि ठुलो दर्शन […]

(महेन्द्र सिंह) बाँके । नेपाल प्रेस युनियनको शनिबार सम्पन्न १२औं जिल्ला अधिवेशनले  रेडियोकर्मी ढकाललाई अध्यक्षमा निर्वाचित गरेको छ । समितिमा मिडियागत प्रतिनिधित्व, सिमान्तकृत, अल्पसंख्यक र पिछडिएको क्षेत्रका ब्यक्तिलाई निर्वाचित गरेर समिति साँच्चीकै समावेशी बनेको छ । उपाध्यक्षमा कमल खत्री, उपाध्यक्ष (महिला) नीशा शाह, सचिव भीष्म लोध, सहसचिव माया अधिकारी र कोषाध्यक्षमा खडक खत्री निर्वाचित भएका […]

(ABC-Sanchar) काठमाडौं । सरकारले सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्न कडा नीति लिएको छ । सामाजिक सञ्जालमा हुने भ्रामक जानकारी, हिंसा, भेदभाव, अश्लिलता फैलाउने प्रवृत्ति रोक्न सरकारले कडा नीति ल्याएको हो । ‘राष्ट्रिय साइबर सुरक्षा नीति’ मा राष्ट्रिय सुरक्षामा आँच पुर्याउने, घृणा वा द्वेष फैलाउने, अनलाइन उत्पीडन र साइबर बुलिङ गर्ने, सामाजिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्याउने, […]

(ABC-Sanchar) काठमाडौं । अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी जयाप्रदालाई चेन्नईको एक अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ । यो मुद्दा रोयापेट्टामा रहेको उनको आफ्नै थिएटरसँग सम्बन्धित छ, जहाँ कर्मचारीहरूले उनीविरुद्ध निवेदन दिएका थिए । अदालतले यस सम्बन्धमा जयाप्रदालाई ५ हजार रुपैयाँ जरिवाना समेत गरेको छ । एक रिपोर्टका अनुसार जयको यो थिएटर उनको व्यापारिक साझेदार राम […]

ABC (क्राईमबिट) पर्सा । बिरगंज वडा प्रहरी कार्यालय श्रीपुरले ४ लाख मूल्य बराबरको भन्सार छलीको चामल नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमान्डमा गएको गएको टोलीद्वारा वीरगन्ज महानगरपालिका वडा नम्बर १० र ११ स्थित रहेको गोदामबाट भन्सार छली चोरी पैठारी गरि भित्र्याएको भारतीय विभिन्न ब्रान्डका २०२ बोरा चामल नियन्त्रणमा लिएको हो । […]

(ABC-Sanchar) काठमाडौं । भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु भएको छ । साथै अन्य १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । राज्यको अहमदाबाद जिल्लाको बाभला(बगोदरा राजमार्गमा यात्रुवाहाक गाडी रोकी राखेको ट्रकसँग ठोक्किएपछि सो दुर्घटना भएको हो। पीडितहरू नजिकैको जिल्लामा धार्मिक कार्यक्रममा सहभागी […]

error: Content is protected !!