(ABC-Sanchar) काठमाडौँ । महानगरपालिकाका प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ । महानगरपालिकाले स्थानीयसँग समन्वय नगरी कपन हुँदै बगेको खहरे खोला खन्न गएको भन्दै स्थानीयले विरोध गरेका हुन् । काठमाडौँ १० र बुढानीलकण्ठ ७ को सिमानामा रहेको क्षेत्रमा खोला अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउने भन्दै महानगर प्रहरी डोजर लिएर पुगेको थियो । नगरप्रहरी पुग्नासाथ […]
(ABC-Sanchar) काठमाडौँ । ट्याक्सी चालकहरू आन्दोलित भएका छन्। नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । बिहीबार काठमाडौँको नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भइ मजदुर चालक स्वतन्त्र सङ्घर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका हुन्। […]
(ABC-Sanchar) काठमाडौँ । भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमै फिर्ता गरिएको छ। काठमाडौँबाट बिहीबार भैरहवा उडेको ८५७ जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। ९ एन-एएनपी जहाजलाई प्राविधिक टोलीले परीक्षण गरिरहेको बुद्ध एयरले जनाएको छ। यात्रुहरूलाई अर्को जहाजबाट भैरहवा पठाउने तयारी छ।
(ABC-Sanchar) कैलाली । बाढीले जग रहेको क्षेत्र कटान गरेपछि पुल जोखिम अवस्थामा पुगेकोले प्रतिबन्ध लगाइएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए । गत मंगलवार निरीक्षण गर्न पुगेका कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख तथा प्रतिनिधिहरूले पुल धरापमा रहेको भन्दै प्रवेशमा रोक लगाउन भनेका थिए । […]
(ABC-Sanchar) दार्चुला । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका तीन जनालाई कारागार चलान गरिएको छ । करागार चलान हुनेमा महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी रहेका जिल्ला अदालत दार्चुलाका सूचना अधिकारी गणेश विष्टले बताए । जिल्ला अदालत दार्चुलाका […]
(ABC-Sanchar) काठमाडौं । नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झण्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ । कतिपय सेवाग्राहीले एउटा वर्गभन्दा थप वर्गको अनुमतिपत्र लिएकाले, कतिपय विदेश गएकाले र कतिपय काठमाडौँ उपत्यका बाहिर गएकाले छापिएर आइसकेको अनुमतिपत्र बुझ्न नआएका […]
(ABC-Sanchar) काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । एक क्विन्टल सुन तस्करी प्रकरणमा अर्थ र गृहमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने बताउँदै आएका उनी पक्राउ परेका हुन् । मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद उनी पक्राउ परेका विषयमा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । ‘केही दिनदेखी सुन […]
(ABC-Sanchar) दाङ । मुख्य बजार घोराहीदेखि करिव ७ किलोमिटर दक्षिणमा रहेको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिर धारापानी छ । उक्त मन्दिरमा आजभोलि साँझ परेसँगै भक्तजनको बेग्लै उत्साह देख्न सकिन्छ । मन्दिरमा सुरु भएको सुरु भएको गंगा आरती हेर्ने भक्तजन तथा दर्शनार्थीहरुको बाक्लै भिड लागने गरेको छ । पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा यस पटक पुरुषोत्तम माहात्म्य […]
(ABC-Sanchar) पर्सा । नेपाली काँग्रेस मधेश प्रदेशका सभापतिले नितेश कुमार गुप्ताको नेतृत्वमा मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग गठन गरेका छन् । मधेश प्रदेशका भौतिक पुर्वधार तथा यातायात मन्त्री एवम नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव द्वारा हस्ताक्षरित पत्रमा पर्सा जिल्लाबाट राहुल गुप्ता र निलिमा पौडेल मनोनीत भएका छन । पर्सा […]
(सागर थापा) बुटवल । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईबाट लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका सम्पूर्ण शाखा, भौतिक संरचना, प्रशासनिक तथा प्रशिक्षण गतिविधिको सूक्ष्म रुपमा निरीक्षण तथा अवलोकन गर्नुका साथै केन्द्रको सम्पूर्ण वस्तुस्थितीको बारेमा जानकारी लिई केन्द्रमा कार्यरत सम्पूर्ण प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको थियो । […]