(ABC-Sanchar) पर्सा । नेपाली काँग्रेस मधेश प्रदेशका सभापतिले नितेश कुमार गुप्ताको नेतृत्वमा मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग गठन गरेका छन् । मधेश प्रदेशका भौतिक पुर्वधार तथा यातायात मन्त्री एवम नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव द्वारा हस्ताक्षरित पत्रमा पर्सा जिल्लाबाट राहुल गुप्ता र निलिमा पौडेल मनोनीत भएका छन । पर्सा […]
(सागर थापा) बुटवल । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईबाट लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका सम्पूर्ण शाखा, भौतिक संरचना, प्रशासनिक तथा प्रशिक्षण गतिविधिको सूक्ष्म रुपमा निरीक्षण तथा अवलोकन गर्नुका साथै केन्द्रको सम्पूर्ण वस्तुस्थितीको बारेमा जानकारी लिई केन्द्रमा कार्यरत सम्पूर्ण प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको थियो । […]
(सागर थापा) दाङ । पुर्वपश्चिम राजमार्गहरूमा सवारी दुर्घटना हुने क्रम नरोकिएपछि दाङ जिल्ला ट्राफिक प्रहरीले आकस्मिक निरीक्षणसँगै (राडरगण) चेकजाँच गर्न थालेको छ । सवारी साधनको गति र लामो दूरीका बसमा दुईजना चालक राख्नुपर्ने प्रावधानको पालना भए नभएको बुझ्न पूर्वपश्चिम र रत्न राजमार्ग क्षेत्रमा दाङ ट्राफिक प्रहरीले आकस्मिक जाँच सुरु गरेको हो । ट्राफिक प्रहरीले लामो […]
(ABC-Sanchar) कंचनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार दोदा नदीको बाढी पुनर्वास नगरपालिका– ५ सिमरी गाउँका ५० र मोहना नदीको बाढी कृष्णपुर नगरपालिका– ७ शान्तिगाउँका ६० घरमा पसेको हो। बछेला खोलाको तटबन्ध भत्किँदा शान्तिटोलमा बाढी पसेको हो। महाकाली र जगबुढा नदीको मिलन बिन्दु क्षेत्र कुतियाकबरमा कटान सुरु भएको छ।
(ABC-Sanchar) कैलाली । गाेदावरी नगरपालिका-४ काे बुढिताेलामा साेमबार राति आएकाे पहिराेसँगै करीब दुई सय मिटर भाँसिएपछि अवरुद्ध भएकाे राजमार्ग सञ्चालन हुन नसकेकाे हाे। डिभिजन सडक कार्यालयले पहिराे पन्छ्याउने काम जारी रहेपनि पहिराे आउने क्रम नराेकिएपछि समस्या भएकाे जनाएको छ। मंगलबार राति साेही ठाउँमा फेरि पहिराे गएकाे छ। सडक डिभिजन कार्यालयका प्रमुख हरी सुवेदीले चार वटा […]
ABC (क्राईमबिट) काठमाडौं । सुदूरपश्चिम पृतना हेडक्वार्टरमा दरबन्दी राखेर राष्ट्रिय प्रतिरक्षा महाविद्यालयतर्फ काजमा खटिएका सहायक रथी टंकप्रसाद भट्टलाई सैनिक सचिव विभागको अतिरिक्त समूहमा खटाइएको छ। तर उनले सोही महाविद्यालयमा काजमा रहेर काम गर्नेछन्। वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहेका तर १७ नम्बर बाहिनी अड्डामा काजमा खटिएका सोही दर्जाका भोलानाथ थापालाई उक्त बाहिनी अड्डाको बाहिनीपति बनाइएको […]
(ABC-Sanchar) पर्सा । पर्सागढी नगरपालिका ४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको हो । कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले सोही ठाउँका २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई पक्राउ गरेको छ । वकिल महमद र अली महमद अन्सारीबीच शनिबार राति झै–झगडा तथा कुटपिट हुँदा अबतुल्लाह मिया अन्सारीले चिर्पटले […]
(ABC-Sanchar) काठमाडौं । दुर्घटनामा बाँचेका चार जनाले आफूहरू ट्युनिसियाबाट इटाली जानका लागि डुङ्गा चढेको बताएका बीबीसीले जनाएको छ । उद्धार गरेर बाँच्न सफल चार जना आप्रवासी आइभोरी कोस्ट र गिनीका बासिन्दा हुन् । एक कार्गो जहाजले उनीहरूलाई उद्धार गरी इटालीको तट रक्षकलाई बुझाएको थियो । ट्युनिसियाको स्फ्याक्स बन्दरगाहबाट ४५ जना डुङ्गामा चढेकोमा केही घण्टापछि डुबेको […]
(ABC-Sanchar) मुगु । कार्मारोङ गाउँपालिका पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढाको सात महिनाको गर्भ छ । उनको नाकभित्र मासु पलाएर सास फेर्न गारो भएपछि उपचारका लागि नेपालगञ्ज जान रारा विमानस्थल आएको ६ दिन भयो । गाउँपालिकाले उनलाई २० दिनको मात्र बिदा दिएको छ । पाँच दिन रारा विमानस्थलमा सकिसकेको छ । जहाजको पर्खाइमा बस्दा […]
(ABC-Sanchar) काठमाडौं । २८ जनाको ज्यान जाने गरी भएको गौर हत्याकाण्डको १७ वर्षपछि छानबिन गर्ने सहमति भएपछि सत्ता गठबन्धनमा असन्तुष्टि बढेको छ । मंगलबार सरकार र गौर हत्याकाण्ड संघर्ष समितिबीच पाँच बुँदे सहमति भएपछि जसपालाई सरकार छाड्न दबाब बढेको छ । ७ चैत २०६३ मा रौतहटको गौरस्थित सुगर मिल्स मैदानमा तत्कालीन मधेसी जनअधिकार फोरम र […]