०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

समाचार

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक-खण्ड ९ घण्टापछि दुई २ तर्फी सञ्चालनमा

(ABC-Sanchar) चितवन । इच्छाकामना गाउँपालिका-६ काली खोलामा शनिवार अपराह्न चार बजे सुख्खा पहिरो खसेपछि सडक दुई तर्फी अवरुद्ध बनेको थियो । तीन एक्स्काभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो । अहिले रोकिएका सवारीसाधन र यात्रुहरू गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुस्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनले मौसम र सडकको अवस्था […]

(ABC-Sanchar) कालिकोट । तिलागुफा नगरपालिका १० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन् । अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रबार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउ पुगेको छ । चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए । […]

(ABC-Sanchar) काठमाडौं । ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका छन् । गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताए […]

(ABC-Sanchar) चितवन । मुग्लिन-नारायणगढ सडकखण्डको कालीखोला नजिकै सुख्खा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ। शनिबार बेलुकी ४ बजेतिर पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। सडक डिभिजन भरतपुरबाट तैनाथ अवस्थामा राखिएको मेशिन उक्त स्थानतर्फ जाँदैछ। हाल पहिरोमा ढुङ्गाहरु झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ।

(ABC-Sanchar) धनगढी । राष्ट्रिय भूमि आयोग कञ्चनपुरले अव्यवस्थित बसोबास गर्ने जग्गाधनीलाई जग्गाधनी लालपुर्जा वितरण सुरु गरेको छ । पहिलो चरणमा जिल्लाको कृष्णपुर नगरपालिकास्थित शान्तिपुरमा लालपुर्जा वितरण गरिएको हो । पहिलो चरणमा कृष्णपुर नगरपालिकाका ६५ जनालाई जग्गाधनी लालपुर्जा वितरण गरिएको जिल्लास्थित राष्ट्रिय भूमि आयोगका अध्यक्ष देवेन्द्र ढुङ्गानाले जानकारी दिए । उनले क्रमशः बेदकोट, दोधाराचाँदनी, बेलौरी नगरपालिकामा […]

(राजन थारू) धनगढी । कैलालीको टीकापुर पछिल्लो समय केरा खेतीका लागि चिनिने गरेको छ । यहाँ अन्यभन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ । बजारीकरणको समस्या नहुँदा किसान दिनप्रतिदिन केरा खेतीतर्फ आकर्षित हुन थालेका छन् । टीकापुरमा केरा खेतीमा समर्पित कालु हमाल सुरुआतमा १० बोटबाट व्यवसाय सुरु गरेको बताउँछन् । यहाँ केराका लागि सुहाउँदो […]

(ABC-Sanchar) दैलेख । तीन दिनदेखि बन्द कर्णाली करिडोर खुलेको छ। वर्षाले ठाउँ-ठाउँमा आएको पहिरोले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि शनिबार खुलेको हो। तीनदेखिकाे वर्षाले कर्णाली करिडोरको खुलालु,जाजरकोट खण्डमा दुई ठाउँमा आएको पहिरोले करिडोर बन्द भएको थियो। करिडोरको लाली घाट खण्ड पनि निकै जोखिम छ। सान्नीत्रिवेणी गाउँपालिका १ को लुसा गाउँको डिलबाट पहिरो झरिरहेकाले करिडोरको […]

(ABC-Sanchar) धनगढी । कैलाली र कञ्चन पुरका स्थानीय तहले संघीय सरकारले कर्मचारी समायोजन ऐनअनुसार पठाएका स्वास्थ्य सेवाका कर्मचारीलाई फिर्ता पठाउने निर्णय गरेका छन् । शनिबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको अध्यक्षतामा बसेको दुवै जिल्लाका प्रमुख र अध्यक्षहरूको दोस्रो समन्वयात्मक बैठकले संघीय सरकारले समायोजन भएर आएका कर्मचारीलाई तलब भत्ता दिन नसकिने जानकारी गराएको भन्दै फिर्ता पठाउने […]

(ABC-Sanchar) दाङ । नेवार सेवा समिति घोराही दाङको नयाँ नेतृत्व चयन गरिएको छ । शनीबार घोराहीमा सम्पन्न २२औ साधारण सभा एवं १०औ अधिवेशनबाट बिमलमान श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिती सर्बसम्मत चयन गरिएको हो । श्रेष्ठ प्रदेश निर्माण ब्यबसायी संघ लुम्बिनी प्रदेेेशका कार्य समिती सदस्य हुन भने तरुण दल दाङको उपाध्यक्ष भएर काम गरि सकेका छन […]

(ABC-Sanchar) पर्सा । बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले बिहानको समय बिरगंजमा भइ रहेको विकास निर्माणको अनुगमन तथा जनगुनासो सुन्नका लागि बिहानको समयको सदुपयोग गर्न सुरु गरेका छन् । उप-मेयर इम्तियाज आलम सम्बन्धित शाखाका कर्मचारी र सचिवालयको टिमसहित हरेक बिहान अनुगमनमा निस्कन्छन् । उप-मेयर आलम बिहान ६ देखि साढे ९ बजे सम्मको समय अनुगमनका लागि छुट्याएका […]

error: Content is protected !!