महेन्द्रनगर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले शनिबार भारतको दुधुवा नेसनल पार्कमा घाँस काट्न गएका पुर्नवास नगरपालिका–६ का ७० वर्षीया सुना निरौलाको बाघको आक्रमणमा परी मृत्यु भएको खबर प्राप्त भएको जानकारी दिए। ‘सीमाक्षेत्रबाट करिब अढाई किलोमिटरभित्र बाघले वृद्धाको ज्यान […]
धादिङ । जिल्ला अदालतमा विचाराधीन एक जालसाजी मुद्दाको सुनुवाइका क्रममा विपक्षी पक्षका कानुन व्यवसायीबाट इजलासभित्र र अदालत परिसरमै अभद्र व्यवहार, धम्की तथा लैंगीक अपमान भएको आरोपसहित एक अधिवक्ताले छानबिन र कारबाहीको माग गर्दै नेपाल कानुन व्यवसायी परिषद्मा निवेदन दर्ता गराएकी छन्। निवेदन अनुसार, मुद्धा नम्बर ०८२-०४-०००२ को जालसाजी मुद्दामा बादीको तर्फबाट कानुन व्यवसायी नियुक्त भएकी […]
बर्दिया । राजापुर नगरपालिका–१० कर्मनीमा गहुँबारीबाट स्थानीयले घेरा हालेर चितुवालाई नियन्त्रणमा लिएका छन् । आइतबार बिहानै चितुवा गहुँबारीमा आएपछि ठूलो संख्यामा गाउँलेले घरेर राखेका थिए । उक्त चितुवालाई डिभिजन वन कार्यालयको समन्वयमा राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले बेहोस पारेर नियन्त्रणमा लिएको हो । सिमावर्ती भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षबाट वस्तुभाउ चराएर फर्किने बेला शनिबार बेलुकी […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार रहेको बताएका छन्। शनिबार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको तीन दलका शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेसलगायत सबै पार्टी चुनावमा जान तयार रहेको बताएका हुन्। उनले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार भए पनि निर्वाचनको वातावरण बन्न नसकेको बताए। सरकारले […]
एजेन्सी । गत महिना पृथकतावादीहरूले धेरै भूभाग कब्जा गरेपछि साउदीको रणनीतिक क्षेत्रहरूमा जम्मा यमनी लडाकु तैनाथ भएको अलजजिराले जनाएको छ। उनीहरूलाई यमनी हुथी समूहविरुद्ध आक्रमण गर्न भने आदेश नभएको बताइएको छ । लडाकु तैनाथ गरिएको ती सबै क्षेत्रहरू युएई समर्थित साउदर्न ट्रान्जिसनल काउन्सिल पृथकतावादी समूहले हालैका हप्ताहरूमा कब्जा गरेको क्षेत्रको नजिकै रहेका बताइएको छ। यमनमा […]
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए […]
दाङ । कार्यालयको आयोजना, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङको सहयोगमा तालुक जिल्ला प्रहरी कार्यालय घोराही दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठ लगायत विभिन्न यातायात व्यवसायीहरुको उपस्थितिमा यस कार्यालयको परिसर भित्र ८५ जना चालक तथा सह-चालकहरुलाई स्वास्थ्य परिक्षण (आँखाको चेकजाँच, कलर भिजन, उक्त रक्त चाँप) चेकजाँच गरिएमा जस मध्ये २ जनामा मोतिबिन्दु, ७ जनामा […]
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (४) बमोजिम जरिवाना नबुझाएका दललाई सोही ऐनको दफा १२ बमोजिम खारेज गरेको हो। आयोगका अनुसार आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी खारेज भएका छन्। हाल […]
काठमाडौं । परिवार नियोजनको अस्थायी साधन कण्डम यौन रोग सर्नबाट बचाउने भरपर्दो साधन हो । कन्डम मात्र एउटा यस्तो साधन हो जसले गर्भवती हुन र यौनजन्य सङ्क्रमण जस्तैस एचआईभी. र धेरै यौनरोगहरू सर्नबाट रोक्दछ । कन्डम पुरुषको उत्तेजित लिङ्गमा लगाउने परिवार नियोजनको साधन हो । यो सजिलै पाउन सकिन्छ । आजकल बजारमा पुरुषले प्रयोग गर्ने […]
काठमाडौं । जिल्ला प्रहरी कार्यालय उदयपुरको कन्ट्रोलरुम सञ्चार शाखा दरबन्दीमा सरुवा भई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट कात्तिक २३ गते रमाना बुझेका प्रहरी सहायक निरीक्षक (असई) मनिष देवानको मृत्यु भएको छ । इलाम जिल्लाको माईजोगमाई गाउँपालिका ३ नाम्सालिङ घर भई फुङलिङ नगरपालिका ५ वीरेन्द्र चौकमा डेरा बस्दै आएका ४३ बर्षीय देवानको हृदयाघातका कारण मृत्यु भएको जिल्ला […]