०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

समाचार

लाइसेन्समा फेललाई पास बनाउने यातायातका पूर्व हाकिमसहित ३ जना विरुद्ध मुद्दा

(ABC-Sanchar) धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुख लक्ष्मण शाहीसहित तीन जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । अख्तियारले यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख शाह, तत्कालीन सहायक कम्प्युटर अप्रेटर (करार) नरेन्द्रकुमार कठरिया र कम्प्युटर अप्रेटर पवनकुमार रावलविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । कार्यालय प्रमुख […]

(ABC-Sanchar) दाङ । शिक्षा अधिकृतमाथि हातपात गरेको आरोपमा दाङको शान्तिनगर गाउँपालिका-२ का वडाध्यक्ष सुनिल वली पक्राउ परेका छन्। उनलाई शुक्रबार दिउँसो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन गौतमले बताए। शान्तिनगरकै शिक्षा अधिकृत सुमन पाण्डेमाथि हातपात गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको डीएसपी गौतमको भनाइ छ। उनलाई घोराही उपमहानगरपालिका-१० बाट पक्राउ गरिएको […]

  (ABC-Sanchar) काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले लागूऔषध कारोबारमा संलग्न ५ जना विदेशीसहित १२ जनालाई पक्राउ गरेको छ । व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेष्ठ २८ देखि ७ असारेसम्म गरिएको अपरेशनका क्रममा लागूऔषध कारोबार गर्ने ५ जना विदेशीसहित १२ जनालाई पक्राउ गरेको जानकारी दिएको हो । व्युरोले गत जेष्ठ २८ गते काठमाडौको […]

(ABC-Sanchar) काठमाडौंका हलमा बलिउड अभिनेता विक्की कौशल र सारा अली खान अभिनीत फिल्म ‘जरा हटके जरा बचके’ प्रदर्शनमा आएको हो । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स र वान सिनेमाजले सो फिल्म प्रदर्शनमा ल्याएका हुन् । बिहीबार चलचित्र संघको बैठकले आजदेखि हिन्दी फिल्म प्रदर्शन गर्ने निर्णय गरेको थियो । काठमाडौं महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ […]

(नन्दराम खड्का) रोल्पा । रुन्टीगढी गाउँपालिका ९ होलेरीमा देवि भगवति मन्दिरको जग्गा समाजका हुनेखाने तथा पहुच भएकाहरुले अतिक्रमण गरेर पक्कि घर बनाएको बर्षौँ बित्यो।स्थानिय सरकार रुन्टीगढी गाउँपालिका रमितेकै रुपमा सिमित भएर कम्जोर बनिरहेको छ।जुर्नेटा तिलाजाने मोड स्थित रहेको जग्गा २०५२ अघिसम्म देविभगवती मन्दिर थियो।नक्सामा समेत मन्दिरमै रहेको उल्लेख छ।तर अहिले मन्दिरका जग्गामा हुनेखानेहरुको पक्कि बंगला […]

  (ABC-Sanchar) बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता सुद्धिकरणको नाममा मनपरि गरेको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । महासंघले थालेको शुद्धिकरण अभियानमा हाम्रो असहमति होइना न हाम्रो विमती हो शुद्धिकरणको नाममा ज्यादती र गैरजिम्मेवारीपनाको घोर विरुद्ध निर्णय सच्चाउन चेतावनी दिन भनदै पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् । पत्रकारिता गरिरहेकालाई अन्य पेशा भन्दै शुद्धिकरणको नाममा […]

(सागर थापा) दाङ । जिल्ला प्रशासन कार्यालय घोराही दाङका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्य जिल्ला प्रहरी कार्यालय दाङमा पाल्नु भई कार्यालयको सम्पुर्ण शाखाहरु निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वली लगायतको उपस्थित थियो । सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा जवानहरु समेतलाई सम-सामयिक प्रहरी कार्य तथा बिभागिय नीति […]

(ABC-Sanchar) काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एअरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ। उनीहरूले फ्लाइट सेफ्टीको नियम पालना नगरेको भन्दै कारबाही गरेको हो। प्राधिकरणका अनुसार काठमाडौँदेखि जापानको नारिता उडानका क्रममा उनीहरूले नियम पालना नगरेको देखिएपछि निलम्बन गरेको हो। उनीहरूलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको प्राधिकरणले जनाएको छ।

  ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवं अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरु व्यक्तिगत स्वार्थ भन्दा पनि पेशागत स्वार्थलाई आत्मसात गरी ऐक्यबद्ध भई उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने बताएका छन् । नेपाल प्रहरी अस्पताल महाराजगञ्जको बिहीबार निरीक्षणपश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]

  (ABC-Sanchar) काठमाडौं । नागरिकता विधयेक प्रमाणीकरण सम्बनधी रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चको यो आदेशसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुको सन्तानले वंशजको आधारमा नागरिकता पाउने भएको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता पाउने बाटो खुलेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने […]

error: Content is protected !!