०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

समाचार

निर्दोष मान्छेहरूलाई जेलमा राख्न हुन्न : रेशम चौधरी

(ABC-Sanchar) दाङ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले राजनीति गर्ने नाममा निर्दोष मान्छेहरूलाई जेलमा राख्न नहुने बताएका छन्। दाङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । टीकापुर घटना घटाउने असली ‘हत्याराहरू’को खोजीनिती गर्न माग गर्दै नेता चौधरीले भने, ‘असली हत्याराहरूको खोजीनिती गरौँ न। खोजीनिती गर्न सघाउनको लागि रेशम चौधरी तयार छ’, […]

(राजन थारु) धनगढी । जिल्लाको दोधारा चाँदनी नगरपालिका-४ चाँदनी बजारमा भारतबाट भन्सार छली ल्याएका २४ वटा कुखुरा प्रहरीले बरामद गरेको हो । अन्दाजी ५० किलोग्रामका १५ हजार मूल्य बराबरका ब्रोइलर कुखुरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले कुखुरा बेवारिसे अवस्थामा बरामद गरेको बताइएको छ […]

(ABC-Sanchar) काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ। नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको थियो। वरिष्ठ अधिवक्ताद्वय डा सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबार रिट दर्ता गराएका थिए। नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता रिटमा […]

(ABC-Sanchar) काठमाडौँ । सर्वोच्च अदालतमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ। मुद्दाको पेशी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा तोकिएको छ। यसअघि गत बुधबार मुद्दाको पेशी न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको थियो। सो दिन समय अभावले हेर्न नभ्याएकाले मुद्दामाथि सुनुवाइ भइन ।

ABC (क्राईमबिट) दाङ । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवशको अवसरमा वडा प्रहरी कार्यालय लमही दाङ एंव देउखुरी सामुदायिक सेवा केन्द्र लमही दाङको संयूक्त आयोजनामा जिल्ला दाङ लमही न.पा. का बिभिन्न वडाहरुमा प्र.ना.नि. बिस्न बहादुर के.सी. समेतका प्रहरी कर्मचारीहरुद्वारा सोही सेवा केन्द्रका पदाधिकारी, मिडिया कर्मी, यातायात व्यवसायी, व्यापारीहरु, सवारी तथा पैदल यात्रु, महिला, बाल- […]

(ABC-Sanchar) बाँके । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट ‘भर्चुअल’ माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेका हुन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा दुई वर्षअघि आईसिपी निर्माणको काम सुरु भएको थियो । भारतले नेपाल र भारत दुबै तर्फ एकैसाथ निर्माण कार्य अगाडी बढाएकोमा हालै काम सम्पन्न भएको बताइएको छ । आईसिपी […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले रेशम चौधरीलाई जेलमुक्त भएको खुसीयालीमा बधाई दिने कैलाली प्रहरी प्रमुख डिएसपी उद्धवसिंह भाटलाई नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा तानेको छ । प्रहरीले कैलाली प्रहरी प्रमुखको रुपमा डिएपी तुलसीराम अर्याललाई पठाएर भाटलाई सुनवल पठाइएको प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले जनाएको छ। डिएसी भाट ७ जना प्रहरी र […]

(ABC-Sanchar) काठमाडौँ । भुटानी शरणार्थी प्रकरणका आरोपित रामशरण केसीले सम्पत्ति बन्धकी राखेर प्रतीक थापालाई रकम दिएको स्वीकारेका छन् । जिल्ला अदालत, काठमाडौँमा बयानका क्रममा उनले आफूले जुटाएको डेढ करोड र प्रेमराज पन्थी (जाहेरीकर्ता)बाट लिएको एक करोड समेत गरी साढे २ करोड रुपैयाँ तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई बुझाएको बताएका हुन् । केसीले बयानमा […]

(ABC-Sanchar) काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले पूर्व गृहमन्त्री बालकृष्ण खाँणको निवासबाट बरामद भएको कागज आफूले लेखेको स्वीकारेका छन् । जिल्ला अदालत, काठमाडौँमा बयान दिँदै उनले हतास मनस्थितिमा रहेको बेलामा नोट बुकमा वैयक्तिक उक्त चिट लेखिएको दाबीसमेत गरेका छन् । बयानका क्रममा उनले भनेका छन्, ‘मलाई पक्राउपूर्जी जारी हुँदैछ भन्ने जानकारी […]

(ABC-Sanchar) काठमाडौँ । चार दिने भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ स्वदेश फर्किएका छन् । शनिबार साँझ उनी नेपाल वायु सेवा निगमको विमानबाट काठमाडौंँआएका हुन् ।

error: Content is protected !!