०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

समाचार

विमानस्थलका कर्मचारीहरुले अबदेखि खल्ती भएको लुगा लगाउन नपाउने

(ABC-Sanchar) काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले अबदेखि खल्ती भएको लुगा लगाउन नपाउने भएका छन्। विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने नेपाल वायु सेवा निगमका कर्मचारीले खल्ती भएको लुगा लगाउन नपाउने भएका हुन् । यात्रुहरूको लगेज फुटेकोजस्ता गुनासा आएपछि निगमले यस्तो निर्णय गरेको हो । ब्यागेज ओसारपसार गर्ने ट्रलीहरूमा बार तथा चेन समेत लगाइएको र लगेजलाई […]

 (ABC-Sanchar) काठमाडौँ । महानगरपालिका मेयर बालेन साहले सिंहदरवार अरु नै पालिकामा सार्न आग्रह गरेका छन्। सिंहदरवारले सहयोग नगरेको भन्दै मेयर साहले सिंहदरवार परिसरको फोहोर उठाउन बन्द गरेका थिए । त्यसपछि सोही विषयलाई लिएर पछिल्लो समय धेरै टीकाटिप्पणी समेत भएका छन् । सर्वसाधारण जति सबै मेयर साहको पक्षमा छन् । भने जनप्रतिनिधिहरूले उनको आलोचना गरिरहेका छन् […]

 (ABC-Sanchar) काठमाडौँ । महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरूले कुनै पनि शुल्क उठाउन नपाउने भएका छन् । महानगरले एक सूचना जारी गर्दै महानगरभित्रका कुनै पनि सामुदायिक विद्यालयलाई शुल्क नउठाउन निर्देशन दिएको हो । महानगरले सहयोगका नाममा निजको इच्छा विपरीत रकम लिएको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको छ ।

 (ABC-Sanchar) काठमाडौँ । बार एशोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ लाई ध्यानाकर्षण गराएका छन् । बिहीवार बिहान नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर तत्काल प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न ध्यानाकर्षण गराएका हुन् । नेपाल बार एशोसिएसनले बुधबार पत्रकार सम्मेलन गर्दै ७ देखि १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नभए […]

(ABC-Sanchar) काठमाडौं । वाणिज्य बैंकहरुले घटेको ब्याजदर बिहीबार सार्वजनिक गरेका छन्। व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशतमा ओर्लिएको छ । वाणिज्य बैंकहरुले वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदरमा कटौती गरेका हुन् । नेपाल बैंकर्स संघको बुधबार बिहान बसेको बैठकले निक्षेपको ब्याज दर कटौती गर्ने निर्णय गरेको थियो । बैठकले फागुनमा ११ प्रतिशत रहेको साधारण […]

(ABC-Sanchar) दाङ । नेपाली मौलिक संस्कृति बोकेको लोक दोहोरी गीति एल्वम ‘खर काटेर’ टिकटकमा अत्यधीक रुचाइएको छ । लोकस्टार शनी बिश्वकर्मा र करुणा ओलीद्वारा स्वरबद्ध लोक दोहोरी गीति एल्वम ‘खर काटेर’ रिलिज अगावै टिकटकमा अत्यधिक रुचाइएको हो । आयातित संंस्कृतिको प्रभावले नेपाली गीत संगीत बिकृत बन्दै गइरहेको समयमा मौलिक नेपाली संस्कृति र जीवन शैली झल्काउने […]

 (ABC-Sanchar) काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका थिए । अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समिति समितिले मंगलबार श्रेष्ठसँग करिब एक घण्टा सोधपुछ गरेको थियो । समितिमा बयान […]

 (ABC-Sanchar) भैरहवा । कोभिड १९ पछिको घट्दो व्यापार, बैंकको चर्को ब्याजदर, महँगो घर भाडालगायत कारण व्यापार व्यवसायमा देखिएको मन्दीले व्यवसायी विस्थापित हुने अवस्था आएको रुपन्देहीका उद्योगी व्यावसायिक संघसंस्थाले ठहर गरेका छन् । व्यावसायिक सङ्घसंस्थाको बुधबार बुटवलमा बसेको संयुक्त बैठकले बढ्दो घरभाडा र चर्को बैंक ब्याजका विषयमा व्यावसायिक सङ्घसंस्थाको सञ्जालले बृहत् बैठक आह्वान गरी बैंक ब्याजदर […]

ABC (क्राईमबिट) काठमाडौं । महानगरपालिका-२२ प्युखाँबाट स्रोत नखुलेको नगद १२ लाख ५० हजार रूपैयाँसहित ललितपुर गोदावरी नगरपालिका-२ बस्ने ५२ वर्षीय राजेन्द्र सिलवाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

(राजन थारु) धनगढी । कैलालीबाट प्रहरीले १५ जुवाडेलाई पक्राउ गरेको छ। टिकापुर नगरपालिका–१ ब्लक नं। १४ का खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय टिकापुरको प्रहरी टोलीले जुवाको खालबाट ३१ हजार ६९५ रुपैयाँसहित ५ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा टिकापुर नगरपालिका १४ वस्ने वर्ष ४६ का खडक बहादुर शाही, १४ वस्ने […]

error: Content is protected !!