०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

समाचार

गृहमन्त्री रवि लामिछानेको सबै जिल्लाका सुरक्षा प्रमुखहरुको बैठक जारी

ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्री रवि लामिछानेको भर्चुअल उपस्थितिमा मुलुकभरका सिडिओ र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठक सुरु भएको छ । बैठकमा जिल्ला सुरक्षा समितिमा रहेका सबै सुरक्षा निकायका प्रतिनिधि सहभागी भएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए । उनका अनुसार जारी बैठकमा गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा तथा सेवा प्रवाहका विषयमा आवश्यक निर्देशन दिने जनाइएको […]

बारा । सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको गस्ती टोलीले आइतबार बेलुका अबैध हतियारसहित भारत मोतिहरी घर भएका ४० वर्षीय चन्दन कुमारलाई गुलरिया नाकाबाट पक्राउ गरेको हो । उनको साथबाट आरएफआई पेस्तोल १ थान, म्यागजीन १, गोली ७, मोबाइल १ थान र ११ हजार नगद बरामद गरेको सशस्त्र प्रहरीले जानकारी […]

कञ्चनपुरमा ७ राउण्ड गोली र कटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार जिल्लाको बेलौरी नगरपालिका–१ को बैशाखाबाट भारतको लखिमपुर खिरी तहसिल मिलौली बस्ने ३२ वर्षीय राजु इद्रिसीलाई ६ राउण्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) चक्रबहादुर शाहले उनलाई नियन्त्रणमा लिएको स्थानमा […]

सप्तरीको बलानबिहुल गाउँपालिका–४ स्थित बेल्हीमा सशस्त्र प्रहरी नेपालको नवनिर्मित भवन उद्घाटन गरिएको छ । सीमावर्ती इलाकामा हुनसक्ने अपराध, सीमा अतिक्रमण, स्तम्भको सुरक्षा, अनुगमन र सीमा क्षेत्रमा बसोबास गर्ने जनताको शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गर्ने नीतिअनुरुप बिओपी स्थापना गरिएको हो । भवन उद्घाटन समहारोमा प्रमुख अतिथि मधेस प्रदेश छिन्नमस्ता बाहिनी बर्दिबासका प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडामगरले […]

(ABC-Sanchar) दाङ । आज अग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फुर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ […]

(ABC-Sanchar) पोखरा । बाक्लो हुस्सुका कारण आइतबार बिहान पोखरा विमानस्थलमा विमान अवतरण अवरुद्ध भएको छ । न्यून भिजिविलिटीका कारण यहाँ विमानको अवतरण सम्भव नभएको हो । यती एयरलाइन्सको बिहान ६ः५५, बुद्ध एयरको ७ः३० र सौर्य एयरलाइन्सको बिहान ९ः५ बजेको विमान ‘डिले’ भएको विमानस्थल कार्यालयले जनाएको छ । पोखरामा न्यून भिजिविलिटीका कारण अवतरण सम्भव नहुने भएकाले […]

(सागर थापा) दाङ । गोर्खा ग्रुपद्वारा संचालित घोराहीमा रहेको गोरखा ईन्टरनेशनल सेकेन्डरी स्कुलले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खेलकुद कार्यक्रम समापन गरेको छ । साताव्यापी खेलकुद कार्यक्रम शुक्रबार समापन गरिएको हो । यही पुस १७ गते २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती मनाउने तयारी स्वरुप अतिरिक्त क्रियाकलाप अन्तगरगत चार वटा सदन बनाएर गरिएको खेलकुदमा रातो सदन […]

ABC (क्राईमबिट) काठमाडौं । बेलौरी नगरपालिका १ स्थित वैशाखाबाट हतियासहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताए। पक्राउ परेकाहरूबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ। ‘शुक्रबार राति पेस्तोल र त्यसमा लाग्ने केही गोलीसहित भारतीय लुटेरा पक्राउ परेका छन्,’ उनले भने, ‘ती भारतीय नागरिक लुटपाटको उद्देश्यले […]

ABC (क्राईमबिट) काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घटनाको अनुसन्धानका लागि डीआईजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी […]

ABC (क्राईमबिट) बाजुरा । बुढीनन्दा नगरपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनीको प्रयास गरेको छ। बिहिबार रातीको समयमा पालिकाको कार्यालय नै ध्वस्त पार्ने गरि आगजनीको प्रयास गरिएको नगरपालिकाले बताएको छ। नगरपालिका बाहिर राखिएको गाडी र जेनेरेटरमा तोडफोड र आगजनी गरिएको छ। प्राविधिक कर्मचारीको नियुक्तीको विषयलाई लिएर राति पालिकाको कार्यालयमा आगजनीको प्रयास गरिएको हुन सक्ने नगर प्रमुख जनक […]

error: Content is protected !!