०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

समाचार

नेपाल प्रहरीका एसपी हरि डंगोल एसएसपीमा बढुवा सिफारिस,

काठमाडौं । सोमबार बसेको बढुवा समितिको बैठकले ईन्जिनियरिङ उपसमूह आवास तथा भौतिकतर्फ रिक्त एसएसपी पदमा डंगोललाई बढुवा सिफारिस गरेको हो । बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी कोशी प्रदेश प्रहरी कार्यालय भौतिक […]

काठमाडौं । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्दै प्रसाईँले माफी मागेका हुन् । उनले भने  ‘मैले बाहिर भनेका कुरामा सरी भन्छु। माफी माग्छु। तपाईँ माता हो, दुर्गा हो। दुर्गाको रूप धारण गरेर काम गर्नुहोस्। तपाईँको साथमा हामी छौँ। यो सरकारको पक्षमा हामी हुन्छौँ। सगरमाथाजस्तै अटल भएर यो सरकारको पक्षमा उभिन्छौँ।’ त्यस […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको कार्यालय तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियमसम्बन्धि सचेतना कार्यक्रम गर्नुका साथै हुस्सु, कुहिरोको कारणले हुन सक्ने सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी साधनमा रेडियम स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

बाँके । संयुक्त सिमा गस्ती वडा एरिया अन्तर्गत पर्ने नेपाल – भारत सिमा क्षेत्रमा हुने अवैध गतिबिधी रोक्न, शान्ति सुरक्षाको सुनिश्चितता गर्न, सिमा सुरक्षा कायम गर्न, चोरी झैंझगडा रोकथाम नियन्त्रण गर्न तथा समकक्षी सुरक्षा निकायसंगको सम्बन्ध सुमधुर कायम गर्ने उद्देश्यले यस इलाका प्रहरी कार्यालय धनौली, सशस्त्र प्रहरी बल बि.ओ.पि.बढैया र भारतिय सीमा सुरक्षा बल सीमा […]

बर्दिया । राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीलाई गोली प्रहार गरी हत्या गरिएको गरिएको छ । अचेत अवस्थामा थारु घरमा फेला परेपछि उपचारका लागि नेपालगञ्जस्थित शिक्षण अस्पतालमा लगिएकोमा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए । गोली उनको गाला र दुबै कानमा […]

बाँके । नेपालगन्ज नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा आगामी पुस ४, ५ र ६ गते अर्थात् डिसेम्भर १९, २० र २१ तारिखमा यहाँ ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ आयोजना गरिने नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले बताए । उनले बाँकेसहित पश्चिम क्षेत्रको पर्यटनलाई चलायमान बनाउन […]

दाङ । लमही पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या गरेको हुन सक्ने दाङ प्रहरीको अनुमान छ ।

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!