२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

उडिरहेको जहाजमा मदिराले लठ्ठ महिला झगडा गर्दै बिमान आकस्मिक अवतरण

Logo
प्रकाशित बिहिबार, साउन १८, २०८०

(ABC-Sanchar)

काठमाडौं । अमेरिकामा युनाइटेड एयरलाइन्सको विमानमा एक महिलाले हैरानी दिएपछि उनलाई अस्थायी रूपमा उडान गर्न प्रतिबन्ध लगाइएको एउटा अचम्मको घटना बाहिर आएको छ।

मिडिया रिपोर्टका अनुसार महिला यात्रुले फ्लाइट भित्र वाइनलाई लिएर हंगामा मच्चाइन्। यसको मार उसले बेहोर्नु परेको थियो।

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार युनाइटेड एयरलाइन्सको विमान लस एन्जलसका लागि उडेको थियो तर बिचमा एक महिला यात्रुले हंगामा गर्न थालिन। महिलाले चालक दलका सदस्यसँग रक्सी मागेपछि मदिरालाई लिएर झगडा सुरु भएको थियो।

जसमा चालक दलले महिलालाई आफ्नो सिटमा चुपचाप बस्न भने। यसबाट महिला यात्रु आक्रोशित भइन् र झगडा गर्न थालिन् र झडप बढ्दै गयो।

स्थिति यति खराब भयो कि पाइलटहरू लस एन्जलसको लागि उडान डाइभर्ट गर्न बाध्य भए। उनले फिनिक्स शहरमा उडान अवतरण गरे। अवतरणपछि महिलालाई नियन्त्रणमा लिइएको थियो। विमानमा चढ्नुअघि महिला यात्रुले मदिरा सेवन गरेको चालक दलले दाबी गरेको छ।

युनाइटेड एयरलाइन्सले घटनाको बारेमा आफ्नो आधिकारिक विज्ञप्तिमा भनेको छ कि जुलाई २५ मा महिला यात्रु ह्युस्टनबाट उडेको थियो। यस क्रममा उनी मादक पदार्थ सेवन गरिरहेकी थिइन्।

साथै उनले चालक दलसँग थप रक्सी माग्दै थिइन्। जसमा फ्लाइट एटेन्डेन्टले उनलाई आफ्नो सिटमा बस्न भने। त्यसपछि महिलाले हंगामा गर्न थालिन्। बढ्दो विवाद देखेर लस एन्जलस जाने विमान फिनिक्समा नै अवतरण गर्नुपरेको थियो।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसका साथै विमानमा सवार यात्रुले यस घटनाको अनुभव पनि सेयर गरेका छन् । यसअघि पनि धेरै एयरलाइन्ससँग सम्बन्धित अनौठा घटनाहरू देखिएका छन्। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) लन्डन । तपाईंले धेरै अनौठा कुराहरू देख्नु वा सुन्नु भएको होला तर के तपाईंलाई सुनले बनेको कुनै शौचालयको बारेमा थाहा छ? यदी थाहा छैन भने चार वर्षअघि अर्थात सन् २०१९ मा चर्चिलको दरबारमा रहेको सुनको शौचालयको बारेमा तपाईंले सुन्नु भएको होला, जुन रातारात चोरी भएको थियो। सन् २०१९ मा बेलायती युद्धकालका नेता विन्स्टन […]

  (ABC-Sanchar) काठमाडौं । उनले अस्ट्रेलियाको एडलेडमा आयोजित कन्सर्टमा दर्शकलाई माइक्रोफोनले हानेका हुन् । उनले दर्शकलाई माइक्रोफोनले हानेको भिडियो अहिले सामाजिक सञ्जाल, फेसबुक, टिकटकदेखि युट्युबसम्म भाइरल भएको छ । उक्त भिडियोका कारण उनलाई सकारात्मक, नकारात्मक प्रतिक्रिया दिनेको सङ्ख्या बढ्दो छ । भिडियो हेर्दा सुगम नसामा मातेको पनि देख्न सकिन्छ । भिडियोमा उनले स्टेजबाट एक पटक […]

  (ABC-Sanchar) काठमाडौं । नेपालको कानुन दैबले जानुन भनेको जस्तो भो आखिरमा कानून पनि हुने खाने को लागि मात्र रहेको छ सम्पन्न, पहुँच वालाहरुको मात्र रहेको छ यहा न्याय पाउनको लागि सत्तासीन मा रहेका नातेदार हुनु पर्छ । गणतन्त्र भनेको सीमित व्यक्तिको लागि मात्र रहेको बुझ्नु पर्छ नैतिकता विहिन,स्वभिमान मरी सकेका शासक रहने छन् तब […]