२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

उडिरहेको जहाजमा मदिराले लठ्ठ महिला झगडा गर्दै बिमान आकस्मिक अवतरण

Logo
प्रकाशित बिहिबार, साउन १८, २०८०

(ABC-Sanchar)

काठमाडौं । अमेरिकामा युनाइटेड एयरलाइन्सको विमानमा एक महिलाले हैरानी दिएपछि उनलाई अस्थायी रूपमा उडान गर्न प्रतिबन्ध लगाइएको एउटा अचम्मको घटना बाहिर आएको छ।

मिडिया रिपोर्टका अनुसार महिला यात्रुले फ्लाइट भित्र वाइनलाई लिएर हंगामा मच्चाइन्। यसको मार उसले बेहोर्नु परेको थियो।

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार युनाइटेड एयरलाइन्सको विमान लस एन्जलसका लागि उडेको थियो तर बिचमा एक महिला यात्रुले हंगामा गर्न थालिन। महिलाले चालक दलका सदस्यसँग रक्सी मागेपछि मदिरालाई लिएर झगडा सुरु भएको थियो।

जसमा चालक दलले महिलालाई आफ्नो सिटमा चुपचाप बस्न भने। यसबाट महिला यात्रु आक्रोशित भइन् र झगडा गर्न थालिन् र झडप बढ्दै गयो।

स्थिति यति खराब भयो कि पाइलटहरू लस एन्जलसको लागि उडान डाइभर्ट गर्न बाध्य भए। उनले फिनिक्स शहरमा उडान अवतरण गरे। अवतरणपछि महिलालाई नियन्त्रणमा लिइएको थियो। विमानमा चढ्नुअघि महिला यात्रुले मदिरा सेवन गरेको चालक दलले दाबी गरेको छ।

युनाइटेड एयरलाइन्सले घटनाको बारेमा आफ्नो आधिकारिक विज्ञप्तिमा भनेको छ कि जुलाई २५ मा महिला यात्रु ह्युस्टनबाट उडेको थियो। यस क्रममा उनी मादक पदार्थ सेवन गरिरहेकी थिइन्।

साथै उनले चालक दलसँग थप रक्सी माग्दै थिइन्। जसमा फ्लाइट एटेन्डेन्टले उनलाई आफ्नो सिटमा बस्न भने। त्यसपछि महिलाले हंगामा गर्न थालिन्। बढ्दो विवाद देखेर लस एन्जलस जाने विमान फिनिक्समा नै अवतरण गर्नुपरेको थियो।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसका साथै विमानमा सवार यात्रुले यस घटनाको अनुभव पनि सेयर गरेका छन् । यसअघि पनि धेरै एयरलाइन्ससँग सम्बन्धित अनौठा घटनाहरू देखिएका छन्। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । *आमा कुकुरको अवस्था* आमा कुकुरले आफ्ना बच्चा गुमाउँदा मान्छेजस्तै शोक, डिप्रेसन र तनाव महसुस गर्छे। लास कुरेर बस्नु, खान-पिउन छोड्नु, रुने/भुक्ने गर्नु शोकका लक्षण हुन्। उसलाई अहिले सुरक्षा र साथ चाहिन्छ। *तपाईंले तत्काल के गर्न सक्नुहुन्छ:* 1. *लासको व्यवस्थापन*: बच्चाको लासलाई आमाले नदेख्ने ठाउँमा गाडिदिनुहोस्। लास अगाडि हुँदा आमाले ठाउँ छोड्दिन र अझ […]

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा एक फ्रान्सेली नागरिक भिक्षा मागिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त घ’टनाबारे प्रहरीले वास्तविकता सार्वजनिक गरेको छ।भाइरल भिडियोमा ती विदेशी नागरिक नेपाल भ्रमणका क्रममा लु’टिएपछि भिक्षा माग्न बाध्य भएको दाबी गरिएको थियो। तर प्रहरीका अनुसार उक्त विवरण पूर्ण रूपमा सत्य नभएको स्पष्ट भएको छ।प्रहरीले जनाएको अनुसार ४८ वर्षीय ती फ्रान्सेली […]

काठमाडौं । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप थियो । अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।

error: Content is protected !!