१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

दुर्घटना

मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ३ जना घाइते

(एबिसि संचार ) काठमाडौंको शान्तिनगरमा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । तीनकुनेबाट बानेश्वरतर्फ आउँदै गरेको मोटरसाइकले बुधबार बिहान पैदलयात्रीलाई ठक्कर  दिँदा चालकसहित तीन जना  घाइते भएका हुन् । घाइते हुनेहरुमा पैदलयात्री दोलखाका ४८ वर्षीय ध्रुव शिवाकोटी, काभ्रेकी २६ वर्षीया विमला तामाङ र मोटरसाइकल चालक काभ्रेका ३२ वर्षीय देवकुमार तामाङ छन् ।

(एबिसि संचार ) बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ । पूर्वी रुकुमबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मङ्गलरबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि […]

(एबिसि संचार )                                                              पश्चिम दाङमा आज यात्रुबाहक जीप पल्टिँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जितबहादुर […]

(एबिसि संचार ) म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा सवारी धनी एवं चालक अन्दाजी ३७ वर्षका गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य पूर्ण पाइजाले […]

(एबिसि संचार )                                                                चितवनमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत इच्छाकामना–६ जलबिरेमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना […]

(एबिसि संचार ) दाङमा टिप्परको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७ भैसाहीका ४५ वर्षीय कालीप्रसाद चौधरी रहेका छन् । लमही–घोराही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका– १७ सिस्ने खोलानजिकै नम्बर नखुलेको टिप्परले शुक्रबार राति ठक्कर दिंदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले बताए ।

(एबिसि संचार ) दार्चुलामा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन्। बिहीवार लेकम गाउँपालिका–५ स्थित चौपातामा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८९ नम्बरको जिप दुर्घटना भएको हो। जिप सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो। उक्त दुर्घनामा परेर गाडीमा सवार रहेका अन्दाजी २४ वर्षीय धनबहादुर बोहरा घाइते भएका छन्।

(एबिसि संचार )                                                              उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा मृत्यु भएका आठजनाको नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेको छ । दुर्घटनामा परी अरु नौजना […]

(एबिसि संचार ) धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । धरानबाट जाँदै गरेको को१ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनीनजिकै दुर्घटना भएको हो । इलाका प्रहरी चौकी हसनपुर, भोजपुरका अनुसार दुर्घटनामा ७ जना घाइते भएकाछन् ।

(तेज ओलि )                                                              दाङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ३९९८ नम्बरको बसले साइकलमा सवार दाङको लमही नगरपालिका–४ […]