२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

मुख्य समाचार

काठमाडौंको विभिन्न स्थानहरुमा बिरोध प्रदर्शन र झडप प्रहरीद्वारा लाठी चार्ज स्थिति तनावग्रस्त,

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक संघर्ष गर्ने सचिवालय बैठकको निर्णयसँगै कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । दिउँसो ३ बजेदेखि माइतीघरमा भेला भएका एमालेमा विभिन्न जनसंगठनमा आबद्ध कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । माइतीघरदेखि बबरमहल-बिजुलीबजार क्षेत्र यतिबेला तनावग्रस्त बनेको छ । कार्यकर्ताले ओलीको रिहाइको माग गर्दै गृहमन्त्रीको राजीनामा मागेका छन् । सडकका […]

काठमाडौं । नेकपा एमालेका जनसंगठनहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरमा प्रहरी घेरा तोडेर अघि बढेका प्रदर्शनकारीसँग काठमाडौं जिल्ला अदालत अगाडि झडपसमेत भएको छ । अहिले माइतीघर-बबरमहल क्षेत्र तनावग्रस्त बनेको छ । अदालतअगाडि प्रदर्शनकारीले टायर बाल्न खोज्दा प्रहरीले हस्तक्षेपसँगै लाठीचार्ज गरेको छ । माइतीघरको प्रहरी ब्यारिगेट तोडेर प्रदर्शनकारी बानेश्वरतर्फ बढेका छन् । प्रहरी बाक्लो […]

काठमाडौं । शुक्रबार साँझ नेपाल प्रहरी आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी आईजीपी राजु अर्यालसँग गृहमन्त्री गुरुङ सिंहदरबारस्थित गृहमन्त्रालयलमा बोलाएर डेढ घण्टा छलफल गरेका हुन् । छलफलको विषय भने बाहिरिएको छैन । यद्यपि आजै मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको थियो । कार्की […]

काठमाडौं । नवगठित सरकारले २३ र २४ भदौमा भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । जस अनुसार आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसार सुरक्षा निकायको हकमा थप अध्ययन समिति गठन गरी त्यसले भने अनुसार र बाँकीको हकमा तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । प्रधानमन्त्रीमा बालेन्द्र […]

बाँके । नरैनापुर गाउँपालिका वडा नम्बर २ अन्तर्गत लक्षनपुर गाउँ र रोशनपुरवा सीमा क्षेत्र पछिल्लो समय अवैध तस्करीको ‘टर्जिङ पोइन्ट’ बन्दै गएको स्थानीयवासीहरूले बताएका छन्। खुला सीमाको फाइदा उठाउँदै नेपाल–भारतबीच अवैध सामान ओसारपसार तीव्र रूपमा बढ्दै गएको र यसमा सुरक्षाकर्मीको ‘सेटिङ’ समेत रहेको आरोप सार्वजनिक भएपछि विषय गम्भीर बनेको छ।स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार इलाका प्रहरी कार्यालय […]

सुर्खेत । सुर्खेतकी इनिशा विक बलात्कार तथा हत्याबारे प्रहरीले थालेको अनुसन्धान सकाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले इनिशाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको सुर्खेत प्रहरी प्रमुख एसपी सुधीर शाहीले जानकारी दिए । वीरेन्द्रनगर नगरपालिका–१ निवासी इनिशा गत २३ फागुनमा वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा […]

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले शान्ति–सुरक्षाको अवस्था सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाएको हो । प्रशासनले एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको आज बसेको बैठकको निर्णयअनुसार निषेधाज्ञा हटाइएको जानकारी दिएको छ । ‘शान्ति सुरक्षाको अवस्था सामान्यीकरण गर्न तथा नागरिकको जीवनयापन सहज बनाउनुपर्ने भएकोले जिल्ला सुरक्षा समितिको मिति २०८२–१२–१० गतेको निर्णयानुसार मिति २०८२–१२–१० गते बिहान […]

काठमाडौं । प्रहरी र सेनालाई फागुन २४ मा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मा माथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरु माथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र […]

कपिलवस्तु । महाराजगन्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञाबिच स्थानीय युवाहरूले हुलाकी मार्गमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । कपिलवस्तुमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा ४ जना घाइते,अहिले कर्फ्यु जारी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले दिएको जानकारी अनुसार युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गर्नुपरेको […]

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्। बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, […]