महिलाको हत्या गरी जमीनमा गाड्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेर सार्वजनिक गरेको छ । इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित ज्यामिरेमा महिलाको शव बरामद भएको घटनामा संलग्नलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । प्रहरीका अनुसार इन्द्रसरोवर गाउँपालिकाको एक युवकले मादक पदार्थ सेवन गरी सामान्य विवादकै कारण महिलाको हत्या गरेर आफ्नो घर नजिकैको […]
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उहाँले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हालेका थिए ।प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको शुद्धीकरण’ को अभियान सुरु गर्नुभएका जबरामाथि न्यायापालिकामा विचलन ल्याएकोलगायत विभिन्न आरोप लगाउँदै २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो । महाभियोग निष्कर्षमा पुर्याउन समय लगाएर आफूलाई […]
काठमाडौंमा ९० वर्षीया वृद्धाको हत्या भएको छ। तार्केश्वर नगरपालिका-६ धर्मस्थलीको पुतुवार बस्तीमा बस्ने ९० वर्षीया डिल्ली पतुवारको हत्या भएको हो। उनको शव सोही नगरपालिकाको वडा ३ मा रहेको पाखावनमा शव फेला परेको हो। घरबाट अन्दाजी ५०० मिटर टाढा रहेको जंगलको खोंचमा उनको शव मंसिर २२ गते फेला परेको हो। प्रहरीका अनुसार उनको हत्या भएको देखिन्छ। […]
नेपाल प्रहरीका कर्मचारीमाथि अवकाशका प्रावधानमा रहेको विभेद अब हट्ने भएको छ । उमेरहद, सेवाहद र पदावधिका गरी तीन किमिसको अवकाशका प्रावधान प्रहरीमा थियो । कुनै पनि संगठनमा नभएको यस्तो प्रावधानबाट प्रहरी अधिकृतहरू अन्यायमा पर्दै आएका छन् भने, संगठन पनि त्यसबाट पीडित बनेको छ । गृह मन्त्रालयले यस्तो विभेद हटाउन हालै प्रक्रिया अघि बढाएको छ । […]
(धर्मेन्द्र कुमार कुर्मी) कपिलवस्तु । नेपाल भारत सिमानाका कृष्णनगर स्थीत यात्रुगेटबाट नेपाल प्रहरीले १६ किलो अफिम सहित ३ महिलालाई पक्राउ गरेको छ । जिल्लको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजादै गरेको आवस्थामा लागु औषध अफिम सहित ३ महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङ […]
काठमाडौं । डोल्पामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट भएको छ । आइतबार राति जगदुल्ला गाउँपालिका–३ थापागाउँस्थित वडा कार्यालय नजिकै दुई पक्षबीच कुटाकुट हुँदा ९ जना घाइते भएका छन् । उक्त कुटाकुटबाट एमालेका ४ र माओवादीका ५ जना कार्यकर्ता घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । झडपमा परी एमाले समर्थित जगदुल्ला […]
नेपाल विद्युत प्राधिकरणले कोहलपुरमा १३२ केभीको नयाँ सबस्टेसन निर्माण गर्न लागेको छ। सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गरिसकिएको प्राधिकरणले बताएको छ। उक्त सबस्टेसन निर्माण व्यवसायी छनोटका लागि बोलपत्रदाताहरूको प्रस्ताव मूल्याङ्कन भइरहेको छ। उक्त सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनलाई नेपालगञ्जस्थित ३३/११ केभी सबस्टेसनलाई विस्तार गर्ने योजना छ। अहिले नेपालगञ्जमै रहेको अर्को ३३/११ केभी सबस्टेसनको पनि […]
धनुषाको बटेश्वर गाउँपालिका-५ स्थित शान्तिपुरकी २८ वर्षीया अमृता यादवको हत्या उनका श्रीमानले नै गरेको खुलेको छ। सोमबार बिहानै ४/५ बजेतिर उनका श्रीमान वीरेन्द्र यादवले बञ्चरो प्रहार गरी हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ‘बिहानै चिया पकाउन भन्दा उनले मानिनन्। ३/४ महिनादेखि अमृताले कामै नगर्ने, खाली सुत्ने मात्र गर्थिन्। त्यही भएर दिनदिनै झगडा परिरहन्थ्यो,’ वीरेन्द्रले प्रहरीलाई बयान […]
फलफूलमा लुकाएर प्रहरी हिरासतमै श्रीमानलाई ब्राउन सुगर पुर्याउने महिला पक्राउ परेकी छन्। केही दिन पहिले दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ का २२ वर्षीय अशोक खड्का लागुऔषधसहित पक्राउ परेका थिए। उनलाई प्रहरीले हिरासतमा राखेर लागुऔषध मुद्दा चलाई अनुसन्धान जारी राखेको थियो। यही क्रममा सोमबार बिहान पौने ९ बजेतिर श्रीमानलाई फलफूल दिन भनेर हिरासतमा पुगेकी उनकी […]
सर्लाहीको लागबन्दीबाट १० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीकै हरिवन नगरपालिका ३ का २० वर्षीय नितेश श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । आइतबार राति बा.७९ प २२३२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले बताएको हो । प्रहरीबाट भाग्न सफल मोटरसाइकल चालकको खोजी गरिरहेको […]