०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

समाचार

बिराटनगर प्रहरी तालिम केन्द्रको ५७ औं वार्षिकोत्सव बिविध कार्यक्रमसहित सम्पन्न

ABC (क्राईमबिट) विराटनगर । एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित आन्तरीक रुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा कार्यक्रमको शुभारम्भ गरेका हुन् । प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको खेलमैदानमा आयोजित ५७ […]

ABC (क्राईमबिट) पर्सा । नेपाल र भारतबीच सीमा नाकामा रहेका एकीकृत भन्सार जाँच केन्द्र (Integrated Check Post) हरूलाई थप सशक्त एवम् प्रभावकारी बनाउन पर्सा स्थित एकीकृत भन्सार जाँच केन्द्रको सभाहलमा मंगलबार अन्तर निकाय छलफल कार्यक्रम सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र वीरगंज भन्सार कार्यालय, पर्साका प्रमुख […]

(ABC-Sanchar) काठमाडौँ । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा धर्ना दिएका छन् । सरकारले गत आइतबार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनसायसहित मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । सोही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेना र काठमाडाैं महानगरपालिकाको सहकार्यमा बुधबार जंगी अड्डास्थित सैनिक केन्द्रीय पुस्तकालय अगाडिको खेल मैदानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। बुधबार र बिहीबार गरी दुई दिन सञ्चालन हुने स्वास्थ्य शिविरको काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त रूपमा उद्घाटन गरेका छन्। स्थानीय बासिन्दाहरूलाई प्रभावकारी रूपमा स्वास्थ्य उपचार सुविधा […]

श्रीमतीमाथि घरेलु हिंसा र दाइजो लिएको आरोपमा एक जना डाक्टर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिहीबार राती डाक्टर पंकज चौधरीलाई रामगोपालपुरस्थित उनको घरबाट पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए। उनी र महोत्तरीकै औराहीकी नेहा चौधरीको ९ महिनाअघि विवाह भएको थियो। उक्त विवाहमा अत्यधिक दाइजो लिएको भन्ने जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। यसअघि उनीमाथि […]

(ABC-Sanchar) दाङ । स्थायी राजधानी घोषणापछि पनि अस्थायी मुकाम बुटवलबाट हुँदै आएको लुम्बिनी प्रदेशको काम–कारबाही बुधबारदेखि दाङको देउखुरीबाट सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकारले लुम्बिनीको स्थायी राजधानी बुधबारदेखि कार्यान्वयनमा ल्याएको हो । राजधानी कार्यान्वयनमा आएसँगै अब देउखुरीबाटै सरकारी कामकाज गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । देउखुरीमा तयार भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लुम्बिनीका […]

ABC (क्राईमबिट) काठमाडौं । इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख प्रहरी निरीक्षक श्रीप्रसाद राई मृत भेटिएका हुन् । खिजिफलाटेमा कार्यरत राई पारिवारिक भेटघाटका लागि केही दिन अगाडी घर बिदामा सोलुखुम्बुको वासा गएका थिए । उनी आफ्नै घरमा मृत भेटिएका हुन् । सोमबार बेलुका परिवास र साथीभाईसँग रमाइलोका साथ खानपिन गरेर सुतेका राई बिहान आफ्नै ओछ्यानमा […]

मोटरसाइकलको ट्यांकी भित्र २४ लाख बढी रकम लुकाएर ल्याएको आरोपमा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।धनुषाको विदेह नगरपालिका-९ इटहर्वा स्थित सीमा इलाकाबाट २३ वर्षीय भारतीय नागरिक उमेश कुमारलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । उनलाई मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।उनी […]

बर्दियामा ब्राउनसुगरसहित एक जना किशोरसहत दुई जना पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित सोही गाउँपालिका-१ डाँफे बस्ने १६ वर्षीय किशोर समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त […]

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीका १३ जना पूर्व प्रहरी महानिरीक्षक आइजिपीहरूले सरकारले हालै ल्याएको अध्यादेश फिर्ता लिन अपिल गरेका छन्। सरकारले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीलगायतलाई रिहा गर्न मिल्ने गरी ल्याएको अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा छ। राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गर्न बाँकी रहेका बेला बैठक बसेर पूर्वआइजिपीहरूले उक्त अध्यादेश संविधानको मर्मविपरीत, सर्वोच्च अदालतबाट […]

error: Content is protected !!