०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

समाचार

जलेर पाल्पामा वृद्धको मृत्यु

पाल्पामा आगो ताप्ने क्रममा जलेर सोमबार एक वृद्धको ज्यान गएको छ । ज्यान गुमाउने ७५ वर्षीय खिमबहादुर विक रहेका छन् । रिब्दिकोट गाउँपालिका-१ जोरपोखरी कोटखेराका विकको घरको अगेनामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।खरले छाएको कच्ची घरमा आगो बालेर ताप्ने क्रममा अचानक आगलागी भएको हो । घटनाका […]

(ABC-Sanchar) उदयपुर । कटारी नगरपालिका–११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएको छ। आफू आफ्नै मेहनतको कमाइ मात्रै खाने बताउँदै सुनुवारले भत्ता नलिने घोषणा गर्नुभएको हो। एक छोरीको साथमा बस्दै आएका सुनुवारको मुख्य पेशा कृषि कर्म हो। अरुको केही पनि नलिने र नखाने स्वाभावका सुनुवारले यसअघि देखि नै भत्ता नलिने बताउँदै […]

काठमाडौं । उदयपुरमा १२० किलो गाँजा बरामद भएको छ । कटारी नगरपालिका ६ साँगुरीबाट शनिबार झण्डै १ सय २० किलो अवैध लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले बोकी ल्याएका ६ बोरा अवैध गाँजा फ्याँकेर फरार भएपश्चात् जाँच गर्ने क्रममा उक्त गाँजा बरामद भएको हो । हाल फरार अपरिचित व्यक्तिहरूको […]

काठमाडौंमा पानी ट्यांकीमा डुबेर एक जनाको मृत्यु भएको छ। नागार्जुन नगरपालिका-४ सीतापाइला बस्ने ६६ वर्षीया तुलसाकुमारी कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको आफ्नै घरको पानी भरिएको ट्यांकीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। ट्यांकीमा डुबेकी उनलाई मनमोहन मेमोरियल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्‍यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको […]

प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको झन्डै ३५ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं टोखा नगरपालिका-१० का ५६ वर्षीय जितेन्द्रकुमार चौधरी र पोखरा महानगरपालिका-१७ का ६१ वर्षीय विश्वकुमार गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहोराले जानकारी दिए। आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो। बिहीबार दिउँसो चेकिङमा खटिएको प्रहरी टोलीले […]

(ABC-Sanchar) झापा । जंगली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते भएका छन् । घाइते हुनेमा हल्दिबारी गाउँपालिका ५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुई परिवारका चार सदस्यको भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार हल्दिबारी गाउँपालिका ४ स्थित […]

  ABC (क्राईमबिट) दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीलले हनि ट्रयापको अभियोगमा घोराही १० नारायणपुरबाट पुरुष र तुलसीपुरबाट २ जना महिलालाई नियन्त्रणमा लिइएको बताए । उनका अनुसार पक्राउ पर्नेमा घोराही १० नारायणपुरका २७ बर्षिय रुद्रबहादुर केसि, तुलसीपुर १८ ग्वारखोलाकि ३६ बर्षिय कृष्णिकुमारी बस्नेत, गढवा ६ घर भई हाल तुलसीपुर […]

(ABC-Sanchar) दाङ । तुलसीपुर उपमहानगरपालिका १६ का किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो । वडाध्यक्ष शिवानन्द डाँगीका अनुसार ४० किसानलाई डेबिट कार्ड र १३ किसानलाई क्रेडिट कार्ड वितरण गरिएको हो ।   सिसा परियोजना, सीमिट इन्टरनेशनल र आइडिइ नेपालको आर्थिक सहयोगमा मेगा बैंकले उक्त डेबिट र क्रेडिट कार्ड वितरण गरेको हो । डेबिट […]

(ABC-Sanchar) झापा । कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो । सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाले जग्गा धनीपुर्जा वितरण गरिएको बताए । कनकाई वडा नं ८ थप ३० वटा […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजना तथा कलेज अफ मेडिकल साईन्सेस चितवनसँगको सहकार्यमा उक्त सिविर सम्पन्न भएको हो । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंह प्रमुख अतिथ्यता तथा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल र बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी […]

error: Content is protected !!