(सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्यायले भारतसंग जोडिएको सीमा नाकाको आवागमनलाई सहज बनाउन लुम्बिनी प्रदेशका जिल्ला मातहतका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् । कोरोना सङ्क्रमणका कारण २ वर्ष अघिदेखि बन्द भएको सीमा नाका खुलेका कारण स्वास्थ्य मापदण्डसहितको आवागमनलाई सहज बनाउन डिआईजीले निर्देशन दिएका हुन् । पत्रकारहरुसंगको कुराकानीमा बोल्दै डिआइजी उपाध्यायले […]
ABC (क्राईमबिट) काठमाडौ । सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटको ११औं स्थापना दिवस सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यमा मंसीर २१ गते सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपालमा रहेका स्थायी इकाईहरुको यसै वर्षदेखि स्थापना दिवस मनाउने संगठनको नीति अनुसार सो तालिम शिक्षालयको स्थापना दिवस विविध कार्यक्रमको […]
काठमाडौं, टोखा नगरपालिका-८ ग्रीनल्याण्ड एरियाबाट संरक्षित वन्यजन्तु चितुवाको छाला जस्तो आखेटोपहार १ थान सहित उदयपुर ताप्ली गाउँपालिका-२ बस्ने ५० वर्षीय मदन बहादुर श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्युरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उक्त आखेटोपहार सहित फेला पारी […]
नेपाल प्रहरी श्रीमती संघ र ललितपुर महानगरपालिका–३ धोबीघाटस्थित मेघा अस्पताल प्रालिबीच बहालवाला प्रहरी कर्मचारी परिवार, अमर प्रहरी परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई उक्त अस्पतालमा उपलब्ध स्वास्थ्य उपचार सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष कुसुमलता सिंह र मेघा अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष […]
चुनाव सकिएलगत्तै सशस्त्र प्रहरीमा खराब अफिसरमाथि छानबिन र कारबाही तिव्र पारिएको छ । खासगरी तराईको जिल्लामा तस्करीको लाइन खुलाउने गणपति तथा बिओपी इन्चार्जहरुमाथि सशस्त्र प्रहरी मुख्यालयले कारबाही अघि बढाएको छ । मुख्यालयले हालै बारा गणका एसपी राजेन्द्र थापा, पर्साका तेज पोखरेल र पश्चिम नबलपरासीका एसपी रुप कुमार क्षेत्रीलाई मुख्यालय तानेर छानबिन थालेको छ । स्थलगत […]
युवती प्रयोग गरी भारतीय नागरिकलाई डान्सबारमा लुटपाट गर्ने आठ जना पक्राउ परेका छन् । नयाँ बसपार्क मित्रनगरस्थित फ्याफुल्ला डान्सबारमा गत १५ मंसिरको राती लुटपाट भएको हो ।प्रहरीले सिन्धुपाल्चोकका सुनिल तामाङ, सिन्धुलीका सहदेव तामाङ, काठमाडौं टोखाका जीवन तामाङ, धुम्बाराहीका विश्वदिप तामाङ, सिन्धुपाल्चोकका फुर्वा तामाङ, नुवाकोटका मुस्कान तामाङ , सिन्धुलीका शम्शेर तामाङ र काभ्रेका भिमबहादुर तामाङलाई पक्राउ […]
मकवानपुरको मनहरी र सर्लाहीको कबिलासी गाउँपालिकाबाट प्रहरीले लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पक्राउ पर्नेमा सोही गाउँपालिका–७ बस्ने ३५ वर्षीय हरिकृष्ण अधिकारीसहित दुईजना छन् । आरोपीहरुको साथबाट गाँजाको धुलो ३८ केजी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।सर्लाहीबाट कबिलासी नगरपालिका–१० सलेमपुर बस्ने ४५ […]
पोखराको मणिपाल अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ। पोखरा महानगरपालिका -१८ सराङकोटकी ६५ वर्षीय धनसरी घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए। उनका अनुसार बिरामी भएर भर्ना गरेकी छोरालाई भेट्न जाँदा शुक्रबार दिउँसो अस्पतालको तीन तलाबाट खसेर मृत्यु भएको हो। ‘उहाँको छोरी बिरामी भएर अस्पतालमा भर्ना गरिएको रहेछ,’ उनले भने, ‘छोरीलाई भेट्न […]
धनगढी उपमहानगरपालिका–६ जालीमा शुक्रबार बिहान २१ वर्षीया अस्मिता साउँद मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घोडाघोडी नगरपालिका–६ की उनी दिदीको घरमा बस्दै धनगढीमा पढिरहेकी थिइन्। प्रहरीका अनुसार भान्छा कोठामा बिहान साढे ५ बजे उनी मृत भेटिएपछि प्रहरीलाई खबर आएको थियो।हाल घटनास्थलमा प्रहरी खटिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घर प्लास्टर गर्ने क्रममा खसरे पाल्पाको रामपुरमा एक जना मजदुरको मृत्यु भएको छ । बिहीबार रामपुर नगरपालिका–५, बेझाडस्थित दुर्गा केसीको चार तले पक्की घर प्लास्टर गर्ने क्रममा घरमाथिबाट खसेर पर्सा छिपहरमाई वडा नं. ३ मंगलापुरका २५ वर्षीय गजेश कुसुहवाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।घर प्लास्टर गर्ने क्रममा खसेर घाइते भएका कुशवाहालाई उपचारका लागि […]