(ABC-Sanchar) काठमाडौँ । प्रतिनिधिसभाकाे समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सिट पाउने भएका छन् । सोमबार दिउँसोसम्म निर्वाचन आयोगको समानुपातिकतर्फको पछिल्लो तथ्याङ्क अनुसार उक्त दुई दलले समान सिट पाउने भएका हुन् । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ ११ लाख ६२ हजार २२९ मत पाएको छ । भने, रास्वपाले ११ लाख २४ हजार ५५४ […]
(ABC-Sanchar) काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको साधारण सदस्यता खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। वैध नेपाली नागरिकता नभएका व्यक्तिले राजनैतिक दल खोल्न, सो दलको साधारण सदस्य हुन् र अध्यक्ष वा सभापति हुन नमिल्ने दाबी सहित सोमबार निर्वाचन आयोगमा उजुरी परेको हो । उजुरीमा वैध नागरिकता नै नभएका लामिछानेको सभापतित्वमा दल […]
(ABC-Sanchar) दाङ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाइएका संरचना हटाउन निर्देशन दिइएको छ। सडक डिभिजन कार्यालय दाङले मंगलबारदेखि लागू हुने गरी १५ दिने सूचना जारी गरेको हो। दाङ खण्डको धानखोलादेखि शिवखोलासम्मको सडक क्षेत्र दायाँ-बायाँ ३१ मिटरभित्र रहेका संरचना हटाउन निर्देशन गरिएको सूचना अधिकारी रिकेश महर्जनले जानकारी दिए। उनका अनुसार पुस १५ भित्र नहटाएमा […]
(ABC-Sanchar) काठमाडौं । सरकारले आफूहरूको उठिबास लगाएको भन्दै सोमबार उनीहरुले काठमाडौंमा प्रदर्शन गरेका हुन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र महिला एकता समाजले शान्तिपूर्ण दबाब र्याली निकालेका छन्। वार्ता र संवादको ढोका खुल्ला गर,विकल्प सहितको वास अधिकार सुनिश्चित गर, नागरिकको अधिकार सुनिश्चित गर, लालपुर्जा विहिनको अवस्था कहिलेसम्म भन्ने नारा लेखिएको प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए। […]
(ABC-Sanchar) काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजिनामा दिएकी छन्। प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा पत्र बुझाएकी हुन्। मंसिरमा ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन्। तर निवार्चन आयोगले कात्तिकको १२ […]
ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले छानबिन तीब्र पारेको छ । लामिछानेले निर्वाचन आयोगमा पेस गरेको नागरिकताको प्रतिलिपि जिल्ला प्रहरी परिसर काठमाडौंले लगेको छ । आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले प्रहरीबाट माग भएपछि लामिछानेले उम्मेदवारी र पार्टी दर्ता गर्दा पेस गरेको नागरिकताको प्रतिलिपि उपलब्ध गराइएको बताए । लामिछानेको […]
ABC (क्राईमबिट) जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले जडिबुटी बोकेर आउदै गरेको ट्याक्टर नियन्त्रणमा लिएको छ। डोल्पा जिल्ला बाट जुम्ला तर्फ आउदै गरेको भे २ त १४९१ नम्बरको ट्रयाक्टर नियन्त्रण लिइएको हो। मंसिर १८ गते बेलुका ७ बजेर ५० मिनेटमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। ट्रयाक्टरमा सुनपाती नामक २० बोरा जडिबुटी रहेको […]
(ABC-Sanchar) दार्चुला । सदरमुकाम खलंगामा रहेको नेपाल-भारत सीमा पुल सोमबार बिहानबाटै भारतीय पक्षले बन्द गरेको हो । महाकाली नदीमा तटबन्ध निर्माणको क्रममा भएको विवादमा आइतबार नेपाली र भारतीय नागरिकबीच विवाद भएपछि सोमबार भारतीय पक्षले पुल बन्द गरेका हुन। नेपाली प्रशासनले भने भारतले पुल बन्द गरेको बारे आफूहरूलाई जानकारी नभएको जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला […]
चितवनको कालिका नगरपालिका १ मा मृत अवस्थामा गैंडा फेला परेको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा खाग काटिएको गैडा मृत फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । डिभिजन वन कार्यालय चितवनले गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको जनाएको छ । डिभिजन वन […]
कैलालीको समैती सामुदायिक वनमा भरूवा बन्दुक फेला परेको छ । धनगढी उपमहानगरपालिका-६ समैती सामुदायिक वनबाट आइतबार दिउँसो प्रहरीले एक थान भरूवा बन्दुक फेला पारेको हो । जिल्ला कार्यालय कैलालीबाट खटिएको प्रहरीले वनमा वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । वन्यजन्तुको चोरी शिकारीको लागि भरूवा बन्दुकसहित केही शिकारी पुगेको तर प्रहरी आएको […]