ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल हेडक्वार्टर काठमाडौंले १२ नम्बर गण हेडक्वार्टरका प्रमुख (गणपति) राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टरका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर पश्चिम नवलपरासीका रुपकुमार क्षेत्रीलाई आर्थिक अनियमितताको आरोपमा जिम्मेवारीबाट हटाएर कारबाही प्रक्रिया सुरु गरेको छ । सीमा नाकाबाट हुने तस्करीमा मिलेमतोको आरोप उनीहरुमाथि छ । ती जिल्लाबाट […]
(ABC-Sanchar) नवलपरासी । सरावल गाउँपालिका वडा न. २ मनरी र पाणाटिकर जोड्ने गरि झोलुङ्गे पुलको सिलन्यास गरिएको छ। हिजो शुक्रवार एक कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले पुलको सिलन्यास गरेका हुन।भुमी पुजामा पुलको सिलन्यास गरेको पालिका अध्यक्ष चौधरीले पुलको निर्माणले यस क्षेत्रको विकासमा कायापलट गर्ने विश्रास व्यक्त गरे चौधरीले भने यो पुलको निर्माणसगै सरावल […]
(ABC-Sanchar) चितवन । भरतपुर महानगरपालिकाले व्यावसायिक रूपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को स्वीकृत पशु सेवा विकास कार्यक्रम अन्तर्गत व्यावसायिक मत्स्य फर्मको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिन लागिएको हो । महानगरले आफ्नो नीति तथा कार्यक्रममा अनुदानले यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको […]
(ABC-Sanchar) दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको राजधानी स्थायी थलोमा सार्ने अन्तिम तयारी गरेको छ। आगामी २२ गते सम्म निर्वाचन आचारसंहिता कायम रहने र आचारसंहिता सकिएलगत्तै अस्थायी मुकामबाट स्थायी थलोमा राजधानी सार्ने तयारी गरिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ। प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका अनुसार निर्वाचन आचारसंहिता सकिएलगत्तै राजधानी सार्ने तयारी अन्तिम चरणमा पुर्याइएको छ। मुख्यमन्त्री […]
ABC (क्राईमबिट) काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले जंगीअड्डास्थित सैनिक विशेष अदालतको निरीक्षण गरेका छन् । गत साताको निरीक्षणको क्रममा उनले अदालतको इजलास, न्यायाधीश कक्ष, रजिष्ट्रारको कार्यालय र अन्य कार्यालयहरुको निरीक्षण गरेका थिए । प्रधानसेनापति शर्मालाई सेना प्राड विवाकका प्रमुख, प्राड उपरथी रत्नप्रकाश थापाले विशेष अदालतको काम कारबाहीबारे जानकारी गराएका थिए । निरीक्षणको क्रममा […]
ABC (क्राईमबिट) पर्सा । बिरगंज देशकै पुरानो तथा अत्यधिक भीडभाड रहने गरेको वीरगन्ज कारागारमा कूल कैदीबन्दीको झन्डै ३० प्रतिशत कैदीबन्दी लागूऔषध मुद्दाकै छन् । बुधबारसम्म कारागारमा कूल १ हजार ४ सय ५९ कैदीबन्दी रहेकोमा ती मध्ये ५ सय ४२ कैदीबन्दी लागूऔषध मुद्दाकै हुन् । वीरगन्ज कारागार कार्यालयको तथ्यांक अनुसार लागू औषध मुद्दाका ५ सय ४२ […]
(ABC-Sanchar) काठमाडौँ । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ । शनिबार दिउँसो सवा २ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २७ लाख ८३ हजार ३८७ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले २६ […]
(ABC-Sanchar) सिन्धुपाल्चोक । हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ। इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक रु पाँच सय भत्ता दिने भएको छ । गाउँपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रम समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो […]
नवलपरासी , १७ मङ्सीर । संघीय सांसद विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी बिकासका काम अघि सुरु गर्नुभएको छ । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट निर्वार्चित प्रतिनिधि सभा सदस्य चौधरी आफ्नो निर्वाचन क्षेत्रलाई चौतर्फी रुपमा बिकास तथा सम्बृद्धि तर्फ अघि बढाउन सवै पालिकामा पुगेर छलफल अघि बढाउनुभएको हो । चौधरीले पहिलो चरणमा बर्दघाट […]
ABC (क्राईमबिट) काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३ बस्ने राजु थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-३ बस्ने ४१ वर्षीय भुवनलाल श्रेष्ठ समेत १६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४३ हजार रूपैयाँसहित फेला […]