ABC (क्राईमबिट) सुनसरी । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ३ फुलचोक स्थित पूर्व पश्चिम लोकमार्गबाट सोमबार सशस्त्र प्रहरीले करीव १८ लाख ३० हजार रुपैयाँ बराबरको चिनीसहितको ट्रक नियन्त्रणमा लिएको छ । पश्चिमबाट पुर्वतर्फ ल्याउँदै गरेको १ सय १० बोरा चिनीसहितको को.१ ख ३०२० नम्वरको ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले नियन्त्रणमा लिईएको हो […]
(ABC-Sanchar) काठमाडौँ । गएराति भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ। घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि केही बेरअघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्याएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरूको उद्धार गरेको हो। उद्धारसँगै घटनास्थलमा आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ […]
(ABC-Sanchar) काठमाडौं । मोरङ क्षेत्र ३ अन्तर्गत प्रदेशसभा १ मा नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । गम्भीर प्रकारको निमोनिया देखिएका ५८ वर्षीय थापाको स्वास्थ्य जटिल भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार गरिएको थियो । ह्याम्समा तीन साताको उपचारपछि स्वास्थ्यमा सुधार भएपनि कमजोरीपनका कारण उनलाई विराटनगरमै फर्काएर निरन्तर […]
ABC (क्राईमबिट) दाङ । एक जना युबतिले आफुलाइ जागिरबाट हटाएपछि आफ्नै सहकर्मि विरुद्ध जबरजस्तीकरणिमा प्रहरीमा जाहेरी दिएको खुलेको छ । केही दिन अघि जिल्ला प्रहरी कार्यालय दाङले जबरजस्तीकरणिमा एक जनालाई पक्राउ गरेको सार्बजनिक गरेको थियो । घोराहीको गोरखा हस्पिटलमा कार्यरत दुबै जनाले आपसमा भनाभन गर्नुका साथै बिबाद गरेपछि युबतिले पुरुष विरुद्ध मुद्धा हाल्ने गरि […]
(ABC-Sanchar) प्युठान । नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिएका छन् । प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्युठान […]
(ABC-Sanchar) काठमाडौँ । डोटी केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको धक्का सुदूरपश्चिम र कणालीका विभिन्न जिल्लामा महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताए । भूकम्प मंगलबार राति ९ बजेर ७ मिनेटमा गएको थियो । भूकम्पबाट भएको क्षतिबारे […]
ABC (क्राईमबिट) काठमाडौं । केहि व्यक्तिहरुले बा ५१ प ४६३९ नं. को मोटरसाइकलको Leg Guard बाट धारिलो हतियार तरवार झिकेको भिडियो खिची सामाजिक सञ्जाल टिकटकमा अपलोड गरी जनसर्वसाधारणमा अशान्ति मच्चाएको लगायतको सूचना प्राप्त हुन आएको । जिल्ला प्रहरी परिसर टेकुबाट मातहत प्रहरी वृत्तहरु र प्रभागहरु लगायतलाई उक्त सूचना प्रवाह गरी गम्भीरताकासाथ खोज तलास गराउँदा प्रहरी […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा कार्यरत करिब ३० बर्ष देश र जनताको सेवा र सुरक्षामा समर्पित भई सेवा निवृत्त हुन लाग्नु भएका काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकको कार्तिक २२ गते मंगलबार प्रहरी संगठनको परम्परा अनुसार स-सम्मान भब्य बिदाई गरियोको छ ।
(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा दाङ जिल्लाभरका सम्पूर्ण कार्यालयका प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले मातहतमा रहेका सम्पूर्ण प्रहरी युनिटका प्रहरी ईन्चार्जहरुलाई निर्देशन दिदै । आसन्न हुन गईरहेको मङ्सिर ४ गतेको“प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९” शान्ति सुरक्षाको वर्तमान अवस्था , समस्या र चुनौतीहरुको न्यूनीकरणका उपायहरु, […]
(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा नयाँ प्रहरी प्रमुख एसपी वीर बहादुर वली आएसंगै दाङ जिल्लाभरबाट विभिन्न ठाँउहरुबाट हराएको सवारी साधनहरु धमाधम फेला पार्दै सम्बन्धित सवारी धनीलाई बुजाउदै । यस्तै दाङ उप-महानगरपालिका वडा नं. १५ बसपार्कबाट चोरी भएको रा.२ प. ९३२५ नम्बरको मोटरसाइकल हराए बेबारिसे अवस्थामा रतनपुर चोक नजिक जिल्ला प्रहरी कार्यालय […]