राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार रहेका गणेश पौडेलको घर परिसरमा बम भेटिएको छ । घरको गेटमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित उत्तम पथमा रहेको उम्मेदवार पौडेलको घरको गेटमा शंकास्पद वस्तु फेला परेपछि सेनालाई खबर गरिएको थियो । कार्टुनमा खतरा लेखेर राखेको वस्तु प्रेसर कुकर […]
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। आइतबार बिहान ९ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। चार दशमलव छ रेक्टर स्केलको भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको छ।भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ। […]
पर्सामा एक जना पुरूष मृत फेला परेका छन्। आइतबार बिहान सवा ५ बजे वीरगन्ज महानगरपालिका-१० घडिअर्वा पोखरीको पश्चिमतर्फको नालामा पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए। मृतक पकाहामैनपुर गाउँपालिका वडा नं १ ढोरे बस्ने ३५ वर्षीय राजु दास छन्। उनी नालीमा मृत अवस्थामा फेला परेका हुन्। घडिअर्वा पोखरीमा छठ […]
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बाँकेमा तय भएका मतदानस्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै वर्गीकरण गरिएको छ। बाँकेका १३८ वटा मतदानस्थललाई दुई भागमा वर्गीकरण गरिएको निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले जानकारी दिए। उनका अनुसार निर्वाचनमा सुरक्षा दृष्टिकोणले मतदानस्थलहरूलाई अति संवेदनशील र संवेदनशील गरेर दुई भागमा विभाजन गरिएका छन्। जसमा १०८ वटा मतदानस्थल अति संवेदनशील […]
अर्को महिना कतारमा हुने फिफा विश्वकप हेर्न दक्षिणी युरोपेली मुलुक स्पेनबाट हिँड्दै आइरहेका एकजना फ्यान इरानमा पक्राउ परेका छन्। अलजजिरा टेलिभिजनका अनुसार गत जनवरीमा म्याड्रिड नजिकैको घरबाट कतारका लागि हिँडेका ४१ वर्षका सान्टिएगो सान्चेज कोजेडोर अक्टोबरको सुरूमा इराकबाट इरानको सीमामा प्रवेश गरेका थिए। स्पेनदेखि इरानसम्मको यात्रा उनले हिँड्दै र कुनै ठाउँमा डुंगामा चढेर पार गरेका […]
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भानुभक्त पाण्डेमाथि आक्रमण भएकाे छ। बिहीबार राति बाँसगढीबाट तामनगरतर्फ साथीलाई घर छाेड्न जाँदै गरेका वडाध्यक्ष पाण्डेमाथि आक्रमण भएको हो। उनलाई सैनामैना-२ कालिका चाेकमा आक्रमण भएकाे प्रहरीले जनाएको छ। पाण्डेले आफूमाथि आक्रमण गर्नेहरू नेपाली कांग्रेसको भातृ संगठन तरूण दलका कार्यकर्ता भएकाे दाबी गरेका छन्। ´मोटरसाइकलमा आएको एक समुहले मेराे गाडी […]
तुलसीपुरको मदनआश्रित चोकमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मजगैं निवासी २४ वर्षका रवि बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपि वीर ओलि ले जानकारी दिए । गएराति पौने ९ बजे तुलसीपुर उपमहानगरपालिका – ६ को मदनआश्रित चोक नजिकै अनियन्त्रित भएर रा ७ प १६२९ नम्बरको मोटरसाइकल […]
कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भीरबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो ।महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाट फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको ज्यान गएको तिला गुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।रास्स
चितवन । चतिवनको माडी नगरपालिका-४ घोसरीमा एक युवककाे हत्या भएकाे छ । सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथी अन्दाजी ३३ वर्षीय जीवन नेपालीको खुकुरी प्रहार गरी हत्या गरेकाे माडी प्रहरीले जनाएको छ । घटनास्थल नजिकै रगतमा लतपतिएको खुकुरी प्रहरीले फेला पारेको छ । परियारको हत्या गरेको आरोपमा प्रहरीले उनकै […]
लागुऔषध ओसारपसारमा सहयोग गरेको आरोपमा एक जना प्रहरी सहायक हवल्दार पक्राउ परेका छन्। कैलाली कारागारमा लागुऔषध ओसारपसारमा सघाएको आरोपपछि प्रहरी सहायक हवल्दार अपिल भाट पक्राउ परेका हुन्। ३१ असोजमा धनगढी उपमहानगरपालिका– ७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागुऔषधसहित कैलारी गाउँपालिका–६ बस्ने ३३ वर्षीय यादवकुमार चौधरी पक्राउ परेका थिए। उनले सहायक हवल्दार भाटले आफूलाई लागुऔषध ओसारपसारमा […]