ABC (क्राईमबिट) सिराहा । प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू दुवै जना उदयपुर जिल्लाको रहेको प्रहरीले जनाएको छ। एक जनासँग प्रेस कार्ड फेला परेको छ। उनी पत्रकार नै हो की कार्ड मात्रै बनाएको हो खुल्न सकेको छैन। उनीहरूलाई चेकजाँचका क्रममा सिरहा नगरपालिका-१४ नेमचन चोकबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा उदयपुरको कटारी […]
ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयले ३ जना प्रहरी वरिष्ठ उपरीक्षकहरूको काज सरुवा गरेको छ । बुटवल तालिम केन्द्रमा एसएसपी बिनोद घिमिरेलाई पठाइएको छ । बुटवल तालिम केन्द्रमा कार्यरत सुरेन्द्र मैनालीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । तालिम केन्द्रमा काज सरुवा गरिएका घिमिरे लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा कार्यरत थिए । सुदूरपश्चिम प्रदेशमा […]
(ABC-Sanchar) भैरहवा । पर्यटन व्यवसायीले ४३औँ विश्व पर्यटन दिवसको सन्दर्भ पारेर होटलमा २० प्रतिशत छुट दिने घोसणा गरेका छन् । विश्व पर्यटन दिवसको अवसरमा पर्यटकहरूलाई लक्षित गर्दै निजी क्षेत्रले विशेष योजना ल्याएका हुन् । सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशद्वारा गठित विश्व पर्यटन दिवस मुल समारोह समितिले गरेको छलफल तथा पत्रकार सम्मेलनमा आयोजकले योवजनाबारे जानकारी गराएको […]
(ABC-Sanchar) कपिलवस्तु । दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते एक महिलाको उपचारको क्रममा तौलिहवामा मृत्यु भएको हो । उनको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मीनबहादुर घलेले जानकारी दिए । जिल्लाको वुद्धभूमि नगरपालिका-९ र ४ को सीमामा शनिबार दिउँसो काठमाडौंबाट दाङ आउदै गरेको ना ७ ख ५९५९ नम्बरको बस […]
ABC (क्राईमबिट) काठमाडौँ । गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती बस्ने माधव गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-७ घर भएका ५२ वर्षीय मिङमार तामाङ समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ७ सय ८० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको […]
(ABC-Sanchar) बाँके । नेपालगञ्जको भेरी अस्पतालले कोभिडका लागि छुट्याएको वार्डमा डेङ्गु लगायत बिरामी राखेको छ । यहाँ डेङ्गुको बिरामी ४६ जना छन् । कोभिडका बिरामी बढेपछि अस्पतालले छुट्टै वार्ड बनाएकोमा डेङ्गु लगायतका बिरामी बढेपछि उक्त वार्डमा ती बिरामीलाई राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.बद्री चापागाईँले बताए । उनले भने, “यो बिरामी बढ्ने मौसम हो । […]
(ABC-Sanchar) जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थीले कालो झन्डा देखाएका छन् । संसदको दुवै सदनबाट दुई दुईपटक पारित गरेको नागिरकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि त्यसमा एमालेले समर्थन रहेको भन्दै ओलीलाई कालो झन्डा देखाएका हुन् । जसपाले राष्ट्रपतिविरुद्ध मधेसमा चरमबद्ध आन्दोलन घोषणा गरेको छ […]
(केभी निस्चयल) दाङ । तुलसीपुर स्थित शिवालिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अनुप कुमार श्रेष्ठको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यमा संपन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष देव वहादुर केसीले स्वागत गर्नु भएको थियो । साधारणसभामा […]
ABC (क्राईमबिट) कर्णाली । चाडपर्व नजिकिएसँगै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा बढी प्रहरी खटाइने भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर चार हजार एक सय ४१ प्रहरी जनशक्ति खटाइने जनाएको हो । यसैबीच चाडपर्वको अवसरमा हुनसक्ने आपराधिक गतिविधिको सम्भावित शङ्कास्पद […]
(ABC-Sanchar) सुदूरपश्चिम । सुन्दा अचम्म लाग्छ सहरमा पनि मोबाइल फोनको नेटवर्कले काम गर्दैन भनेर । सुदूरपश्चिम प्रदेशमा मालाखेती अस्पताल छ । प्रदेशको स्थायी राजधानी गोदावरीमै उक्त स्थानमा रहेको अस्पतालको एरियाभित्र मोबाइल फोनको नेटवर्कले काम नै गर्दैन । अस्पताल परिसरभित्र नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा त्यहाँका कर्मचारी समस्यामा परेको गुनासो गर्दछन् । अस्पतालभित्र मोबाइलमा नेटवर्क […]