ABC (क्राईमबिट) बाँके । नेपालगञ्ज उपमहानगरपालिका १७ निवासी करिब ४० वर्षीय परशुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु परशुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरूको नेपालगन्जस्थित […]
ABC (Sanchar) नेपाली नारीहरूको महान चाड हरितालिका तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरू बजारमा सार्वजनिक हुन थालेका छन् । यस्तैमा लोक दोहोरीमा फरक पहिचान बनाउन सफल गायिकाहरु सुमित्रा गाैतमको स्वर रहेको तीज गीत ”सम्झायाे माईतीघर ” सार्वजनिक भएको छ । दुराेधन बस्नेतकाे शब्द रहेको गीतमा कमल सुरेस शाहि को संगीत छ । गीतको भिडियोमा एलिना राईमझी […]
(ABC-Sanchar) बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सिलबन्दी गरेको छ । मानव र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको जनाएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेको नेतृत्वमा औद्योगिक क्षेत्रमा अनुगमनमा खटिएको टोलीले […]
ABC (क्राईमबिट) काठमाडौं । उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे मोटरसाइकल र स्कुटरको स्थान बढ्दै गएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । कार्यालयले झन्डै साता दिनदेखि निरन्तर सडकमा हिँड्ने विद्यार्थीलाई लक्षित गर्दै ट्राफिक चेकजाँचलाई बढाएको छ। कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उपत्यकामा भएका करिब १० हजार ७ सय ३३ […]
(ABC-Sanchar) बाँके । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १.२७ बजे ५.३ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए ।
(ABC-Sanchar) काठमाडौँ । दुई महिनादेखि काठमाडौँ उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ । पटक-पटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन । सहरका चोक, गल्लीमा लामो समयदेखि फोहर थुप्रिएको छ । साविक बमोजिम फोहर व्यवस्थापनका लागि स्थानीयवासीले अवरोध […]
ABC (क्राईमबिट) बैतडी । जिल्लाको सिगास गाउँपालिका– ५ का २१ वर्षीय केशव दमाई र १८ वर्षीया रमिता विक रहेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । उनीहरू दुवैजना चिउरीको रुखको एकै हाँगोमा झुन्डिएका अवस्थामा फेला परेका हुन् । मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदैछ । मृतक दुवैजना अविवाहित […]
ABC (क्राईमबिट) पर्सा । बिरगंजको मुख्य भन्सार नाकाबाटै तस्कर समूहले निर्वाध रुपमा करोडौँ मूल्यका सामान भित्र्याइरहेका छन् । प्रहरीसँगको मिलेमतोमा तस्करसमूहले तस्करीका सामान भित्र्याउन मुख्य नाकालाई नै प्रयोग गरिरहेको भेटिएको हो । अहिले दैनिक रुपमा रिक्सा, अटो, टेम्पु, मोटरसाइकल तथा साइकलबाट मुख्य नाका हुँदै तस्करीका सामान निर्वाध वीरगञ्ज भित्रिरहेको छ । नेपाल प्रहरी र सशस्त्र […]
ABC (क्राईमबिट) बारा । जितपुरसिमरा उपमहानगरपालिका १७ रामनगर गुम्बाटोल बस्ने ३० वर्षीय संजिव बललाई भरूवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने बेरिंङ ५ थान सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उनको घरमा अवैध हतियार रहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी जैतापुर र ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनको घर अगाडि […]
ABC (क्राईमबिट) धनगढी । राशन घोटालामा मुछिएपछि दार्चुलामा कार्यरत सशस्त्र प्रहरीका एसपी त्रिभुवन विष्ट हेडक्वाटर तानिएका छन् । सशस्त्र प्रहरीको ४४ नम्बर गणमा प्रमुखका रुपमा कार्यरत विष्टले सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनमा घोटाला गरेको आरोप लागेपछि उनीमाथि छानबिन थालिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा […]