२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

समाचार

श्री एयरलाइन्सको जहाजमा धुवा पछी आपतकालीन अवतरण नेपालगन्जमा यात्रुहरु भागाभाग

(ABC-Sanchar) बाँके । नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपत्कालीन अवतरण गरिएको छ । जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो। नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । अहिले जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका […]

(ABC-Sanchar) बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक र जिल्ला अस्पतालबाट एक गरी दुई गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार उद्धार गरिएको छ । बूढीनन्दा-२ कोल्टीकी ३० वर्षीया मनु रेग्मी पाध्याय र जगन्नाथ गाउँपालिका–२ की २२ वर्षीया जेनी राईलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले गाईको मासु काटि रहेको अवस्थामा नेपालगन्जबाट बाँके प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा, नेपालगन्ज उपमहानगरपालिका वडा नं.१७ बस्ने ५३ वर्षिय ओलीउद्दिन जोलाह र सोही ठाउँ बस्ने वर्ष ४६ को सलाउद्दिन जोलाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रहरीका अनुसार, नेपालगन्ज १७ […]

ABC (क्राईमबिट) नवलपरासी । पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलमाथि निर्दोष व्यक्तिलाई फसाएको आरोप लागेको छ । दुई भारतीय नागरिकलाई सुनियोजित रूपमा लागुऔाषधको झुटो मुद्दा लगाई फसाएको आरोपमा कँडेलमाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ । कँडेलमाथि पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तासँगको मिलेमतोमा निर्दोष भारतीय नागरिक फसाएको आरोप लागेको हो । गत २२ असारमा जिल्ला प्रहरी […]

ABC (क्राईमबिट) पर्सा । सीमावर्ती रक्सौलबाट आएका पूर्वी चम्पारणका २५ वर्षीय राकेशकुमारलाई प्रहरीले जाँचका लागि रोक्यो । उनले चलाएको बीआर०५एन ०२३८ नम्बरको मोटरसाइकलको सिटमुनि र ट्यांकीमा ४१ लाख ५५ हजार रुपैयाँ बरामद भयो । पर्साका एसपी रमेशकुमार बस्नेतका अनुसार स्रोत नखुलेको पैसा भारतबाट लुकाइछिपाइ भित्रिँदै गरेको प्रहरीलाई पूर्वसूचना थियो । राकेश कुमारलाई नियन्त्रणमा लिई बैंक […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीका ४२८ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा भएको छ । आवश्यकताअनुसार ४२८ जना इन्स्पेक्टरहरूको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको हाताभित्र नवनिर्मित कार्यालय, व्यारेक, मेश र क्वाटर गार्ड भवनको बुधबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गरेका छन् । साथै उनले नवनिर्मित भवनहरूको निरीक्षण समेत गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास […]

ABC (क्राईमबिट) काठमाडौँ । कर्णालीमा सडकमा ट्राफिक प्रहरीको नियमलाई बे–वास्ता गरेर सवारी चलाउने चालकहरूबाट ३ करोड भन्दा बढी राजश्व सङ्कलन गरिएको छ । गत आर्थिक बर्ष २०७८-७९ मा प्रदेशबाट ३ करोड ३२ लाख ६३ हजार राजश्व सङ्कलन गरिएको हो । ट्राफिकको नियम उलङ्घन गर्ने ३९ हजार ६५२ वटा सवारी साधनहरूबाट उक्त रकम सङ्कलन गरिएको नेपाल […]

(ABC-Sanchar) दाङ । राप्ती गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय बुधबारदेखि साउन २४ गतेसम्मका लागि बन्द गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए। उनका अनुसार गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत बालबालिकामा ज्वरोको संक्रमण देखिन थालेकाले विद्यालय एक सातासम्म बन्द गर्ने निर्णय गरिएको हो । राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको मंगलबार बसेको बैठकले […]

(ABC-Sanchar) काठमाडौँ । २३ घण्टापछि सञ्चालनमा आएको नारायणगढ-मुग्लिन सडक खण्ड पुन: अवरुद्ध भएको छ । पहिरोका कारण सडक खुलेको साढे चार घण्टा पछि नै पुनः अवरुद्ध भएको हो । । सोमबार राती ११ बजे देखि बन्द सडक मंगलबार ९ : ४० तिर सञ्चालनमा आएको थियो । भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केराबारी (मौरी […]

error: Content is protected !!