२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

समाचार

एआइजी बिश्वराज पोखरेल झन्डै ३ महिना अफिस नगएर प्रहरीबाट अनिवार्य बिदा भए

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल आजबाट अवकाश भएका छन्। प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार ५६ वर्षे उमेर हदका कारण पोखरेलले शुक्रबारदेखि अवकाश पाएका हुन्। अनिवार्य अवकाश पाउनुअघि गत साउन २ गते पोखरेलले पदबाट राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उनको राजीनामा स्वीकृतिको प्रक्रिया अघि बढाएका थिएनन्। […]

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा राजीनामा दिनेको संख्यामा कमी आएको छ । आर्थिक वर्ष ०७८-७९ मा चार सय ९८ जनाले राजीनामा दिएका छन् । दुई–तीन वर्षअघि वार्षिक दुई हजारभन्दा धेरै प्रहरीले राजीनामा दिने गरेका थिए । आर्थिक वर्ष ०७७-७८ मा सात सय तीन तथा ०७६-७७ मा दुई हजार ७७ प्रहरीले राजीनामा दिएका थिए । […]

(ABC-Sanchar) काठमाडौँ । चितवनको भरतपुर-२९ केराबारीमा पहिरो जाँदा फेरि पनि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान २ बजे पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुई वटा डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको र सबै पहिरो हटाएर बाटो खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ […]

ABC (क्राईमबिट) काठमाडौँ । धादिङको खनियाँबास गाउँपालिका-४ का बेगबहादुर तामाङ (बेगे) बाट बरामद भएको सुन र अमेरिकी डलर दुवै नक्कली भएको पुष्टि भएको छ । मंगलबार उत्तरी धादिङको लपाङफेदीबाट धादिङबेँसी आउँदै गर्दा बेगेको साथबाट बरामद भएको एक किलो फाइन गोल्ड ९९९.९ लेखिएको बिस्कुट आकारको पहेँलो धातु र ५० रुपैयाँको ९७ र १०० रुपैयाँको १६३ थान […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले आजदेखी अनिवार्य अवकाश पाएका छन् । प्रहरी नियमावलीमा विद्यमान एआईजीको ५६ वर्षे उमेरहदका कारण पोखरेलले अनिवार्य अवकाश पाएका हुन् । धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने नेपाल सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सरकारविरुद्ध मुद्दा लडेका एआईजी पोखरेलको राजिनामा पत्र नेपाल प्रहरी प्रधान […]

ABC (क्राईमबिट) दाङ । कारागारमा रहेका केटा साथी छुटाइ दिने भन्दै युवतीलाई तनहुँबाट दाङमा बोलाएर बलात्कार गरेको तथ्य सार्वजनिक भएको छ। नेकपा माओवादी केन्द्रका नेता विष्णु शर्मामाथि युवतीलाई बलात्कार गरेको आरोप लागेको छ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ डाँडाखुटी घर भई वडा नं. ९ बेलुवामा बसोबास गर्दै आएका ३८ वर्षीय विष्णु शर्मा हाल फरार […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका २१६९ प्रहरी सहायक हवल्दारहरुको पदस्थापन गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले बिहिबार केहिदिन अघि प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका जनपद प्रहरी समूहतर्फका २१६९ जना प्रहरी सहायक हवल्दारहरुको पदस्थापन गरिएको जनाएको छ ।

ABC (क्राईमबी) काठमाडौं । नेपाल सरकार सचिवस्तरको विभिन्न मितिको निर्णयले प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा पदोन्नति भएका ५७ जना तथा खुल्ला प्रतियोगिताद्वारा नवनियुक्त प्राविधिक प्रहरी निरीक्षक ६ जना गरी कूल ६३ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गरेका छन् । दर्ज्यानी चिन्हद्वारा […]

ABC (क्राईमबिट) बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाका ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाईकल प्रदान गरेको छ । विहीबार बुटवलस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश सरकारका आन्तिरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेश प्रहरी प्रमुख नलप्रसाद उपाध्यायलाई हस्तान्तरण गर्नु भयो। प्रहरी जनताको साथी भएकाले जनताकै रेखदेखमा सहयोग […]

ABC (क्राईमबिट) काठमाडौं । बिचौलियाहरूले पैसा उठाउने र शक्तिकेन्द्रबाट काम गराउन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीहरू निरीह बनेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सरुवा–बढुवामा बिचौलिया हावी भएपछि प्रहरी महानिरीक्षकहरू कमजोर भएका हुन्। दुवै संगठनको हालैको सरुवा बढुवामा त्यसको संकेत पनि देखिएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले डिआइजीको पदस्थापन गर्दा १ […]

error: Content is protected !!