काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस काठमाडौं आइपुगेका छन् । उनी तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका हुन् ।स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आएका हुन् । महानिर्देशक गेब्रेयससलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी अधिकारीहरुले स्वागत गरेका थिए । वैशाख ८ देखि १० गतेसम्म उनले नेपालको भ्रमण गर्ने […]
काठमाडौं । नेपाल प्रहरीसँगै राष्ट्रिय अनुसन्धान विभागमा पनि नयाँ नेतृत्वका लागि यतीबेला चर्काे प्रतिस्पर्धा छ । हालका एआइजी यादव रेग्मीले ११ बैशाखमा अवकाश पाउने भएपछि उनको पदमा बढुवा लागि डिआइजीबीच दौडधुप छ । हाल जो एआइजी हुन्छ भदौमा उही प्रमुख हुने भएकाले प्रतिस्पर्धा अस्वस्थ बन्न पुगेको छ ।एआइजीमा बढुवाका लागि डिआइजीहरू हुतराज थापा, टेकेन्द्र कार्की, […]
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।देशका ७७ वटै जिल्लाअन्तर्गत रहेका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ । काठमाडौं महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले […]
काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको छ । अहिले १० बजेतिर भएको विष्फोटमा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत […]
राष्ट्रिय अनुसन्धान विभाग ‘गुप्तचर’ निकायमा पनि अतिरिक्त मूख्य अनुसन्धान निर्देशक (एआईजी) बढुवाको रस्साकसी सुरु भएको छ । गुप्तचर विभागमा अतिरिक्त मूख्य अनुसन्धान निर्देशकको दरबन्दी एक मात्रै छ । हालका अतिरिक्त मूख्य अनुसन्धान निर्देशक यादव रेग्मीले २ दिनपछि ९ वैशाखमा अवकाश पाउने भएपछि रिक्त पदको बढुवाका लागि ७ जना अनुसन्धान निर्देशक डीआईजीहरू सुमन वैद्य, ओम जोशी, […]
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका २ पिपलभन्ज्याङमा प्रहरी र स्थानीयबीचन झडप भएको छ । अवरुद्ध वीपी राजमार्ग खुलाउन प्रहरीले बन्दकर्तालाई लखेट्न खोजेपछि दोहोरो झडप भएको हो ।झडपमा परी ११ जना प्रहरी घाइते भएका छन् । उनीहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनालाई गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । दोहोरो झडप हुँदा […]
(ABC=SANCHAR) पोखरा । अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको हो । पोखरा महानगरपालिका- ३२ खुदीमा दुर्घटना भएको थियो । गम्भीर घाइते उनको मनिपाल अस्पतालमा उपचार भैरहेकोमा उपचारकै क्रममा मृत्यु भएको हो । ग १६ प ५१८१ नम्बरको मोटरसाइकलमा सवार […]
पोखरा महानगरको मेयर कांग्रेसले नपाएको भन्दै कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाइदिएका छन्। नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले जिल्ला कार्यालयमा ताला लगाएको पोखराका सचिव गणेशबहादुर थापाले बताए। कार्यकर्ताको भावनाविपरीत पोखराको मेयर अरू पार्टीलाई दिएकाले ताला लगाएका हौं,’ थापाले भने, ‘हामी कांग्रेसबाहेक अरू दललाई भोट दिन सक्दैनौं।’सत्ता गठबन्धनको मंगलबार बसेको शीर्ष बैठकले पोखरा महानगरको मेयर एकीकृत समाजवादीलाई […]
(ABC=SANCHAR) काठमाडौं । स्थानीय तह निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा मंगलबार बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल,नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा हालै स्थापना गरिएको अनुगमन तथा मूल्याङ्कन ईकाइको बैशाख ६ गते सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले एक समारोहका बीच समुद्घाटन गर्नुभयो । उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले केन्द्र देखि तल्लो तह सम्मका ईकाहरुबाट सम्पादित सांगठनिक कामकारवाहीहरुको नियमित रुपमा अनुगमन गरी प्रभावकारी कार्यसम्पादन गर्ने उद्देश्यकासाथ […]