काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगाबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ घर भएका ३० वर्षीय रामकृष्ण भण्डारी छन् ।काँकडभिट्टा बाट काठमाडौं आउँदै गरेको प्रदेश–१–०२–००१ नम्बरको बसमा सवार भण्डारीको साथबाट ६ ग्राम खैरो हेरोइन र नाइट्रोभेट ४ ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । […]
बर्दियामा एक युवकको शव भेटिएको छ । जिल्लाको राजपुर नगरपालिका–६ बिक्रमपुरका २६ वर्षीय गोपाल थारुको शव भेटिएको हो । राजपुर नगरपालिका ५ को कृष्णनगरस्थित बेलुवा कुलोमा बिहीवार गोपाल मृत भेटिएका हुन् । बुधवार बेलुकी घर नफर्किएका उनको खोजी गर्ने क्रममा कुलोको पानीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
ABC (क्राईमबिट) काठमाडौं । प्रहरीका अनुसार ४ वैशाखमा जाजरकोट नलगाड-१ कल्पतस्थित सडकमा सवारीधनी कागजात नभएको लु५९प ०२१७ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएको प्रहरीले मोटरसाइकल बरामद गरेको थियो । प्रहरी अनुसन्धानका क्रममा उक्त मोटरसाइकल नलगाड नगरपालिका-१ का वडाध्यक्ष हिरालाल पुनले चलाइरहेको खुलेको थियो । निजलाई खोजतलासको क्रममा […]
ABC (क्राईमबिट) काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङजामा कार्यरत प्रहरी जवान श्याम ब.रास्कोटीले जिल्ला प्रहरी कार्यालय स्याङजाको CRS शाखाको जिम्मेवारी सम्हाली कार्य तथा अपराध अनुसन्धान शाखासंग संमन्वय गरी बिभिन्न मुद्दाका अभियुक्तहको Criminal Record हेर्नुका साथैबिभिन्न मुद्दाका फरार अपराधीहरुलाई खोजतलास गरी पक्राउ गर्न उल्लेखनिय भुमिका निर्वाह गरेको र आफुलाई सुम्पिएको जिम्मेवारीईमान्दारी, वफादारीकासाथ त्रुटीरहित ढंगबाट कार्य सम्पादन […]
सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाको लागि म्यादी प्रहरीमा नियुक्ति भएका एक जनाको भीरबाट लडेर ज्यान गएको छ ।चौतारा सागाचोकगढी नगरपालिका-६ का दुर्गासिंह बस्नेत सोही नगरपालिकाको वडा नम्बर ७ स्थित मेलचौरमा प्रशिक्षणका लागि सहभागी हुने क्रममा लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बुधबार […]
दार्चुलाको शैल्यशिखर नगरपालिका-६ ग्वानीमा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । शान्तिपूर्ण र्याली गरिरहेको समयमा काँग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ता राजेश विष्टले बताए । झडपमा गाडीका सिसा फुटाइएको र केही एमालेका कार्यकर्ता घाइते भएको विष्टले बताए । घाइतेको टाउकोमा चोट लागेको छ । प्रहरीले भने उक्त […]
गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार चन्द्रागिरीबाट उपाध्याय पक्राउ परेको हो ।उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा प्रक्राउ गरिएको परिसरले जनाएको छ ।अंगद खड्काको जाहेरीपछि प्रहरीले उपाध्यायको खोजी गरिरहेको थियो ।रातोपाटि बाट
त्रिभुवन भन्सार कार्यालयले डाइपरमा लुकाएर ल्याउँदै गरेको ३१७ ग्राम सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ । कार्यालयले कतार एअरवेजमार्फत दोहाबाट काठमाडौं आएकी महिलालाई नियन्त्रणमा लिएको हो ।दोलखाकी २४ वर्षिय महिला यात्रु हिजो वैशाख ७ गते बेलुका ७ बजे काठमाडौं ओर्लिएकी थिइन् । त्रिभुवन भन्सार कार्यालयले उनको साथबाट ४२ थान बच्चाको डाइपरमा लुकाएर ल्याइएको ३१७ ग्राम […]
१० हजार रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका असइले अदालतबाट सफाइ पाएका छन् । असई श्यामबहादुर माझीलाई बुधबार बिशेष अदालतले सफाइ दिएको हो ।अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोकमा कार्यरत रहँदा उनले बेलुका ढिला चल्ने गाडीसँग घुस लिएका थिए । प्रति गाडी दुई हजारका दरले घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ को भदौमा पक्राउ […]
बुधबार साँझ महोत्तरीको बर्दिबास–१३ बजिलपुरा डाँडाटोलमा पेस्तोल देखाएर आतंक मच्चाउने युवक पक्राउ परेका छन् । २८ वर्षिय लालबाबु भण्डारीलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो उनले पेस्तोल देखाएर विवाहको गाडी तोडफोड गरी स्थानीयलाई आतंकित बनाएका थिए । भण्डारी स्थानीय हुन् । नौ एमएमको चिनियाँ पेस्तोल र एक राउण्ड गोलीसहित उनलाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ […]