२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

समाचार

नेपाल प्रहरीका १७ जना (एसएसपी) (डिआइजी) बढुवा सिफारिस

ABC (क्राईमबिट) काठमाडौं । बुधबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार १७ जना एसएसपीको डिआइजीका लागि बढुवा सिफारिस भएका हुन्। लामो समयदेखि रिक्त रहेको डिआइजी पदको लागि बढुवा सिफारिस भएको हो। पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख बसन्तबहादुर कुँवर बढुवाका लागि सिफारिस भएका छन्।

(ABC=SANCHAR) बुटवल । लुम्बिनी प्रदेश सरकारले पहुँच र प्रभावका आधारमा सञ्चार क्षेत्रलाई बजेट बाँडेको भन्दै प्रदेशका सञ्चार सम्बद्ध संघसंस्थाले विरोध जनाएक छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा ७८ रेडियो, १२ टेलिभिजन, २८ वटा पत्रिका, २६ वटा सञ्चार संस्था र ४७ वटा अनलाइन सूचिकृत छन् । आगामी आर्थिक वर्ष २०७९/८० का लागि […]

(ABC=SANCHAR) दाङ । लुम्बिनी प्रदेशको राज्यमन्त्री विमलाकुमारी खत्री वलीको घटनामाथि छानबिन गर्न प्रदेश सरकारले गठन गरेको टोली दाङ आएको छ । राज्यमन्त्री वलीले गत जेठ ३१ गते तुलसीपुर उपमहानगरपालिका-५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र पाँच बर्षकी छोरीलाई हातपात गरेकी थिइन् । सोही घटनाबारे छानबिन गर्न बनेको समितिको टोली मंगलबार राति नै दाङ […]

(ABC=SANCHAR) काठमाडौं । सहकारीका बचतकर्ताको निक्षेप हिनामिना गरेको आरोपमा जेलमा रहेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्ने विषयमा भएको घुस लेनदेनबारे जिल्ला न्यायाधीश राजकुमार कोइरालामाथि छानबिनका लागि तीन सदस्यीय समिति गठन गरिएको छ । बुधबार बसेको न्यायपरिषद्को बैठकले तीन सदस्यीय समिति गठनको निर्णय गरेको हो । छानबिनका लागि न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको अभिन्न अङ्गको रुपमा रहेको सङ्गीत विद्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले विपद् लगायत अन्य आपतकालीन अवस्थामा समेत काम गरी संगठनलाई थप योगदान दिनुपर्ने बताएका छन् । नेपाल प्रहरी सङ्गीत विद्यालय महाराजगंजको बुधबार निरीक्षण पश्चात कार्यरत कर्मचारीहरुलाई निर्देशन सम्बोधनको क्रममा उनले उक्त कुरा बताएका हुन् । […]

(ABC=SANCHAR) दाङ । पानी उद्योग संघले प्रशोधित पानीको मुल्य वृद्धि गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष प्रमोद केसीको अध्यक्षतामा मंगलवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । देशमा हाल भइरहेको पेट्रोलियम पदार्थ तथा पानी प्रशोधनका लागि आवश्यक पर्ने कच्चा पदार्थमा भइरहेको मुल्य वृद्धिका कारण यस्तो निर्णय गर्नु परेको उपाध्यक्ष तथा माउन्टेन मिनिरल वाटर एण्ड […]

(धर्मेन्द्र कुमार कुर्मी) कपिलवस्तु । विजयनगर लुम्बिनी प्रदेश जिल्ला कपिलवस्तुको विजयनगर गाउँपालिकाले छात्रालाई विद्यालयमा नियमितताका लागि निःशुल्क साइकल वितरण गरेको हो । विजयनगरका कक्षा ९ र ११ मा अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरिएको हो । तल्लो कक्षादेखि माथिल्लोमा उक्लिँदा विद्यालय छोड्नेक्रम बढेपछि गाउँपालिकाले छात्रालाई विद्यालयसँग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा निःशुल्क साइकल वितरण […]

ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ‘प्रथम समादेशक कार्यशाला गोष्ठी’ को आयोजना काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा मंगलबार दुई दिने ‘प्रथम समादेशक कार्यशाला गोष्ठी’ को आयोजना गरिएको छ । उक्त कार्यशाला गोष्ठीको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलले एक समारोहकाबीच उद्घाटन गरेका हुन् । त्यसअवसरमा एआईजी पौडेलले […]

ABC (क्राईमबिट) काठमाडौं । लागूऔषध दूर्व्यसनमा परेका ब्यक्तिहरुलाई चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गंगाजमुना गाउँपालिका-५ घर भई हाल काठमाडौं तारकेश्‍वर नगरपालिका-५ लोलाङस्थित गंगाजमुना फार्मेसी संचालन गरी बस्ने ४२ वर्षीय डिल बहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका-१ स्थायी वतन भएका २२ वर्षीय राज […]

(ABC=SANCHAR) मोरङ । एमालेलाई पेल्ने कि नपेल्ने भन्ने विषयमा सहमति नहुँदा मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको गाडी आफ्नै छोराले तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारूले चढ्ने गाडी उनकै छोरा ज्योति गच्छदारले तोडफोड गरिदिएका हुन् । हिजो दिनभर गाउँपालिकाको बैठकमा बसेर निस्किएका बेला अध्यक्ष छोरा गच्छदारले बाबुको निर्णयमा असहमति जनाउँदै तोडफोडमा उत्रिएका हुन् । […]

error: Content is protected !!