(ABC–SANCHAR) काठमाडौं । स्थानीय तहको निर्वाचनको आमसभामा भाग लिने तथा प्रचारप्रसार गर्नेले दलको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा टोपी, टिसर्टलगायत प्रयोग गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी तयार पारिएको आचारसंहितामा यस्तो व्यवस्था गरिएको हो। भनिएको छ, ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले […]
ABC (क्राईमबिट) काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबार १०६ जनालाई कारबाही गरेको छ। फागु पूर्णिमा (होली)का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएका उनीहरूलाई कारबाही गरेको प्रहरीले जनाएको छ। बिहानदेखि बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने १०६ जनालाई कारबाही गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए। […]
(ABC-SANCHAR) काठमाडौं । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ। आचारसंहिता आज बिहीवार प्रकाशित भए पनि कार्यान्वय गर्ने मिति भने आयोगले पछि निर्धारन गर्ने जनाइएको छ। प्रकाशित आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुने आयोगले जनाएको छ। आचारसंहितामा लेखिए अनुसर एक भन्दा बढी राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले […]
(ABC-SANCHAR) काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो। १५ वर्ष ८ महिना चार दिनकी बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो। गायिका समेत रहेकी बालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा […]
(ABC-SANCHAR) काठमाडौं । रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो। तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न […]
(ABC-SANCHAR) दाङ । चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका बताएको हो । वन डढेलो नियन्त्रणका लागि जिल्लाका सरोकारवालासँग आज अन्तक्र्रिया कार्यक्रममा दाङका ४६ वटा सामुदायिक वन समूह वन डढेलोको मध्यम जोखिममा रहेको जानकारी गराइएको हो । पछिल्लो नौ वर्षमा दाङका ६१४ स्थानमा आगलागी हुँदा करिब ४३ हजार वन क्षेत्रमा क्षति पुगेको डिभिजन […]
ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलीको अवैध सामान बरामद गरेको छ । नेपालगंज उपमहानगरपालिका वडा नं.१० ट्राफिक चोक स्थितबाट भन्सार छली गरि ल्याएका लत्ता कपडा, हार्डवेयरका सामान गरी अन्दाजी मुल्य ३,४४,९००।– (तिन लाख चवालिस हजार नौ सय) रुपैया बराबरको सामान प्रहरीले बरामद गरेको हो। बरामदका सामान थप आवश्यक कारबाहीका लागि भन्सार […]
ABC (क्राईमबिट) काठमाडौँ । महानगरपालिका १२ त्रिपुरेश्वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको आरोपमा १२ जनालाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले मङ्गलवार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोल्पा माडी गाउँपालिका–१ घर भई काठमाडौँ गोङ्गबु मिलन टोल बस्ने २९ वर्षीय अमृत थापा, रोल्पा माडी […]
(ABC-SANCHAR) काठमाडौं । होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा तीन हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठोरले होलीमा उपत्यकाको शान्ति […]
(ABC-SANCHAR) काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ। आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ […]