(ABC=SANCHAR) भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार बिहान औपचारिक उद्घाटन गरेका छन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले पहिलो व्यवसायिक उडान सहित अवतरण गरेसँगै देउवाले विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् । भैरहवामा प्रधानमन्त्रीसँगै गृहमन्त्री बालकृष्ण खाँण, पर्यटन मन्त्री प्रेम आले लगायत पुगेका छन् ।
(ABC=SANCHAR) भैरहवा । रुपन्देहीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । विमानस्थलको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् । विमानस्थलको उद्घाटनसँगै कुबेतको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेको छ । यस्तै नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज पनि बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गरेको छ । […]
(ABC=SANCHAR) भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार लुम्बिनी आएका छन् । लुम्बिनीमा हुने दुई कार्यक्रममा सहभागी हुनका लागि प्रधानमन्त्री देउवा लुम्बिनी आएका हुन् । प्रधानमन्त्री देउवा सोमबार लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनेछन् भने भैरहवा विमानस्थलको उद्घाटन समेत गर्नेछन् । सोमबारै उनले लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत समेत गर्नेछन् । देउवा […]
(ABC=SANCHAR) पर्सा । बिरगंज निर्वाचन अधिकृत र पत्रकारबिच सहमति भएको छ । सञ्चारमैत्री वातावरण नबनाएको र सूचनाबाट बञ्चित गरिएको भन्दै पत्रकारले विरोध जनाएपछि सरोकारवालाको ध्यान केन्द्रित भएको थियो । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, पर्साकी प्रमुख निर्वाचन अधिकृत रञ्जिता झा, वीरगञ्ज महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेल लगायतले पत्रकारहरुसँग कुराकानी […]
(ABC=SANCHAR) काठमाडौँ । निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटिलाई विवादको विषय नबनाउन आग्रह गरेको छ । अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुल- हुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणना कार्यमा ढिलाइ गर्ने गरिएका प्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ । मत गणनाका क्रममा देखिएको गतिविधिबाट पूर्वयोजनाअनुसार जेठ ५ गते अगावै मतगणना कार्य […]
(ABC=SANCHAR) कञ्चनपुर । भीमदत्त नगरपालिकाको मत गणना रोकिएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १ को मतगणना गर्ने क्रममा १०० मतपत्र भनि खोलिएको मतपेटिकामा १२० मत भेदिएपछि विवाद भएको थियो । त्यसपछि मतगणना रोकिएको हो । सत्तारूढ दलहरूले सत्ताको चरम दुरुपयोग गरेको भन्दै वडा नम्बर २ मा पुनः निर्वाचन गर्नुपर्ने माग गरेका छन् । नेकपा […]
(ABC=SANCHAR) चितवन । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । यही क्रममा समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीलाई समेत अवरोध भएको छ। अहिले मिडियालाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ भने उनीहरुलाई प्रहरी लगाएर बाहिर निकालिएको छ । वडा नम्बर २ को ८ […]
(ABC=SANCHAR) हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ । उक्त वडाको लिमीस्थित भृकुटी प्रावि जाङ्ग, सुनखानी प्रावि हल्जी र तिल गरी तीन स्थानका मतपेटिका हेलिकप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्र ल्याइएको हो । न्यालु लेकमा हिमपातको कारण ती मतदानस्थलबाट मतपेटिका सङ्कलन गर्न सकिएको थिएन । ती तीन स्थानका […]
(ABC=SANCHAR) भैरहवा । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आउँदै छन् । प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव श्रेष्ठलगायत छन् । प्रधानमन्त्री मोदीलाई अन्तर्राष्ट्रिय बौद्ध प्रार्थना केन्द्र […]
(ABC=SANCHAR) काठमाडौं । महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिनभन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन । फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ । सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणामतिर केन्द्रीत भइरहँदा काठमाडौंमा फोहोर उठाउने तर्फ भने कसैले ध्यान नदिएको हो कि भन्ने आभास हुन थालेको सर्वसाधारण बताउँछन् । कहिले सिलडोलबासीको […]