(सर्मिला बोगटी) धनगढी । उपमहानगरपालिका–३ शहीद गेटबाट लागु औषधसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उप–महानगरपालीका ३ बस्ने २० वर्षीय सुरेन्द्र कोली, प्रकाश बि।क र एकेन्द्र बिष्ट रहेका छन् । ध.उ.म.न.पा. ६८६ नम्बरको अटोमा चालकको सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा ८८ ट्याब्लेट नाइट्रोभेट र २८ ट्याब्लेट स्पास बरामद गरिएको प्रहरीले जनाएको छ […]
(ABC-Sanchar) तम्घास । गुल्मीको मालिका गाउँपालिका ७ घमिरका विपन्न १२ दलित परिवारले लालपुर्जा पाएका छन् । उनीहरु सडक निर्माणपछि गाउँ नै पहिरोको जोखिममा परेकाले २२ वर्षदेखि सिलादीस्थित सार्वजनिक जग्गामा बस्दै आएका थिए । सार्वजनिक वन क्षेत्रमा बसोबास गरिरहेका विपन्न परिवार घर, पानी, बिजुलीलगायतका सुविधाबाट वञ्चित थिए । सार्वजनिक जग्गामा सुकुम्बासीका रुपमा बसोबास गरिरहेका दलित विपन्न […]
(ABC-Sanchar) काठमाडौं । झापाको मेचीनगर-१४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । चाउचाउ उद्योगमा बिहान साढे ४ बजेबाट आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहर कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले झापा र मोरङका ९ वटा दमकले आगो निभाउने प्रयास भइरहेको बताए । बाँकी […]
(ABC-Sanchar) काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । कार्यक्षमताका आधारमा लेखा परीक्षणका १५, तथ्यांकका २, इन्जिनियरिङ (जनरल) ८ र इन्जिनियरिङ (हाइवे)तर्फ १४ गरी ३९ जनाको नाम बढुवाका लागि बढुवा समितिको शुक्रबारको बैठकले सिफारिस गरेको हो । लेखापरीक्षण समूहका केदारप्रसाद खकुरेल, अगमबाबु पुरी, दुर्गाप्रसाद पन्थी, […]
ABC (क्राईमबिट) जनकपुर । सिरहाको बरियारपट्टी गाउँपालिका–२ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–१४ मनिपालबाट हराएका दिपिका दासका पाँच वर्षीय छोरा दीक्षान्त र सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का बुधनु मुखियाकी ६ वर्षीया छोरी सोनीकुमारीलाई जनकपुरधामबाट फेला पारी अभिभावकको जिम्मा लगाएको छ । दीक्षान्तलाई जनकपुरधाम–९ स्थित थापा चौकबाट र सोनीलाई जनकपुरधामस्थित पुल चोकबाट शुक्रबार फेला पारी अभिभावकको जिम्मा […]
(ABC-Sanchar) धनगढी । भारतको उत्तराखण्ड राज्यमा फेब्रअरी १४ (फागुन २ गते) हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका सबै नाका चार दिनका लागि बन्द भएका हुन् । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका हिजो बिहानदेखि फागुन ३ गतेसम्मका लागि बन्द भएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । दार्चुलाका […]
ABC (क्राईमबिट) पर्सा । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १७ नहर नजिकैको सडकबाट सशस्त्र प्रहरीले प्रतिबन्धीत लागु औषध बरामद गरेको छ । विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा बा. ५५ प ९२९ नम्बरको कालो रङ्को पल्सर मोटरसाइकल र बोरा छोडेर चालक फरार भएका थिए । उक्त बोरा चेकजाँच गर्दा ४० वटा बक्सभित्र १२ हजार पिस […]
ABC (क्राईमबिट) काठमाडौं । एक व्यक्तिको हत्या आरोपमा आफूलाई अघोरी बाबा बताउने शिव गिरी पक्राउ परेका छन्। नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको हत्या अभियोगमा गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। दक्षिणकाली नगरपालिका–६ फर्पिङमा बस्ने ३५ वर्षीय गिरीले चिर्पटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ। गिरीको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका व्यक्तिको उपचारका क्रममा […]
ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयले सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । प्रशासनलाई प्राप्त जानकारी अनुसार सोलुखुम्बुका प्रजिअ गणेश विक्रम शाहीलाई फिर्ता गर्दै उनको ठाउँमा अनिल खनाललाई पठाइएको छ भने सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेललाई ताप्लेजुङमा पठाइएको छ । यससँगै ताप्लेजुङका प्रजिअ उमेश पाण्डे दमक इलाका प्रशासन र सोलुखुम्बुका […]
ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको ६६औं वार्षिकोत्सवमा प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षत्रीले नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरेका हुन्। प्रतिष्ठान र अपराध अनुसन्धान विद्यालयमा लामो समय काम गरेर घटनास्थल अनुसन्धान अधिकृत तालिम र अनुसन्धानात्मक अन्तरवार्ता तालिमको सुरुवात गरेर प्रहरी प्रशिक्षणमा विशेष योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको हो। पूर्वएसपी […]