१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

सशस्त्र प्रहरी जमुनाह बिओपीले ३ वटा घोडासहित अवैध सामाग्रीहरु पक्राउ

ABC(क्राईमबिट) बाँके । सशस्त्र प्रहरीको टोलीले नेपालगन्जको सिमा नाकाबाट लाखौं रुपैयाँ बराबरका अवैध वस्तुसहित मोटरका पार्टस बरामद गरेको छ। सशस्त्र प्रहरीको जमुनाह बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमान्डमा गएको टोलीले नेपालगन्ज १५ जमुनाह गाउँबाट भारतबाट नेपालगन्ज ल्याउँदै गरिएका ३ वटा घोडासहित मोटरका पार्टसका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक जीवन लाल बुढाले जानकारी […]

ABC (क्राईमबिट) पाल्पा । रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले आमा ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी मारेको तथ्य प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो । […]

(ABC-Sanchar) काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले हिजो (बिहीबार) दिउँसो तीलगंगाबाट १० जनालाई पक्राउ गरेको हो । प्रतिलिटर पाँच लाखका दरले ग्राहकसँग ‘डिल’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले बताए । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि वन कार्यालय पठाउने तयारी भइरहेको खापुङले बताए । पक्राउ पर्नेमा खोटाङ हलेसी नगरपालिका-६ घर […]

(ABC-Sanchar) काठमाडौं । लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा जम्मा भएको धुलोमा आगलागी हुँदा निसास्सिएर खानीभित्र रहेका ५२ मजदुरको मृत्यु भएको हो । घटनामा ४९ मजदुर घाइते भएका छन् भने केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । खानीमा फसेकाहरुको उद्धार गर्न गएका ६ जनाको पनि मृत्यु भएको छ । मिथेन […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालय काठमाडौले शुक्रबार एक सुचना जारि गर्दै विभिन्न पदमा भर्ना आह्वान गरेको हाे ।विभिन्न ७ पदमा भर्ना आह्वान गरिएको हाे ।जवानमा मात्रै १ हजार ९ सय ७१ जना खुलेको छ ।दरखास्त दिने मिति मंसिर १९ देखि पुष २३ सम्म रहेको छ ।

ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनालाई सहयोगस्वरूप भारतीय सेनाले ५ वटा वर्कशप ट्रक उपलब्ध गराएको छ। सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा नेपाली सेना हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई यहाँस्थित भारतीय दूतावासका सैनिक सहचारी कर्णेल अमित शर्माले ती ट्रक हस्तान्तरण गर्नुभएको हो। नेपाल–भारत द्विपक्षीय परामर्श समूहको विसं २०७५ […]

(ABC-Sanchar) चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी तटमा सुरु हुँदैछ । १२ मंसिरसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम छ । एमाले विभाजन पश्चात पहिलो पटक महाधिवेशन हुन लागेको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका […]

ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत दीक्षान्त समारोह प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा बिहीबार सम्पन्न भएको छ । सो समारोहका प्रमुख अतिथि रहेका प्रधानमन्त्री देउवाको सम्मानमा दीक्षान्त कवाजका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकहरूद्वारा सलामी अर्पण गर्नुकासाथै उहाँ समक्ष इज्जत अर्पण कवाज प्रदर्शन गरिएको थियो । प्रधानमन्त्री देउवाले […]

(ABC-Sanchar) काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४९ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ । हालै सहसचिवमा बढुवा भएका सहसचिवलाई पदस्थापन गर्दै एक वर्ष सेवा अवधि पुगेका सहसचिवको सरुवा गरिएको छ । सरुवामा भूमी व्यवस्थापन विभागका महानिर्देशक, विभिन्न महानगरपालिकाका प्रशासकीय अधिकृत जस्ता पद हेरफेर भएका छन् ।

(ABC-Sanchar) काठमाडौं । त्रिभुवन विमानस्थलबाट १ सय २४ ग्रामको सुन जस्तो देखिने पहेंलो धातुको बाला १ थान र औँठी २ थान सहित ताप्लेजुङ लिङखिम-७ स्थायी वतन भएका २२ वर्षीय जिबन लिम्बुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपाल एयरलाइन्सको उडानद्वारा कतारको दोहाबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार एक्सरेमा जाँच गर्ने क्रममा इमर्जेन्सी लाइटभित्र […]

error: Content is protected !!