काठमाडौं । नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ ।
काठमाडौँ । भ्रष्टाचार र बेथितिविरुद्ध सडक प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गरेका छन् । माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर तर्फ अघि बढेका उनीहरूले प्रहरीको घेरा तोड्दै अघि बढ्न खोजेका हुन् । यसक्रममा उनीहरुको प्रहरीसँग घम्साघम्सीसमेत भएको छ ।
काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध ‘जेनजि’ (सन् १९९७–२०१२ बीच जन्मिएका युवापुस्ता) ले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछन् । बिहान ९ बजेदेखि माइतीघरमा भेला भएर उनीहरूले प्रदर्शन सुरु गर्ने तयारी गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी प्रदर्शन गर्न अनुमति दिएको छ । सम्भावित ‘घुसपैठ’को आशंका देखाउँदै प्रशासनले […]
काठमाडौं । आइतबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा चुनौतीको विश्लेषण गरेको हो । बैठकले प्रदर्शनमा अपनाइने सुरक्षा रणनीति तय गरेको सुरक्षा समितिका एक सदस्यले बताए । सबल गौतम र पुरुषोत्तम यादवको संयोजकत्वमा हुन लागेको प्रदर्शनमा युवाहरूको स्वतन्त्र सहभागिता हुने बताइएको छ । स्थानीय प्रशासनले पनि उनीहरूलाई प्रदर्शन गर्न अनुमति दिइसकेको […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्ल्याटफर्म चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग नगर्न अनुरोध गरेको छ । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायक मार्फत ती सामाजिक सञ्जालहरूको पहुँच […]
काठमाडौं । कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रीचन्द्र राना सवार गाडी चौधरीले चलाएका थिए । चौधरीले चलाएको गाडीले शनिबार रसिद्धिस्थित घुम्तीमा ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । दुर्घटनापछि ललितपुर प्रहरीले उनलाई शनिबार नै नियन्त्रणमा लिएको थियो । कुनै उजुरी नआएको, बालिका उपचारपछि डिस्चार्ज भइसकेको र मन्त्रीले २५ हजार क्षतिपूर्ति तिरसकेकोले चालकलाई जिल्ला प्रहरी परिसर ललितपुरले छाडेको हो […]
एजेन्सी । साथै कतिपय आवशीय भवनमा समेत ड्रोन र मसियालहरु खस्दा १७ भन्दा बढी घाइते भएका छन् भने २ जनाको मृत्यु भएको जनाइएको छ। युक्रेनकी प्रधानमन्त्री युलिया स्विरीडेन्कोले आज बिहान किभस्थित मन्त्रिपरिषद् भवन रुसको आक्रमणमा क्षतिग्रस्त भएको पुष्टि गरेकी छिन्। रसिया-युक्रेन युद्ध सुरु भएयता पहिलो पटक सो भवनमा आक्रमण भएको हो। वायु सेनाका अनुसार, पछिल्लो […]
काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, गोविन्द आचार्य, रमेश विष्ट लगायतका पूर्वपदाधिकारीहरुले संयुक्त रुपमा विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलन गर्ने घोषणा गरेका हुन् उनीहरूले सरकारको यो कदमलाई ‘अलोकतान्त्रिक र असंवैधानिक’ भन्दै तत्काल फिर्ता लिन अल्टिमेटम दिएका छन् । संसद्बाटै कानुन बनाएर नियमनको बाटो खुला हुँदा हुँदै सरकारले सामाजिक सञ्जालहरुलाई पूर्णरूपमा बन्द गर्ने कठोर र […]
नवलपरासी । नियमविपरीत कागजपत्र तयार गरेर त्यसरी ओसारपसार हुने गरेको तथ्य फेला परेको छ। विभिन्न समयमा राँगा, भैंसी र खसी बोकाको नियमविपरीत कागज पत्र तयार गरेर पशुचौपायाको ओसार पसार हुने गरेको बताइरहँदा पछिल्लो समय त्यसको तथ्य बाहिर आएको हो। बिहीबार साँझ प्रहरीले बरामद गरेका खसी बोकालाई पशु चिकित्सकले खसी बोकाको स्वास्थ्य परीक्षण बिना प्रमाण पत्र […]
बाँके । नेपालगन्ज कर्तव्य पालनका क्रममा (ड्युटीमा) नेपाल प्रहरीका नायब निरीक्षक (सई) धनबहादुर थापाको निधन भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भई हाल वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत रहेका सई थापाको नेपालगन्ज बजारमा ड्युटी गर्ने क्रममा आज बिहान हृदयघातका कारण निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। आज बिहान ड्युटीमा गएका […]