काठमाडौं । दिनभर सडक र पुल निर्माणमा पसिना बगाउने सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेल अहिले लौरोको सहाराबिना हिँड्न सक्दैनन् । ढुंगा, गिटी, बालुवा बोकेर जीवन निर्वाह गर्दै आएका भुजेललाई प्रलोभनमा पारी मिर्गौला निकालिएको छ । ‘होटलमा सजिलो काम पाइने भन्दै भारत पुर्याएका मान्छेले नै मेरो मिर्गौला झिक्दिए,’ भुजेलले भने, ‘६ लाख दिन्छु भन्नेका थिए । हालसम्म […]
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सुरक्षा आपूर्तिसम्बन्धी ठेक्कामा गोलमाल देखिएको छ । मापदण्ड विपरीत बोलपत्र पेस गर्ने कम्पनीलाई टेन्डर पार्न अख्तियार दुरुपयोग अनुसन्धान आयुक्तकै दबाबपछि यो प्रक्रियामा अन्योलता देखिएको हो । दबाब अनुसार काम गर्दा स्वीकृत बोलपत्रको आशय विपरीत हुने भन्दै बैंकले यसलाई रोक्न चाहेको छ । तर, आयुक्त जयबहादुर चन्दले पटक पटक आफ्नो कम्पनीलाई […]
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल एक्समार्फत् अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक रहेको बताएका हुन् । नेता कोइरालाले जनचाहना र आफ्नै प्रतिबद्धता अनुरूप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले सामाजिक सञ्जाल बन्द गरेको बताए । […]
बाँके,। नेपालगञ्ज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत बाँकेमा कार्यरत नायब सुब्बा (नासु) रामप्रसाद धमलालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। फैसलाको प्रतिलिपि उपलब्ध गराउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस बापत १२ हजार रुपैयाँ माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारको बुटवल सम्पर्क कार्यालय नेपालगंज बाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। नेपालगञ्ज उपमहानगरपालिका–९ शान्तिनगर स्थित […]
काठमाडौं । गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई फुली लगाइदिएका हुन्। शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो। खापुङ प्रहरीको ३२ औँ आईजीपी बन्न सफल भएका छन् । आईजीपी थापा भदौ १८ गतेदेखि अवकाशमा गएपछि उनले जिम्मेवारी पाएका छन्। तेह्रथुममा जन्मेका खापुङ २०५२ सालमा नेपाल प्रहरी […]
काठमाडौं । कपनस्थित कार्यालयबाट प्रगतिनगरस्थित घरतर्फ जाँदै गर्दा भण्डारीमाथि करिब ८ बजे आक्रमण भएको रास्वपाका सचिवालय सदस्य दीपक बोहराले जानकारी दिएका छन्।भण्डारीको टाउको र खुट्टामा रड प्रहार भएको छ । रड प्रहारबाट घाइते भएको भण्डारीको चुच्चे पाटीमा रहेको स्तुपा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । भण्डारी रास्वपाको केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव हुन् ।
काठमाडौं । बिहीबार बिहान साढे नौ बजे गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न लगाइदिएपछि उनले प्रहरी प्रधान कार्यालय नक्सालमा गएर कार्यभार सम्हाल्ने तयारी गरेका छन्। सरकारले यही भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गरेको थियो। मन्त्रिपरिषद् बैठकले पहिलो वरीयतामा रहेका एआईजी खापुङलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो। हालका प्रहरी महानिरीक्षक दीपक थापा हिजोदेखि […]
माधवा शर्मा ज्योतिषाचार्य तथा वास्तु विद् 9848060799 मेष अध्ययन–अध्यापनमा मन जानेछ। आत्मविश्वास बढ्नेछ। छोटो दूरीको यात्रा सफल हुने देखिन्छ। तर, आर्थिक पक्षमा सतर्क रहनुहोला। वृष धनागम बढ्ने संकेत छन्। परिवारमा आत्मीयता र सद्भाव रहला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। स्वास्थ्यतर्फ ध्यान दिन आवश्यक छ। मिथुन नयाँ कार्यको योजना बन्नेछ। भेटघाट र छलफलमा सफलता मिल्नेछ। प्रेमप्रसंगमा मधुरता […]
काठमाडौं । ३० वर्ष सेवा अवधि पूरा गरी मिति २०८२ साल भदौ १९ गते देखि सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई आज काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित विशेष समारोह बीच विदाइ गरिएको छ । विदाइ समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले राष्ट्र र नागरिकको सेवाको खातिर नेपाल […]
काठमाडौं । फेसबुकमै स्टाटस लेखेका छन्, ‘तपाईंको फेसबुक बन्द भयो कि ? मेरो त खुल्लै छ । त्यही भएर यत्ति लेखेँ ।’ हुन पनि सरकारले सूचीकृत हुन दिएको समयसीमाको आज अन्तिम दिन हो । सरकारले भदौ १२ गते सार्वजनिक सूचना निकालेर अहिले नेपालमा चलिरहेका र नेपाल आउने तयारी गरिरहेका सामाजिक सञ्जाललाई अनिवार्य सूचीकरणका लागि भन्दै […]