काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् । ललितपुरको खुमलटारमा रहेको प्रचण्डको घरमा युवाहरूले गेट फुटाएर भित्र पस्ने तयारी गरिरहेका छन् । प्रदर्शनकारीले यसअघि सीचारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा ढुंगामुढा र आगजनी गरेका थिए । प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि आक्रोशित भएका उनीहरूले प्रहरीको घेरा तोडेर आगो झोसिदिएका […]
काठमाडौँ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरस्थित निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्। सुरक्षा स्रोतका अनुसार ललितपुर सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले प्रहरी घेरा तोड्दै ढुंगामुढा गरेका थिए। प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले निवासमा आगो झोसेका छन्। आगो नियन्त्रणको प्रयास भइरहेको सुरक्षा स्रोतले जानकारी दिएको छ।
काठमाडौं । कृषी तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसबाट मन्त्री बनेका अधिकारीले आज पदबाट राजीनामा दिएका हुन्। अधिकारी कांग्रेसको शेखर कोइराला पक्षधर हुन्। आजै कोइरालाले आफू पक्षधरका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए। यस्तो छ उनको राजीनामा पत्र: सम्माननिय प्रधानमन्त्रीज्यु, नेपाल सरकार सिंहदरबार, काठमान्डौ। विषयः राजिनामा पेश गरिएकोबारे। उपर्युक्त सम्बन्धमा […]
काठमाडौं । गृह मन्त्रालयको निर्देशन अनुसार काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएका छन् । त्यहाँ एआईजी दानबहादुर कार्की खटिएका छन् । सोमबारको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो भएको र त्यसको जिम्मेवार भन्दै डीआईजी राना हटाइएको गृह मन्त्रालयस्रोतले जनाएको छ ।
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चक्रपथ क्षेत्रभित्र अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ । सोमबार जेनजी युवाको प्रदर्शनमा भएको हिंसात्मक घटना र त्यसपछि उत्पन्न तनावका कारण यो निर्णय लिइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार, आज बिहान ८:३० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्रको सम्पूर्ण भूभागमा […]
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्नो वेबसाइटबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको तस्वीर हटाएको छ । जेनजी युवाहरूको प्रदर्शनका क्रममा काठमाडाैंमै १७ जनाको मृत्यु र २५० भन्दा बढी युवा घाइते भएपछि सीडीओ रिजालले वेबसाइटबाट आफ्नो तस्वीर हटाउन लगाएका हुन् । काठमाडौंमा भएको जेनजी युवाहरूको प्रदर्शनमा दमन गरेको भन्दै सीडीओ रिजालको सामाजिक सञ्जालमा तीव्र आलोचना […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी प्रदर्शनमा भएका घटनाको सबै जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्। थापाले सरकारले असंवेदनशीलता देखाउँदा अनाहकमा धेरै युवाले ज्यान गुमाएको घटनाले स्तब्ध बनाएको बताए। उनले भ्रष्टाचार छानबिन र कारबाहीका लागि संविधान संशोधन र उच्चस्तरीय आयोग गठन आवश्यक रहेको उल्लेख गरे। २३ भदौ, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री […]
काठमाडौं । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । कांग्रेसका एक पदाधिकारीका अनुसार, उनले ठूलो जनधनको क्षति भएको बताउँदै आफू पदमा नबस्ने बताएका हुन् । आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो । मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, नैतिकताका आधारमा पदमा बस्दिनँ,’ गृहमन्त्री लेखकको भनाइ उद्धृत […]
काठमाडौं । काङ्ग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा सोमबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सरकारले तत्काल सामाजिक सञ्जाल चलाउन दिने निर्णय गर्नुपर्ने बताएको छ। ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस् महामन्त्री विश्वप्रकाश शर्माका अनुसार यसबारे कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोनबाटै जानकारी गराइसकेका छन्। प्रधानमन्त्री ओलीलाई सभापति देउवाले […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। यस्तै सरकारले नरसंहार गरेको दाबी गरेको छ। ‘जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो। जेनजी आन्दोलनका क्रममा सरकारले प्रदर्शन गरेको व्यवहार अनुचीत रहेको माओवादीको भनाइ छ […]