ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयले छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दर उच्च गतिमा बढ्दै गएपछि सीमा नाकामा सुरक्षा सतर्कतामा कडाइ गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भारतमा कोरोना सङ्क्रमणको दर बढेसँगै सीमा नाकामा उच्च स्वास्थ्य सतर्कता अपनाउन मातहतका संयन्त्रलाई निर्देशन गरिएको जानकारी दिए । मन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन […]
(महेन्द्र सिंह) बाँके । नेपालगञ्ज सात वर्षअघि बुहारीलाई जलाएको आरोपमा नरैनापुरका हनिफ शेष (ढपाली) पक्राउ परेका छन् । दाइजोमा मोटरसाइकल नल्याएको भन्दै ससुरा हनिफ, श्रीमान फरिद शेष ढपाली र सासु सजहाद खाँले रिहानालाई मट्टितेल छर्केर आगो लगाएका थिए । २०७० चैत्र २ गतेको यो घटनामा प्रत्यक्ष संलग्न श्रीमान फरिद र सासु सजहाद अझै फरार रहेका […]
(महेन्द्र सिंह) बाँके । बाँके राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको नरभक्षी पाटेबाघ भागेको छ । बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई नियन्त्रण गरी बाँके राष्ट्रिय निकुञ्जको टाईगर होल्डीङ सेन्टरमा राखीएको थियो । बर्दियाबाट बाँके ल्याएर राखेको बाघ खोरबाटै भागेपछि निकुञ्जले जगलभित्र नजान स्थानियलाई आग्रह गरेको छ । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेले बाघ […]
ABC (क्राईमबिट) काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा र माछापुच्छ्रे बैंक लिमिटेड बीचको सहकार्यमा लैनचौर र ऐकेडेमी मोडमा ट्राफिक लाइट जडान गरी सोमबारदेखि सञ्चालनमा आएको छ । नयाँ जडान गरिएको ट्राफिक लाइट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई र माछापुच्छ्रे बैंक लिमिटेडका सिइओ सन्तोष कोईरालाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । एसएसपी भट्टराईले […]
ABC (क्राईमबिट) काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को लेखा परीक्षणको बेरुजु फर्छ्योटमा उत्कृष्ट स्थान प्राप्त गरे बापत् सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पुरस्कृत भएका छन् । गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच आइतबार गृहमन्त्री रामबहादुर थापा (बादल) ले उनीहरूलाई नगदसहित प्रशंसापत्र प्रदान गरेका हुन् । आगामी दिनमा समेत निर्दिष्ट लक्ष्यअनुसार […]
ABC (क्राईमबिट) बुटवल । १९ वर्षकी किशोरीलाई बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा रूपन्देहीको तिलोत्तमामा प्रहरी जवान पक्राउ परेका छन् । किशोरीमाथि बलात्कार पछि हत्या प्रयासको आरोपमा नवलपरासीको जर्घामा कार्यरत २३ वर्षीय प्रहरी जवान सुरेश कठरियालाई पक्राउ गरिएको हो । उनीमाथि तिलोत्तमा–११ की १९ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरी झोलाको डोरीले घाँटी कसेर मार्ने प्रयास गरेको […]
ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग सहायक सुचक पदको लिखित परिक्षाको नतिजा आज प्रकाशित भएको छ । २०७७/१०/१० गते लोकसेवा आयोगले लिएको राष्ट्रिय अनुसन्धान विभागको वि.नं. १/०७६-७७ (खुला तथा समावेशी), विशेष सेवा, सहायक सूचक पदकाे लिखित परीक्षाको नतिजा प्रकाशन भएको हो ।
(महेन्द्र सिंह) बाँके । नेपाली महिलालाई भारत लगेर ५० हजार भारुतीय रुपैयाँ (भारु)मा बिक्री गर्ने १ जनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२१ बस्ने ३२ वर्षीय अमर क्षेत्री कार्की छन् । प्रहरीका अनुसार कार्कीले ६ वर्ष अगाडि (२०७१ साल असार २८ गते) नेपाली महिलालाई भारत लगेर बेचबिखन गरेका थिए […]
तेज वली तुलसीपुर । दाङ घोराही सिमेन्ट ईण्डस्ट्रिज प्रालिद्वारा उत्पादित सगरमाथा सिमेन्ट उद्योगलाई वातावरणमा प्रतिकूल असर पार्ने कार्यहरुलाई नियन्त्रण गर्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश गरेको छ । धुलो धुवाँको प्रदुषणका कारणले वातावरण, स्वास्थ्य, प्रजनन र खाद्य अधिकारमा असर पारेको भनि परेको रिटमा सुनुवाई गर्दै सोमबार उद्योगलाई यस्तो आदेश गरेको हो । उच्च अदालत तुलसीपुरका […]