०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

समाचार

बाटोमा बेवारिसे पेस्तोल फेला

ABC क्राईमबिट ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका-४ साँवास्थित बाटोबाट एक थान पेस्तोल बिहीबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा झै-झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साँवाबाट खटिएको प्रहरीले घटनास्थलबाट उक्त पेस्तोल फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ABC Sanchar काठमाडौँ । ओली समूहले नारायणहिटी दरबारअघि आयोजना गरेका सभालाई सम्बोधन गर्दागर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आँखाबाट आँसु झारेका छन् । सभालाई सम्बोधन गर्ने क्रममा ओली भावविव्हल भएका थिए । गला अवरुद्ध भएपछि ओली केहीबेर चुप लागेका थिए । उनले त्यसपछि भने,‘साथीहरु केही कुरा मात्र भन्न बाँकी छ, चुप लाग्दिनुहोस् ।’ ओली त्यसपछि फेरि […]

  ABC Sanchar काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार नेकपाको प्रचण्ड–माधव पक्षले गरेको आमहड्तालका क्रममा क्षति पुर्‍याइएका सवारीसाधन र प्रभावित भएका मजदुर–नागरिकलाई सरकारले क्षतिपूर्ति दिने घोषणा गरेका छन् । शुक्रबार नेकपाको ओली पक्षले राजधानीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उक्त पार्टीका सचिवालय सदस्यसमेत रहेका पोखरेलले भने,‘देशव्यापी रुपमा आमहड्ताल गरियो, म नेपाल बन्द गराउने जनविरोधी कामको […]

ABC Sanchar काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर आलोचना झेल्दै आएको सरकारले शुक्रबार अर्को अध्यादेश लयाएको छ । सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो । उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीरीले शुक्रबारै जारी गरेकी छिन् ।

  ABC Sanchar काठमाडौं । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा लगेर थुन्ने चेतावनी दिएका छन् । शुक्रबार ओली पक्षले काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रचण्ड–माधव पक्षलाई संकेत गर्दै उनीहरुलाई जावलाखेलको चिडियाखानामा थुनिने चेतावनी दिएका हुन् । ‘मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जुमा थुनिनेछ,’गृहमन्त्री थापाको भनाइ छ । […]

(महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरले बेबारिसे अबस्थामामा रहेको भरुवा बन्दुक फेला पारेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले समाजमा शान्ती सु ब्यबस्था तथा अमनचयन कायम गर्न sweep operation नामक १५ दिने अभियानको क्रममा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएका प्रहरीले कोहलपुर नगरपालिका वडा नम्बर :१३ स्थित रहेको प्रगतिशील शामुदायिक जङ्गलमा लुकाई राखेको अवस्था […]

दाङ प्रहरीले लाखौं नगदसहित ७ जना जुवाडे पक्राउ (सागर थापा) दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ९ तेघरामा केशरबहादुर शाहको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई २ लाख २० हजार ७ सय नगदसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा शाहका छोरा ३८ वर्षिय प्रज्वल शाह, घोराही-२ निवासी २३ वर्षिय रोहन खाती, घोराही-१६ का ३३ […]

(महेन्द्र सिंह) नेपालगन्ज। बाँके राष्ट्रिय निकुञ्जबाट खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीसहितको टोलीले हतियारसहित अवैध जीवजन्तु चोरी सिकार कार्यमा संलग्न भएको आरोपमा नाै जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सल्यानका भीमबहादुर खनाल, रत्न थापा मगर, कृष्णबहादुर थापा, सोमबहादुर खत्री, टेकबहादुर कुँवर, कुमार थापा, धनबहादुर थापा, देवप्रसाद थापा र तिलक डाँगीलाई पक्राउ गरेको हो […]

ABC Sanchar काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज काठमाडौंको दरवारमार्गमा निर्वाचनको पक्षमा जनमत बनाउन शक्ति प्रदर्शन गर्नेभएको छ । मध्यान्ह १२ बजेदेखि शुरु हुने आमसभामा सो दलका शीर्ष नेतृत्वले सम्बोधन गर्ने बताइएको छ । नेकपा बागमति प्रदेश स्तरीय आमसभाले नागरिकमा निर्वाचनबारे सन्देश प्रवाह गर्ने विश्वास सो दलले गरेको छ । बागमति प्रदेश कमिटीका […]

(ABC क्राईमबिट) सुनसरी। ईनरुवा नगरपालिका-२ बलाहा नहरबाट २ सय ५० केजी गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । को १ च ९८५२ नम्बरको बलेरो गाडीमा ठुलो परीणाममा गाँजा तस्करी भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आज बिहान २ बजेको समयमा प्रहरी निरीक्षक सहितको कमाण्डमा खटिएको प्रहरी टोलीले ब्यारिकेट सहित चेकिङ राखेकोमा […]

error: Content is protected !!