०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

समाचार

बाँके कोहलपुर प्रहरीले चोरीको सामान सहित एकजना पक्राउ

(महेन्द्र सिंह) बाँके । चोरीको सामानसहित बाँकेको मनिकापुरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालका अनुसार चलाएको स्वीप अपरेसन अभियान अन्तर्गत् चोरीको सामान लोड गरिएका ३ वटा अटोरिक्सा र एउटा साइकलसहित एक जनालाई पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ । मनिकापुर क्षेत्रमा विगत लामो समयदेखि चोरी […]

  (महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले राजस्व संकलन कार्यलाई तिब्र बनाएको छ। बाँके ट्राफिकले जिल्लाभरमा ३ दिनको अवधिमा ३ लाख ८३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका अनुसार ३ दिनको अवधिमा ५७९ वटा सवारीसाधनलाई जरिवाना तिराएको हो । त्यस्तै ट्राफिक प्रहरीले मापसे […]

ABC Sanchar काठमाडौं । २२ तले धरहरामध्ये २१ तलाको ढलान सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले २१ तलाको ढलान सम्पन्न भएर २२ औँ तलाको ढलान सुरु भएको जानकारी दिएका छन् । “२२ औँ तलाको निर्माण कार्य सकिनेबित्तिकै सुनको जलपसहितको गजुर राखिनेछ,” उनले भने, ‘‘गजुर निर्माणको काम भइरहेको छ । २२ […]

(तेज वली) काठमाडौं । मिडिया नेपालले आगामी फागुन २१ र २२ गते राष्ट्रिय भेला गर्ने भएको छ । आज सोमबार काठमाडौंमा बसेको मिडिया नेपाल सचिवालय बैठकले देशभक्त, राष्ट्रवादी र व्यबसायिक पत्रकारलाई एकताबद्ध गर्ने, आगामी कार्यदिशा तय गर्ने तथा आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनलाई समेत मध्यनजर गर्दै राष्ट्रिय भेला गर्न लागेको हो । राष्ट्रिय भेलामा देशभर […]

ABC क्राईमबिट कास्की । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाईदिन्छु भनी ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१४ चाउथे बस्ने स्याङ्जा वालिङ नगरपालिका-१ घर भएका ४९ वर्षीय खगेन्द्र प्रसाद काफ्ले रहेका छन् । मेट्रो ड्राइभिङ स्कुल एण्ड प्रि टेष्ट सेन्टर प्राइभेट लिमिटेडका संचालक काफ्लेले सजिलै लाइसेन्स निकालिदिन्छु भन्दै ठगी […]

  ABC क्राईमबिट मोरङ । प्रहरी कर्मचारीलाई कुटपिट गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । को.१४ प ७६३ नम्बरका मोटरसाइकल चालक जहदा गाउँपालिका-७ तारेगाना बस्ने २१ वर्षीय बब्लु साहलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-५ स्थित नेपालबाट भारततर्फ डिजेल ओसारपसार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले […]

(ABC क्राईमबिट) काठमाडौं। उच्च अदालत पाटनले गरेको आदेश उल्ट्याउँदै ‘सिँघम’ डीएसपी कुमोद ढुंगेललाई सर्वोच्च अदालतले साधारण तारिखमा छाड्ने जिल्ला अदालत काठमाडौंको निर्णयलाई सदर गरेको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजालसले आज डीएसपी ढुंगेललाई जिल्ला अदालत काठमाडौंले साधारण तारिखमा छाड्न दिएको आदेशलाई सदर गरेको हो । जिल्ला अदालत काठमाडौंले उनलाई २०७७ असारमा […]

  ABC Sanchar काठमाडौं । नेपाल प्रहरीका डिएसपीबाट एसपी भएका १६ अधिकृतले गत बिहीबार फुली लगाए । फुली लगाएको चार दिन हुँदा समेत उनीहरुले जिम्मेवारी पाउन सकेका छैनन् । सामान्यतया फुली लगाएको दिन बढुवा भएका अधिकृतको पदस्थापन हुन्छ । तर, यसपटक एसपीको सरुवामा देखिएको विवादले पदस्थापन समेत प्रभावित भएको छ । स्रोतका अनुसार एसपीको सरुवामा […]

· ABC क्राईमबिट नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको अवस्थामा करीब ४ लाख १६ हजार १ सय ५० रुपैया मुल्य बराबरको अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ ।

(सागर थापा/तेज वली) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले तुल्सीपुरमा ट्राफिक डमी राखेर ट्राफिक नियमको पालनालाई प्रभावकारी बनाउन थालेको छ । यसैक्रममा तुलसीपुरको विरेन्द्र चोक बसपार्क पिपलबोट र बाहिनी चोकमा डमी ट्राफिक राखेर ट्राफिक नियमको पालनालाई प्रभावकारी बनाउन थालेको छ । ट्राफिक नियमलाई प्रभावकारी बनाउन प्रहरीले यो अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका […]

error: Content is protected !!