२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

समाचार

दाङ ट्राफिकले नियम उल्लंघन गर्ने ३७ हजार ४ सय ६३ सवारी साधनहरु कार्वाहीमा

सागर थापा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सोमबार पत्रकार सम्मेलन गरेर अघिल्लो बर्षको तुलनामा क्षति कम भएको जानकारी दिएको हो । वितेको आर्थिक बर्षमा २ सय ५७ वटा सवारीका सधान दुर्घटना हुन ७१ जनाको मृत्यु र ३ सय ४५ जना घाईते भएको दाङ जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक प्रेम रेग्मीले जानकारी दिनुभएको छ । […]

राहुल गुप्ता बिरगंज जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनाको अन्तिमसाता देखी श्रावण महिनाको पहिलो साता सम्ममा अबैध रुपमा तस्करहरुले लत्ताकपडा , सृट सुटिङ, हाडवेयर, मरिच, मोटर , छोहडा लगाएतको अवैध समानहरु, भन्सार छलेर नेपाल भित्रयाउदै गरेको ४करोड ६८ लाख ८८ हजार ८ सय ९४ रुपैया बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाएको छ । त्यसै गरी […]

एबिसी संचार काठमाडौँ नेपाल प्रहरीका १९५ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस भएका छन् । सोमबार साँझ बसेको बढुवा समितिको बैठकले जनपद समुहतर्फ प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महेन्द्र सिंह बाँके लकडाउनको बेला सुपरपावर सुर्तीको तस्करी बढेको छ । जिल्लाको पूर्वी नाकाबाट सुपरपावर सुर्ती, पानको पात भित्रिरहेको पाइएको छ । प्रहरीले बरामद गरेको तथ्यांकले पनि त्यस्तो देखाइरहेको छ । इलाका प्रहरी कार्यालय, कम्दीले धेरै मात्रामा सुर्ती र पानको पात बरामद गरेको छ । दूधको भाडो, चाउचाउको बोकेको गाडी या भिर्ने झोलामा सुर्ती र […]

एबिसी संचार काठमाडौं पाथीभ गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु एक लाख ५० हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् । अपराह्न १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा नगरपालिकाको आफ्नै कार्यकक्षबाट अभियुक्तद्वयलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले राससलाई जानकारी दिनुभयो […]

मनोज डागी जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले आठबीसकोट नगरपालिका ३ रेझेखोलामा पहिरोमा परी ज्यान गुमाउने दुई जना र सोही वडाको स्यालाखदीमा आगलागिमा ज्यान गुमाउनेका परिवारलाई राहात उपलब्ध गराउने निर्णय गरेको हो । गत जेठ ३ गते स्यालाखदीमा डण्डे बोहराको घरमा आगलागि हुँदा ३६ वर्षिया श्रीमति लाली बोहराको मृत्यु भएको थियो । त्यस्तै असार […]

एबिसी संचार सर्लाहीमा आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारीहरुले बताएका छन । निरन्तर वर्षा भइरहँदा जिल्लाका विपन्न, सुकुम्वासी […]

एबिसी संचार बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो। प्रहरी प्रवक्ता अधिकारीका अनुसार गत असार २१ गते आँधीखोला गाउँपालिका–१ का तिवारीले १७ वर्षीया किशोरीलाई […]

एबिसी संचार चितवन नारायणगढ–मुग्लिन सडकखण्डमा सोमबार बिहान ५ बजे पहिरा खास्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा ठूलो पहिरो खसेको छ । पहिरोले दुई वटा विद्युतका पोलमा पनि क्षति पुर्याएको छ । पहिरो बिहानदेखि निरन्तर खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । प्रहरीले सवारी एकतर्फी […]

एबिसी क्राईमबिट काठमाडौं महानगरपालिका-३१ ठुलो खरिबोटस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय कुमार रोक्का लगायत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा मादक पादार्थ सेवन गरी हो-हल्ला गर्दै मानिसहरु हिँडेको भन्ने खबर प्राप्त हुनासाथ देउराली बिटबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उनीहरुले प्रहरी टोली माथिनै गाली […]

error: Content is protected !!