०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

समाचार

असोज ५ गतेदेखि नेपालगन्ज विमानस्थलबाट नियमित उडान हुने

महेन्द्र सिंह बाँके नेपालगन्ज विमानस्थलले आन्तरीक हवाई उडान सुरु गर्ने भएको छ । लामो समयदेखी बन्द रहेको उडानलाई असोज ५ गतेदेखी नियमित गर्ने तयारी गरीएको विमानस्थल स्रोतले जनाएको छ । हवाई यात्रा शुरु हुने मिति तोकेसंगै टिकट बुकिङ शुरु भएको बुद्ध एयर नेपालगन्जका स्टेशन म्यानेजर बिनित विक्रम शाहले जानकारी दिए । अहिले न्यूनतम भाडा काठमाण्डौका […]

ABC Sanchar दाङ तुलसीपुर जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले मुलुक संघिय प्रणालिमा गईसकेको हुँदा पुराना कानुनहरु संशोधन गर्दै जानुपर्ने बताउनुभयो । पुराना कानुनहरु अहिले नया संरचना अनुसार उपयुक्त नभएको भन्दै संशोधन गर्नुको बिकल्प नभएको उहाँको धारणा थियो । साथै उहाँले जनताको चाहाना र अपेक्षा अनुसार स्थानिय प्रशासनले सहजिकरणको भुमिका खेल्नुपर्ने […]

सागर थापा काठमाडौं नेपाल सरकारले संबिधान दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन सहित देशभरका १६ जना पत्रकारलाई विभूषित गर्ने निर्णय गरेको छ । पत्रकारिता क्षेत्रबाट मुलुकको आमुल परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार प्रियासन सहित १६ जना पत्रकारलाई विभुषित गर्न थालिएको हो । प्रियासन दाङबाट प्रकाशित हुने गणतन्त्र दैनिकको प्रकाशक/सम्पादक हुनुहुन्छ । […]

सागर थापा दाङको बङगलाचुली गाउपालिकामा दर्जनौं युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेकाछ्न गाउपालिकाको मुकाम कमिरेचौरमा प्रवेश कार्यक्रम आयोजना गरि बिगतमा डबल नेकपा र नेपाली काङ्ग्रेसमा आवद्ध रहि काम गरेका युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन । प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यले समाजलाइ बिकृती र भ्रष्टाचार मुक्त बनाउनको लागि सम्पुर्ण युबाहरु राष्ट्रिय जनमोर्चामा […]

ABC Sanchar पोखरा महानगरपालिका-६ हल्लन चोकबाट जबरजस्ती चन्दा संकलन गरिरहेको अवस्थामा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-७ मोतीडाँडा घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-७ मनमैंजु बस्ने रबिन केसी भन्ने २७ वर्षीय ध्वजबहादुर रावत र रोल्पा गंगादेबी गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-१६ गोंगबु बस्ने २२ वर्षीय रामकुमार डाँगी […]

सागर थापा प्रदेश नम्बर ५ प्रहरीले अहिले प्रदेशभित्र प्रहरीलाई हाइ अलर्ट’ राखेको छ । कोरोनाभाइरस कोभिड१९ देखि लिएर आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले विशेष उच्च सर्तकता अपनाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।५ नम्बर प्रदेश प्रहरी प्रमुख भएर प्रहरी नायब महानिरीक्षक डीआईजी रवीन्द्र धानुक आएपछि प्रदेशको प्रहरी काम कारबाहीदेखि अन्य सुरक्षाको सवालमा नयाँ सुधारको काम […]

महेन्द्र सिंह बाँके कोराना संक्रमणमुक्त हुनेहरुको संख्या बढ्दै गएको बाँके जिल्लामा शुुक्रबार एकैदिन ६० जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा रहनु भएकाहरु मध्ये शुक्रबार ६० वर्षिय एक महिलासहित ६० जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले भदौ १८ […]

ABC Sanchar काठमाडौंको न्युरोडस्थित बिशालबजार क्षेत्रमा फुटपाथ व्यापारी र काठमाडौ नगर प्रहरी वीच घम्साघम्सी भएको छ । नगर प्रहरीहरु आएर बिशालबजार अगाडी फुटपाथमा व्यापार गरिरहेकाहरुको सामान उठाएर लग्ने क्रममा घम्साघम्सी भएको हो । घम्साघम्सीका क्रममा फुटपाथ व्यापारीका सामानहरु छरपष्ट भएका छन् भने केही व्यापारी र सामानलाइ प्रहरीले नियन्त्रणमा पनि लिएको छ । यत्रो लकडाउनका बिच […]

ABC Sanchar आज मैले पत्रिकाको दुरुपयोग गर्दै तपाईंलाई यो पत्र लेख्दैछु । पत्रिकामार्फत सार्वजनिक पदासीन व्यक्तित्वलाई पत्र लेख्ने काम पाठकको हो । आफैले आफ्नो कुरा सम्पादकीयमार्फत भन्ने हो । यो पत्रकारिताको विश्वव्यापी अभ्यास हो । त्यसैले यो पत्र पत्रिकाको सम्पादक आफैले लेखेर छाप्नुलाई दुरुपयोग पनि मानिन सक्छ । मेयरसाव, म यतिबेला कोहलपुरस्थित कोभिड अस्पतालको ‘क्याविन […]

ABC Sanchar काठमाडाैं नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ। श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौंबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रूपमा सञ्चालनमा ल्याएको सो मिनी बसको आज एक समारोहबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुभारम्भ गरेका हुन्। कोटेश्वरबाट आज दुईवटा मिनी बस मन्थलीतर्फ प्रस्थान गरेका […]

error: Content is protected !!