०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

समाचार

एकजना महिलालाई सामूहिक बलात्कार गरी हत्या गर्ने ५ जनालाई जन्मकैदको आदेश

महेन्द्र सिंह बाँकेको डुडुवा गाउँपालिकामा एकजना महिलालाई सामूहिक बलात्कार गरी हत्या गर्ने ५ जनालाई जिल्ला अदालत बाँकेले जन्मकैदको सजाय गरेको छ । १९ असोज ०७३ मा बाँकेको डुडुवा गाउँपालिका (साबिक कम्दी गाविस) मलेहपुरुवामा मेडिकलमा औषधि लिन गएकी २८ वर्षीया शान्ति बुढालाई डुडुवा गाउँपालिका (साबिक कम्दी गाविस(६) मलेहपुरुवाका ३५ वर्षीय पुत्ती भन्ने नसिफ खाँ, वर्ष ३० […]

महेन्द्र सिंह बाँके भारतको मोस्त वान्टेड’ विकास दुवे खोज्दै भारतीय प्रहरी नेपालगञ्ज आइपुगेका छन दुवेको बारेमा सूचना दिनेलाई दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको भारतीय प्रहरीको एक टोली बुधबार नेपालगञ्ज आइपुगेको हो । डीएसपीको कमाण्डमा आएको टोलीले बाँके प्रहरी प्रमुख एसपी ओम रानालाई भेटेको छ । भारतीय प्रहरीले दुवे नेपालगञ्ज नाका आसपासमा लुकेको […]

बलबिर बिक दाङ रोटरी क्लव अफ तुलसीपुर सिटीको अध्यक्षमा यातायात व्यवसायी सुरेश हमाल चयन हुनुभएको छ । तुलसीपुरमा भएको १३ औ पद हस्तान्तरण कार्यक्रममा हमाललाई सर्वसम्मत चयन गरिएको हो । अध्यक्ष देववहादुर केसीले रोटरी चेन हस्तान्तरण गरेर हमाललाई कार्यभार सुम्पनु भएको थियो । सन् २०२०-२१ का लागि चयन भएको कार्यसमितिको निवर्तमान अध्यक्षमा देववहादुर केसी, भावी […]

कृष्णनगर, कपिलवस्तु, अषाढ २४ नेपालमा विहेगरि आउने बिदेशी महिलालाई सात बर्ष अनागरिक बनाउने सरकारकाे नागरिकता ऐन संशोधन विरुद्ध मुस्लिम समुदाय विराेध प्रदर्शन गरेकाे छ । विदेशी नागरिकलाई विवाह गरि नेपालकाे नागरिकताका लागि सात बर्ष अनागरिक भई बस्नुपर्ने र अंगिकृत नागरिकता गरेपनि राजनितिक नेतृत्वपंक्तिबाट बञ्चित गराउने विरुद्ध कपिलवस्तुका मुस्लिम संगठनहरु विराेध शुरु गरेका छन । आज […]

एबिसी क्राईम ब्युरो काठमाडौं गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई सिफारिस गरेको छ । आज बसेको गृहमन्त्रीस्तरीय बैठकले नेपाल प्रहरीमा वरिष्ठतम एआइजी थापालाई आइजीपीका लागि सिफारिस गरेको हो । गृहमन्त्री निकट स्रोतका अनुसार, वरिष्ठताका आधारमा थापालाई आइजीपीका लागि सिफारिस गरिएको हो । आइजीपी नियुक्तिको निर्णय आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद […]

एबिसी संचार काठमाडौं अख्तियार दुरुपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनीयर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा यादवले वैध भन्दा अवैध आय बढिरहेको पाइएको हो । आयोगका अनुसार यादव २०३६ मङ्सिर […]

(एबिसी क्राईम ब्युरो) काठमाडौं गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली […]

बिदुर एमसी नेपाली काँग्रेस दाङ्ग क्षत्र नम्बर १ ले दाङ्गको एक आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामी हरुलाई फलफुल बितरण गरेको हो । दाङ्गको कोरोना विशेष ‘देउखुरी आइसोलेसन सेन्टर’ मा रहेका बिरामीका लागी फलफूल बितरण गरिएको नेपाली काँग्रेस क्षत्र नम्बर १ का सभापती भेषराज पाण्डेयले जानकारी दिए । देउखुरीको राप्ती गाँउपालिका ३ मौरिघाट स्थित कोरोना विशेष […]

एबिसी संचार काठमाडौं नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको जोर विजोर प्रणालीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा थप कडाई गरेको छ । जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले विशेष कडाई गरेको हो । महाशाखाले जोर विजोर प्रणालीको पूर्णपालना गराउन ५६ वटा चेकप्वाईन्टहरू राखि थप कडाई गरिरहेको छ । आज […]

एबिसी संचार दाङ प्रहरीले घोराही उपमहानगरपालिका वडा नम्बर १ का वडा सचिव धनबहादुर केसी र वडा नम्बर १३ को कार्यालयमा कार्यरत (खरीदार) लिलाजित नेपाली र वडा नम्बर १३ कै हेल्लो टावर नजिकै बस्ने ४९ वर्षीय हुकुम बहादुर जिसीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन्। पक्राउ […]

error: Content is protected !!