१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

समाचार

गोरु तस्करले इन्स्पेक्टर घिमिरेलाई १५ हजार घुस दिन खोजे पछी गोरु तस्करी अख्तियारको नियन्त्रणमा

(एबिसी संचार) स्याङ्जा पुस ६ वडा प्रहरी कार्यालय वालिङका प्रमुखलाई घुस दिने व्यापारी आफै फन्दामा परेका छन् । मंगलवार गोरुको ओसारपासार गर्ने भन्दै स्याङ्जाको वालिङ स्थित वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेलाई रकम दिएपछि ति व्यापारी प्रहरीको नियन्त्रणमा परेका हुन् । रुपन्देही जिल्ला बसन्तपुर गाँउपालिका ४ स्थायी घर भएका जहरुदिन मियालाई प्रहरीले नियन्त्रणमा […]

महेन्द्र सिंह बर्दिया पुस ६ गेरूवा गाउँ पालिकाकोको कार्यालयको सहयोगमा गाउँपालिकाको केन्द्र गेरूवा ५ पथरैयामा नवनिर्मित पशुपतिनगर प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ। समुदाय प्रहरी साझेदारी अन्तर्गत नवनिर्मित चौकी भवनको बर्दियाका प्रजिअ प्रेमलाल लामिछानेले शनिबार उद्घाटन गरेका हुन्। गेरूवा गाउँपालिका कार्यालयको १६ लाख अनुदान सहयोग र स्थानीय जन सहभागिता ३लाख ४हजार ४२३ गरी जम्मा १९लाखको […]

घोराही पुस ५ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट चालु आर्थिक वर्षको गएको दुई महीनाको अवधिमा ८ हजार विरामीले स्वास्थ्य सेवा पाएका छन् । प्रतिष्ठानका शाखा अधिकृत झंकार लामीछानेले पछिल्लो दुई महीनाको अवधिमा अस्पतालको सेवा थप सुधार हुँदै गएको बताए । लामिछानेका अनुसार असोज महीनामा ओपिडिमा २ हजार ३ सय २४ जना र इमरजेन्सि कक्षवाट २ हजार […]

एबिसी संचार सिरहा पुस ५ तराइ-मधेसमा शितलहर सुरु भएको छ। जाडोमा विपन्न परिवारलाई ओढ्ने ओछ्याउने समस्या छ। मनकारी व्यक्तिहरुले विपन्न वस्तीमा न्यानो कपडाहरु बाड्न पुग्ने गर्छन। तर सिरहा नगरपालिका-६ बसपिट्टा गाउँमा एक जमिन्दारले शनिबार साँझ डोजर लगाएर दलित परिवारको घर भत्काई घरबारविहीन बनाएका छन्। विपन्न परिवारको विचल्ली भएको छ। सिरहा नगरपालिका-१ का जमिन्दार दामोदर बहादुर […]

एबिसी संचार कपिलवस्तु पुस ५ कपिवस्तुको विजयनगर गाउँपालिका ५ कटुवा गाउँकी एक महिलाले ट्र्याक्टरमा नै बच्चा जन्माएकी छन् । सुत्केरी ब्यथा लागेपछि अस्पताल ल्याउने क्रममा उहाँले ट्र्याक्टरमा नै बच्चा जन्माउनुभएको हो । आज बिहान विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी उर्मिला कोइरी सुत्केरी ब्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु३त २४४८ नंको ट्र्याक्टरमा राखेर चन्द्रौटा ल्याउँदा उहाँले ट्र्याक्टरमा […]

एबिसी संचार पर्सा पुस ५ मोटरसाइकल चोरी गर्दा प्रयोग गर्ने औजारसहित बाराका चारजना युवा पर्सामा पक्राउ परेका छन्। बाराको कोल्बी नगरपालिकाका २ र करहियामाई गाउँपालिका २ युवा मोटरसाइकल चोरी गर्दा प्रयोग गर्ने औजारसहित पर्सामा पक्राउ परेका हुन्। मोटरसाइकलको लक फुटाउने माष्टर साँचो र चालु गर्न प्रयोग गरिने स्वीचसहित उनीहरू वीरगन्ज महानगरपालिका १५ बाट पक्राउ परेको […]

एबिसी संचार कैलाली पुस ५ केही दिनदेखि चलेको शीतलहरसँगै बढेको चिसोका कारण जनजीवन कष्टकर बनेपछि कैलालीको टीकापुर नगर क्षेत्रमा प्रहरीको पहलमा शनिबारबाट आगो ताप्ने व्यवस्था गरिएको छ। स्थानीय सामुदायिक वनसँग गरिएको समन्वयपछि निःशुल्क रुपमा दाउरा उपलब्ध भई नगर क्षेत्रका १६ ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए। […]

एबिसी संचार बाजुरा पुस ५ गते साताको हिमपातका कारण बाजुराको हिमाली क्षेत्रका दर्जन बढी विद्यालयको पढाई प्रभावित भएको छ। हिमपातले जिल्लाका हिमाली गाउँपालिका, बुढिनन्दा नगरपालिका, बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकामा रहेका अधिकांश विद्यालयको पढाई प्रभावित भएको हो। वर्षासंगै तीन दिन सम्मको लगातारको हिमपातका कारण पठनपाठनमा समस्या भएको बडिमालिका नगरपालिका ७ को सरस्वती आधारभुत विद्यालयका शिक्षक […]

सागर थापा दाङ पुस ५ लागुऔषध कारोबारको अभियोगमा पक्राउ परेर धरौटीमा छुटेकी एक महिला पुन दाङबाट लागुऔषध कारोवार गरिरहेको अबस्थामा पक्राउ परेकी छन् । तुलसीपुर उपमहानगरपालिका ५ की शान्ता गिरी अदालतबाट धरौटीमा छुटेको केही समयमै पुन आगुऔषध कारोवारको अभियोगमा शनिबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए । महिलाको […]

एबिसी संचार जनकपुर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक (सई) लाई घुससहित रंगेहात पक्राउ गरेको छ । आयोगले धनुषाको धारापानीमा कार्यरत सई कालीचरण पंजियारलाई १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । आयोगको बर्दिबासको टोलीले धारापानिस्थित प्रहरी चौकी यज्ञभूमीमा कार्यरत सई पंजियारलाई १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार स्रोतले […]

error: Content is protected !!