१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

समाचार

फोरम नेता राउत पक्राउ

सवारी ज्यान मुद्दामा पर्सा जिल्ला अदालतले २०६३ भदौ २९ गते २९ दिन कैद र २ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएकोमा सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो । फरार रहेकै अवस्थामा उनी मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनलाई अदालतको आदेश अनुसारको कैद भुक्तानका लागि जिल्ला कारागार वीरगंज […]

तनहुँ पुस ६ तनहुँमा ढुङ्गाखानीमा प्रयोग हुँदै आएको स्काभेटरमा आगजनी भएको छ। ब्यास नगरपालिका ११ फराकचौरमा रहेको ढुङ्गाखानीमा प्रयोग भएको ग १ क ३४४१ नम्बरको स्काभेटरमा अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ । राजेन्द्र कार्की समुहको उक्त स्काभेटरमा आगो लगाउनेको खोजि भइ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दाङ पुस ६ घोराही उपमहानगरपालिका १ अठ्ठाइसेको किचेनी दहमा डुबेर दुई बालकको मृत्यु भएको हो। स्थानीय भुपेन्द्र घर्तीका साढे २ वर्षीय छोरा युवराज घर्ती र बुद्धिराम घर्तीको ४ वर्षीय छोरा समिर घर्तीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दहमा खेल्ने क्रममा बालक डुबेको बताइएको छ। शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य बिज्ञान […]

एक हजार घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षक नवीनकुमार झाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषामा कार्यरत झाविरूद्ध एक हजार बिगो माग्दै आइतबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। टिपरको सबै कागजात हुँदाहुँदै पनि विभिन्न बहाना बनाएर चालकसँग रकम असुलेको आरोपमा उनी अख्तियारको बर्दिबासस्थित कार्यालयको […]

सर्लाही पुस ६ मलंगवा झुठो विवरण पेश गरी नागरिकता लिने एक भारतीयलाई सर्लाहीको बरहथवाबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २० वर्षीय सिताराम सिंह राजपुत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बरहथवा नगरपालिका २ का आफ्नै मामा गिर्जबहादुर भण्डारीलाई बाबु बनाएर नेपाली नागरिकताको प्रमाणपत्र लिएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह […]

काठमाडौं पुस ६ राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सीमा पोष्ट थप गर्ने, सीमा सुरक्षा, अपराध नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिने आश्वासनका सम्बन्धमा गृहमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले गृहमन्त्री रामबहादुर थापाले २०७५ जेठ २७ गते सदनमा सीमा पोष्ट थप गर्ने, सीमा सुरक्षा, अपराध नियन्त्रणमा विशेष अभियान सञ्चालन […]

बैतडी पुस ६ जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक नहुँदा समस्या भएको छ। नवौं तहका एकजना र आठौं तहका दुई डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल अहिले करारका डाक्टरको भरमा सञ्चालन भइरहेको छ। जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञसमेत रहेका डाक्टर जगदीशचन्द्र विष्टको डडेल्धुरा अस्पतालमा समायोजन भएपछि जिल्ला अस्पताल करारका डाक्टरको भरमा सञ्चालनमा रहेको हो। दरबन्दीका चिकित्सक नहुँदा अस्पतालले […]

काँकडभिट्टा पुस ६ पूर्वी नाका काँकडभिट्टामा आजदेखि भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध गरिएको छ। अव्यवस्थित भारतीय गाडी पार्किङले नाकामै जाम हुँदा यात्रुलाई सास्ती हुने गरेको र फोहरमैला बढेका कारण पार्किङ निषेध गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले बताए। मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र राजश्व गस्ती टोलीको […]

कोहलपुर पुस ६ नेपाल कम्युनिस्ट पार्टी नेकपाका ५ नम्बर प्रदेश कमिटी सदस्य पुजन बिश्वकर्माले गुण्डा प्रयोग गरि बाँकेका पत्रकार सङ्गिन शर्मालाई आईतबार कुटपिट गरि घाईते बनाएका छन । घाइते पत्रकार शर्माका अनुसार नेकपा नेता पुजन बिश्वकर्माले आईतवार बेलुका कोहलपुरमा रहेको नेता बिश्वकर्माद्वारा संचालित आफ्नै पत्रीका युगयान दैनिकको कार्यालयमा गुन्डा बोलाई कुटपिट गर्न निर्देशन दिएका थिए […]

सागर थापा दाङ पुष ६ जिल्ला प्रहरी कार्यालय दाङले अबैध ५७ गोरु सहित दुई जनालाई पक्राउ गरेको छ । भारतको नाका हुदै अबैद्य रुपमा गोरु तस्करी गरिरहेको अबस्थामा शनिबार राति १२ बजेतिर गोरु तस्करमा संलग्न रहेको भन्दै २ भारतीय नागरिक र ५७ गोरु नियन्त्रणमा लिएको दाङ प्रहरीले जानकारी दिएको छ । भारतबाट नेपाल गोरु ल्याउदै […]

error: Content is protected !!