काठमाडौँ पुस ८ नेपाल प्रहरीका ४४३ प्रहरी निरीक्षक इन्सपेक्टरहरुको सरुवा भएको छ । काठमाडौं प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुको सोमबार सरुवा गरेको छ । सरुवा भएकाहरुको पुस महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था मिलाइएको काठमाडौं प्रहरी प्रधानकार्यालय नक्सालले जनाएको छ !
सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट भिस्वाले साेमबार बिहान २१ वटा पोकामा रहेको २० किलो ८ सय ६० ग्राम लागुऔषध चरेस बरामद गरेको छ। नेपालबाट भारततर्फ अवैधरुपमा लगिरहेको सो चरेस सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको कमाण्डमा खटिएको टोलीले धोबिनी गाउँपालिका-५ ओरिया खोला नजिकबाट बरामद गरेको हो। बिहान ४:१५ बजेतिर गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ दुई जना तस्करले […]
नेपाली बैंकका एटीएम ह्याक गरी रकम लुटपाट गर्दा गर्दै गत असोजमा पक्राउ परेका चिनियाँहरु/ फाइल तस्वीर काठमाडौं– पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न करिब ९७ जना चिनियाँ नागरिकहरु पक्राउ परेका छन् । प्रहरीले गरेको विशेष सर्च अपरेशनका क्रममा काठमाडौंका विभिन्न ठाउँबाट ९७ जना चिनियाँ नागरिकहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरु विभिन्न प्रविधिको […]
कैलाली पुस ७ मोहन्याल गाउँपालिकाको मोटरसाइकलले ठक्कर दिएर घाइते भएका बैंकका सुरक्षा गार्डको उपचारको क्रममा मृत्यु भएको छ । गौरीगंगा नगरपालिका ३ झिलस्थित पूर्वपश्चिम राजमार्गमा मोहन्याल गाउँपालिकाको से १ ब ६९१ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेका राष्ट्रिय बाणिज्य बैंक शाखा चौमलाका गार्ड प्रेमराज ओझालाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले ओझाको […]
धनुषा पुस ७ जनकपुरमा विभिन्न चार स्थानमा शंकास्पद बस्तु फेला परेको दोस्राे हप्तामै नक्कली बम राखिएकाे छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ नेपाल राष्ट्र बैंक र संघीय प्रहरी इकाई कार्यालय नजिकै रहेको शुक्रबारी बजार अगाडि फेला परेको शंकास्पद बस्तु नक्कली बम रहेको पुष्टि प्रहरीले गरेको छ । आइतबार राति १२ बजेदेखि नै देखा परेको […]
काठमाडौँ पुस ७ सोमबार बिहान काठमाडौँको सुकेधारामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बिहान करिब पौने ६ बजे बा४ख ५९२० नम्बरको बसले पैदल हिँडिरहेकी २२ वर्षीय सृष्टि पन्तलाई ठक्कर दिएको थियो । गोरखा घर भइ धुम्बाराही बस्दै आएकी पन्तलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको […]
सागर थापा महानगरीय अपराध नियन्त्रण महाशाखा काठमाडौं टेकुले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपुर देवचुलीका दुर्गा भन्ने देवान राई र काभ्रे नमोबुद्ध नगरपालिकाका विष्णुबहादुर धिताल रहेको अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सहकुलबहादुर थापाले जानकारी दिनुभएको छ । उनका अनुसार उनीहरुले काठमाडाैं उपत्यकामा सर्वसाधारण मानिस तथा व्यापारीलाई फोनमार्फत धम्क्याएर रकम […]
काठमाडौं पुस ७ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र लागुऔषध नियन्त्रण व्यूरोबाट दिनैपिच्छे सादा पोशाकमा प्रहरी खटिन्छन्। ती प्रहरीले विदेश जाने र आउने नागरिकको ‘लगेज’ चेकजाचमा बढी जासुस गर्छन्। बेलुकीको समयमा अन्तर्राष्ट्रिय उडानका हवाईजहाज ल्याण्ड हुनैलाग्दा प्रहरी सर्तकका साथ विमानस्थलभित्र परिचालित हुन्छन्, थाहा नहुनेगरी। विदेशीहरूको लगेज चेकजाच भइरहँदा जासुस गर्न बसेका प्रहरीले शंका लाग्दाबित्तिकै निगरानी बढाउँछन्। शनिबार प्रहरीले […]
गत शनिबार बूढानीलकण्ठ नगरपालिका–५ बसपार्क नजिकैको सडकमा एउटा कारले ठक्कर दिँदा गोरखा घर भएकी लिला देवकोटाको मृत्यु भयो । देवकोटालाई ठक्कर दिने गाडी चालक हुन् पृथ्वी मल्ल । घटनाको चार दिनअघि मात्र पृथ्वी मल्ल अमेरिकाबाट नेपाल आएका हुन् । सम्पन्नशाली परिवारका मल्लको नेपाली कला क्षेत्रका नायिकाहरुसँग राम्रै चिनजान रहेको पाइएको छ । अमेरिकाबाट आएको भोलिपल्टै […]
धनगढी पुस ६ कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट कैद सजाय पाई फरार रहेका कैलालीको भजनी नगरपालिकाका दिलबहादुर साउदलाई प्रहरीले आज (आइतबार) पक्राउ गरेको छ । २१ वर्ष छ महीना कैद सजाय पाएर कारागारबाट वि. सं २०६१ देखि फरार रहेका साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । साउदले वि. सं २०५५ फागुनमा […]