२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

समाचार

ग्यास अभावको अन्त्यतर्फ : सबिन प्रियासनको अग्रणी भूमिका

दाङ । केही समयअघि देखिएको ग्यास अभावले सर्वसाधारणको दैनिकी अत्यन्त कष्टकर बनेको थियो। ग्यास पाउने आशामा मानिसहरू पानी, घाम र थकानको पर्वाह नगरी तीन–तीन दिनसम्म लाइनमा बस्न बाध्य थिए। ग्यास आउँछ कि भन्ने आशामा दिनरात प्रतीक्षा गर्दा कतिपय ग्राहकका सिलिन्डरसमेत हराएका गुनासाहरू आएका थिए। यस्तो अव्यवस्थित र पीडादायी अवस्थाबाट सर्वसाधारणलाई मुक्त गर्न घोराही बनाउँ अभियानका […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ। त्यस्तै बाढीमा परी मृत्यु भएका कर्मचारीका आश्रित परिवारलाई २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि APF Nepal ले गरेको छ। साथै मृतक कर्मचारीहरुले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र […]

दाङ । दाङमा बच्चाको कान च्यातेर सुनको मुन्द्रा चोरी गर्ने व्यक्ति सहित अन्य चोरीमा संलग्न व्यक्तिहरु पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले विशेष टोली परिचालन गरी उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको र चोरीका सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं । ग्रिन आर्मीको नाम र पोशाक सेनासँग मिल्दोजुल्दो छन्, जसले कानुनी समस्यालाई निम्त्याएको छ। गृहमन्त्रीको संस्था ‘हामी नेपाली’ समेत कानुनी छिद्रको दुरुपयोगमा संलग्न रहेको कुरा बताइएको छ। काठमाडौँ विवादित ग्रिन आर्मीको दर्ता खारेज भएको छ। भोटेकोशी त्रिशुली बाढीपछि फिल्डमा सैनिक जस्तो पोशाकमा देखिएपछि विवादित बनेको ग्रिन आर्मी नामक संस्थाको दर्ता खारेजी भएको हो। गैरनाफा […]

रसुवा । राजमार्ग र पुल अवरुद्ध भएपछि तुइन चढेर त्रिशूली पारी जान बिहानैदेखि स्थानीयको बाक्लो भीड लाग्न थालेको छ। सडक सम्पर्क टुटेपछि आवतजावतका लागि तुइनको विकल्प नहुँदा जोखिम मोलेरै भएपनि यात्रा गर्न बाध्य भएको स्थानीयले बताएका छन्। छिटो भन्दा छिटो पुल निर्माण गरी सहज आवतजावतको व्यवस्था मिलाउन उनीहरुले सम्बन्धित निकायसँग माग गरेका छन्।

धादिङ । राजधानीसँग सडक सम्पर्क टुटेको त्रिशुली, बेत्रावती र रसुवालाई जोड्न नेपाली सेनाको कम्ब्याट इन्जिनियरिङ टोली अहोरात्र खटिएको छ। उद्धारमा उच्च मनोबलका साथ खटिएको टोलीको अथक मेहनतबाट पुलको मुख्य संरचना तयार हुने चरणमा पुगेको छ। बाँकी प्राविधिक काम सम्पन्न भएपछि आगामी केही दिनमै सवारी साधन सञ्चालनमा ल्याउने गरी काम भइरहेको सैनिक स्रोतले जनाएको छ। देशका […]

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा २०९ अन्तर्राष्ट्रिय उडानहरु प्रभावित, एजेन्सी । इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटबाट निस्किएको खरानीका कारण जकार्टाको सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ। उडान स्थगित हुँदा अन्तर्राष्ट्रियसहित २०९ उडान प्रभावित भएको इन्डोनेसियाको यातायात मन्त्रालयले जनाएको छ। शुक्रबार रातिदेखि ज्वालामुखी विस्फोट हुन थालेको र त्यसबाट निस्किएको खरानी सुमात्राको लाम्पुङ तथा जाभाको बान्टेन प्रान्तसम्म […]

काठमाडौँ । पहिरोले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारी, औषधिलगायत अत्यावश्यक उपभोग्य वस्तु आपूर्ति भइरहेको छ । पेट्रोलियम पदार्थर् त्रिभुवन राजपथबाट ल्याउने व्यवस्था गरिएको छ । एलपी ग्यास हेटौंडा–बारा–चितवन हुँदै सोही बाटोबाट नै काठमाडौं भित्र्याइएको छ । तोकिएको वैकल्पिक बाटोअन्तर्गत ठूला यात्रुवाहक तथा मालवाहक सवारीसाधनले काठमाडौं आउँदा […]

काठमाडौं । शनिबार नुवाकोटको विदुर नगरपालिका-१०, वेत्रावतीस्थित घरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो। उद्धारपछि हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेकमा प्रारम्भिक उपचार गरेर काठमाडौँको ल्याइएको छ। ६४ वर्षीया चन्डिका श्रेष्ठको खुट्टामा घाउ देखिएको र त्यसको शल्यक्रिया गर्नुपर्ने भनेपछि त्यसबारे छलफल भइरहेको उनका छोरा आशिष श्रेष्ठले बताए। ‘आमाको खुट्टामा चोट रहेछ। […]

काठमाडौं । बाढी प्रभावित रसुवा र नुवाकोटको स्थलगत अवलोकनका क्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले देखाउनु भएको सक्रियताले ‘सच्चा नेतृत्व’को अर्थ प्रष्ट पारेको छ। उद्धार कार्यमा खटिएका प्रहरी कर्मचारीहरूलाई उहाँले दिनुभएको निर्देशन र हौसलाले फिल्डमा खटिएका सिपाहीहरूको मनोबल उच्च बनाएको छ। कसैको हिम्मत टुट्न लागेको बेला उसलाई हार्न नदिने आड दिनु नै खास नेतृत्वको औचित्य […]