दाङ। नेवार सेवा समिति घोराहीले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा ३० हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको छ। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। बाढीका कारण ज्यान गुमाएका परिवारप्रति श्रद्धाञ्जली तथा […]
बाँके । जानकी गाउँपालिका–१ पचपोखराबाट भारतबाट अवैध रूपमा तस्करी गरी नेपाल भित्र्याइएका १८ वटा बोइलर कुखुरा प्रहरीले बरामद गरेको छ। करिब ५४ किलो तौलका ती कुखुरा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा अवैध रूपमा पशुपन्छी भित्र्याउने गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई कडाइ गरिएको पनि प्रहरीले जानकारी दिएको […]
काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा घरायसी उपभोक्तालाई ग्यासको आपूर्ति सहज बनाउने उद्देश्यले होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक प्रयोजनका लागि एलपी ग्यास बिक्रीमा तत्कालका लागि रोक लगाएको छ। निगमको नयाँ व्यवस्थाअनुसार अब काठमाडौं उपत्यकाभित्र रहेका ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगले व्यावसायिक प्रयोजनका लागि आवश्यक ग्यास उपत्यकाभित्रका डिपो तथा विक्रेताबाट खरिद गर्न पाउने छैनन्। त्यस्ता […]
मकवानपुर । हेटौंडा-१० स्थित सडकखण्डमा चेकजाँचका क्रममा निर्दयी तरिकाले २२ वटा चौपाया (गोरुहरु) ओसारपसार गरिरहेको ना. ६ ख ६५७१ नम्बरको ट्रक सहित चालकलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका चालक जिल्ला रौतहट, चन्द्रपुर-२ बस्ने अं. ३० वर्षीय बिनय चौधरी रहेको र निजलाई आवश्यक कारबाहीका लागि पशु सेवा केन्द्र, हेटौंडा, मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको […]
एजेन्सी । भारतमा जलिरहेको चिताबाट मानव मासु झिकेर खाएको आरोपमा एक तान्त्रिक किन्नरलाई प्रहरीले पक्राउ गरेको छ। भारतीय सञ्चार माध्यमका अनुसार श्मशान घाटमा जलिरहेको शवबाट मासु निकालेको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको र उनको मानसिक अवस्थाबारे पनि जाँच भइरहेको प्रहरीले जनाएको छ । घटनाले स्थानीय क्षेत्रमा त्रास […]
धादिङ । त्रिशूली नदीको भयानक कटान र पहिरोले पृथ्वी राजमार्गको लाइफलाइन मानिने कृष्ण भिरको यो अवस्था देख्दा मनै रुन्छ। काठमाडौँ जोड्ने मुख्य बाटो नै यसरी बगाएपछि अब कहिले बन्ला त यो बाटो? हजारौँ यात्रुहरू बाटोमै अलपत्र छन्, बिरामी बोकेका एम्बुलेन्स रोकिएका छन्। सरकार, अब अर्को विकल्प कहिले खोज्ने? जनताले दुःख पाएको कति हेरिरहने? सम्बन्धित निकायको […]
हेटौंडा । कुलेखानी-सिस्नेरी-फर्पिङ सडक खण्डमा सवारी चाप अत्यधिक बढेको छ। पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-नौबिसे सडकको कृष्ण भिरमा पहिरोको उच्च जोखिम र अन्य स्थानमा बाढी पहिरोका कारण राजमार्ग बन्द भएपछि यो वैकल्पिक बाटोमा चाप बढेको हो। मुख्य राजमार्ग बन्द हुँदा काठमाडौं भित्रिने र बाहिरिने अधिकांश साना तथा ठूला सवारी साधन यही बाटो भएर गइरहेका छन्। साँघुरो […]
पर्सा । वीरगञ्ज नारायणी अस्पतालको प्रसूति वार्डबाट चोरी भएको एक दिने नवजात शिशुलाई प्रहरीले ६ घण्टामै सकुशल उद्धार गरेको छ। आइतबार दिउँसो अस्पतालबाट बच्चा हराएको सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवन भट्टराईको कमाण्डमा विशेष टोली परिचालन भएको थियो । यसरी भएको थियो उद्धार सूचना पाउनासाथ अस्पतालको सबै सीसीटीभी फुटेज नियन्त्रणमा लिइयो। अस्पतालका सबै […]
कंचनपुर । नेपाल प्रहरीले कञ्चनपुरबाट कर्नाटक प्रहरीका असई सतिश एमआर र जवान अल्फाब आरएसलाई नियन्त्रणमा लिएको छ । नेपाली सुरक्षा निकायसँग आवश्यक समन्वय र अनुमति नलिई नेपाली भूमिमा प्रवेश गरी एक नेपाली नागरिकलाई पक्राउ गर्न खोजेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो । घटनाबारे जिल्ला प्रहरी कार्यालय कंचनपुर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ देउखुरीस्थित देवीकोटमा रहेको भद्राक्षीदेवी मन्दिर एक शक्तिपिठ हुन । देवीकोट अन्य ठाउँ भन्दा निकै विकट क्षेत्रमा पर्छ । सामान्य सडक र विद्युत् पुगे पनि राम्रोसंग सञ्चार सेवा पुग्न सकेको छैन । जसका कारण त्यो क्षेत्र अझै पनि ओझेलमा छ । पूर्व–पश्चिम राजमार्गदेखि करीब आठ किलोमिटर पूर्वतिरको उकालो यात्रापछि […]