२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

समाचार

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु,

कपिलवस्तु । दुःखद घटना कपिलवस्तुको शिवराज नगरपालिका-१ चोरखोलामा शुक्रबार बिहान बस र ट्रक ठोक्किँदा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन्। घाइतेलाई उपचारका लागि  चन्द्रौटा लगिएको प्रहरीले जनाएको छ।

बाँके । नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १० गणेशमान चोकस्थित नेपालगञ्ज भन्सार सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा प्रवर्द्धनका लागि संयुक्त लापसे परीक्षण गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जको सहकार्यमा गरिएको परीक्षणमा ४० वटा सवारीका चालक तथा सह-चालकलाई ड्रग […]

दाङ । घोराही उपमहानगरपालिका–१६ मघैस्थित प्रगतिशील टोल विकास संस्थाले गाउँमा रातको समयमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न युवाहरूको सहभागितामा ‘मघै गाउँ सुरक्षा समिति’ गठन गरेको छ। टोल विकास संस्थाका अध्यक्ष मुनुलाल चौधरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा सम्पन्न गाउँलेहरूको भेलाले सुरक्षा […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी लगायत मधेश प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका सीमा नाकाहरूको अनुगमन गर्नुभएको छ।

दाङ । साथीहरू, हामी साँच्चै नै घोराही बनाउने हुटहुटी लिएर अगाडि बढेका छौँ। हाम्रो अभियान कुनै व्यक्ति, समूह वा संस्थाको विरोधका लागि होइन। हाम्रो उद्देश्य एउटै हो—घोराहीलाई अझ व्यवस्थित, समृद्ध, सुन्दर, आत्मनिर्भर र सम्भावनायुक्त सहर बनाउने। हामीसँग अहिले ठूलो बजेट छैन। हामी कुनै छुट्टै आम्दानी गर्ने ठाउँमा पनि छैनौँ। त्यसैले अभियानलाई अगाडि बढाउँदै गर्दा आफ्नो […]

रुपन्देही । सिद्धार्थनगर नगरपालिका-१ शान्तिगेटबाट बुधबार राति सशस्त्र प्रहरीको टोलीले एक किलोग्राम सुनका विभिन्न गरगहनासहित एक महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका-१९ की ४६ वर्षीया ईला पटेल रहेकी छन्। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ। विशेष सूचनाको आधारमा […]

काठमाडौं । नेपालकै पहिलो क्रुजका रूपमा चिनिएको राइनो क्रुज पछिल्लो समय नारायणी नदीको भीषण बाढीमा बगेर नारायणी पुलको गैँडाकोटतर्फको पिल्लरमा अड्किएको छ। तर धेरैलाई एउटा प्रश्न छ— “राइनो क्रुजमा वास्तवमै कति लगानी भएको थियो?” तथ्य हेर्दा ५० करोड रुपैयाँ क्रुजमा मात्रै लगानी भएको होइन। 🔹 राइनो क्रुजको आफ्नै लागत: करिब १० करोड रुपैयाँ 🔹 क्रुजमा […]

दाङ । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रुपन्देही बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक निशान थापा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ घोराहीमा पाल्नुभई कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले आवश्यक निर्देशन समेत दिनुभएको छ।

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपालमा हालकै मूल्य यथावत् राख्दा पाक्षिक रूपमा ३ अर्ब २० करोड रुपैयाँभन्दा धेरै घाटा हुने नेपाल आयल निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेशनबाट हिजो बुधबार पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपालमा नबढाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको हो। भारतबाट मूल्यवृद्धि भएर आए पनि नेपालमा हालकै मूल्य काय […]

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]