सशस्त्र प्रहरी डिआईजी दिपक अधिकारीद्वारा तालिम सम्पन्न प्रशिक्षाथीलाई बधाई तथा शुभकामना बाँके । सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक श्री दीपक अधिकारीज्यूको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रशिक्षार्थीहरूद्वारा मार्च पास, इज्जत अर्पण कवाज प्रदर्शन तथा तालिमसँग सम्बन्धित विभिन्न प्रस्तुतिहरू प्रदर्शन गरिएको […]
घोराही उपमहानगरपालिकाका १९ वटै वडामा पुगेर स्थानीय समस्या, सम्भावना, आवश्यकता र विशेषता पहिचान गर्दै विकासको योजना निर्माण गर्ने उद्देश्यले “घोराही बनाऔँ अभियान”ले विशेष अभियान सञ्चालन गरेको छ। असोज १७”गते बाट वडा नम्बर १ बाट अभियानको सुरुवात गरिएको छ। शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, उद्यमशीलता, पर्यटन, खेलकुद, कला, साहित्य, संस्कृति, खानेपानी तथा सिँचाइलगायतका विषयलाई प्राथमिकतामा राखिएको […]
दाङ । घोराही दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर मेधावी कन्सर्नले पुस्तक मेला २०८३ सुरु गरेको छ। चाडपर्वको खुसीसँगै पठन संस्कृतिको विकास गर्ने र पुस्तकलाई उपहारका रूपमा आदानप्रदान गर्ने संस्कारको प्रवर्द्धन गर्ने उद्देश्यले पुस्तक मेला आयोजना गरिएको हो। मेधावी कन्सर्नका सञ्चालक सूर्य बिसीको अध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ साहित्यकार सुशील गौतमको प्रमुख […]
चाडपर्वको मौका छोपेर गाडीको क्याबिनमा यात्रु कोचाकोच,आउने यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य, दाङ । चाडपर्वको मौका छोपेर काठमाडौँदेखि दाङ आउने यात्रुवाहक गाडीहरूले क्याबिनमा समेत क्षमताभन्दा बढी यात्रु कोचाकोच गरेर ल्याउने गरेको गुनासो प्राप्त भएको छ। तस्बिरसहित प्राप्त गुनासोअनुसार केही व्यवसायीले क्याबिनमा क्षमताभन्दा बढी यात्रु राखेर ल्याउने गरेका छन्। विशेषगरी क्याबिनमा महिला यात्रुहरुलाई राखेर यात्रा गराइएको […]
त्रिभुवन नगर जेसिसले आयोजना गरेको मानसिक स्वास्थ्य तथा घोराही, । दाङको घोराही उपमहानगरपालिका–१० स्थित मानव सेवा आश्रममा मानसिक स्वास्थ्य तथा अर्थोपेडिकसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ। त्रिभुवन नगर जेसिसको आयोजनामा जारी साताव्यापी स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत पाँचौँ कार्यक्रमका रूपमा आश्रममा रहेका ४२ जना बुबाआमा तथा युवाहरूको स्वास्थ्य परीक्षण र उपचार गरिएको हो। त्रिभुवन नगर जेसिसका अध्यक्ष […]
दाङ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ २ दिनको दाङ बसाइँपछि फर्किएका छन्। दाङका विभिन्न कार्यक्रममा सहभागी भएपछि उनी बर्दिया प्रस्थान गर्ने भएका छन्।
बाँके । सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँके तथा मातहतका इकाईबाट खटिएको टोलीले २०८३ साल असोज २६ गतेदेखि २८ गतेसम्म सञ्चालन गरेको डिउटीका क्रममा कुल १५ लाख २९ हजार ७ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो। सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सामानमा लत्ताकपडा, किराना सामग्री, मोटर पार्ट्स, भाँडावर्तन, […]
बाँके । चाडपर्व लक्षित कार्ययोजना अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँके र यातायात व्यवस्था कार्यालय, बाँकेको संयुक्त आयोजनामा सम्भावित सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात सुनिश्चित गर्ने उद्देश्यले अनुगमन गरिएको छ। सो क्रममा लामो दूरीमा चल्ने ३५ वटा यात्रुवाहक सवारी साधनहरुको यान्त्रिक परीक्षण (Mechanical Test) गर्नुका साथै सवारी साधनको नियमित मर्मत सम्भार गर्न सम्बन्धित […]
दाङ । घोराही चाडपर्वलाई लक्षित गर्दै घोराही उपमहानगरपालिकाको नेतृत्वमा बुधबार घोराही बजार क्षेत्रमा संयुक्त बजार अनुगमन गरिएको छ। चाडपर्वका समयमा खाद्यान्न तथा उपभोग्य वस्तुको खपत बढ्ने र म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्री बिक्री हुने जोखिमलाई मध्यनजर गर्दै उपभोक्तालाई गुणस्तरीय र म्यादभित्रका सामान उपलब्ध गराउने उद्देश्यले अनुगमन गरिएको हो। घोराही उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वमा […]
नेपालगञ्ज बाँके प्रहरीले जुवातासमा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ। > जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो। > पक्राउ परेकाहरुको साथबाट नगद र तासका बुकहरु बरामद गरिएको र उनीहरु माथि जुवा ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।