२९ भाद्र २०८३, सोमबार
14-09-2026 , Mon
×

समाचार

ईप्रका रामपुर पाल्पाका प्रमुख प्रहरी निरीक्षक नेपालीको कमान्डमा २ जना टोले गुण्डा पक्राउ,

  पाल्पा । बुधबार बिहान १ बजेर १० मिटनको समयमा प्रहरी निरीक्षक (ईन्स्पेक्टर) रामबहादुर नेपालीको कमाण्डमा खटिएको प्रहरी टोलीले २५ वर्षीय आदेश रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । आदेश रानासँगै उनका साथी २५ वर्षीय धनबहादुर दर्लामी पनि पक्राउ परेका छन् । प्रहरी टोलीले आदेश […]

मेष -नयाँ ऊर्जा र आत्मबलका साथ दिनको सुरुवात हुनेछ। अधुरो कामलाई पूरा गर्ने अवसर मिल्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ, र आफन्तजनसँग समय बिताउन पाइनेछ। तर, खर्च नियन्त्रणमा नराखे अपव्यय हुन सक्छ। योजना अनुसार अघि बढ्दा सफलता हात लाग्नेछ। वृष -दिन सुरुवातदेखि नै व्यस्त र फलदायी रहनेछ। साथीभाइ वा निकट व्यक्तिहरूसँग विचार मिल्नेछ। छोटो दूरीको यात्राबाट लाभ […]

बाँके । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल भारत मैत्री संगठन अन्तर्राष्ट्रियले संयुक्त रुपमा नेपालगञ्ज दिल्ली उडानको लागि पहल सुरुवात गरेको विषयमा बुधबार नेपालगन्ज उद्योग वाणिज्य संघले बोलाएको बैठकमा विभिन्न विषयमा छलफल भएकाे छ । केही दिन अगाडि भारत सरकार उडयन मन्त्रालयलाई आग्रह गरेको पत्रलाई लिएर नेपालगञ्जका जनप्रतिनिधिहरू नेपाल सरकारका प्रतिनिधिहरु लगायतसँग छलफल गरेको छ। […]

काठमाडौं । गाजा कार्यालयले मंगलबार अमेरिका र इजरायल समर्थित समूहद्वारा सञ्चालित गाजामा रहेको सहायता वितरण केन्द्रमा आक्रमण गरिएको जनाएको हो। एक वरिष्ठ अधिकारीले संयुक्त राष्ट्र संघले यसबारे जानकारी सङ्कलन गरिरहेको भन्दै गोली लागेर धेरै मानिस घाइते भएको बताए।  ‘गोलीबारी इजरायल रक्षा बल (आईडीएफ)द्वारा गरिएको थियो,’ ती अधिकारीले भने। गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले एक जनाको […]

काठमाडौं । बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोपमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालतले सफाइ दिएको छ । उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको हो । २०८१ वैशाख १३ गते न्यायाधीश रौतहट अदालतका न्यायाधीश मातृका […]

बाँके । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय बुटवल,रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मित्र बन्धु शर्माद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कार्यालयको आन्तरिक तथा बाह्य तर्फको निरीक्षण गर्नु साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले जानकारी दिएको छ […]

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे प्रतिनिधिसभामा बोल्न समय मागेपनि विपक्षी दलहरूले संसद्को कामकारबाहीलाई अघि बढाउन नदिएपछि सभामुखले बैठक ३० मिनेटका लागि स्थगित गरेका थिए। तर त्यसपछि प्रतिनिधिसभा बैठक बस्न नसकेपछि गृहमन्त्री लेखकले   संघीय संसद् भवनको ल्होत्से हलमा आज ५ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाका […]

संसद् सचिवालयले बिहीबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ भोलि दिउँसो १ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ । आज पनि बैठक सुरु भएर केहीबेरमै स्थगित भएको थियो । लगत्तै, सभामुखले दलका प्रमुख सचेतकहरूबीच छलफल गरे पनि सफल हुन सकेन । भोलि […]

बर्दिया । गुलरिया नगरपालिका–५ स्थित बालापुरमा चितुवाको आक्रमणमा परी ६ वर्षिया बालिका सायरा थारुको मृत्यु भएको छ। बुधबार बिहान घरकै शौचालय गएकी बालिकालाई चितुवाले आक्रमण गरेको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक चक्रबहादुर डमरपालले बालिकाको शव बर्दिया अस्पताल गुलरियामा राखिएको जानकारी दिए। पछिल्लो समय बर्दियाको गुलरियामा चितुवा आक्रमण बढ्दै गएको छ। यसैबीच चितुवाले […]

जनकपुर । गृह,सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशको आयोजना तथा मधेश प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीज्यूको प्रमुख आतिथ्यतामा मधेश प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयको पेरिमिटर सरसफाई कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा मधेश प्रदेश सरकार गृह संचार तथा कानून मन्त्रालयका प्रदेश सचिव श्री बिमल प्रसाद बरालज्यू, मधेश प्रदेश प्रहरी […]