२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

समाचार

प्राङ्गारिक मल उद्योग स्थापना : नेपालको कृषि समृद्धिको आधार, सबिन प्रियासन

दाङ । नेपाल कृषिप्रधान देश हो। आज पनि देशको ठूलो जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा निर्भर छ। तर विडम्बना, कृषिमा आधारित अर्थतन्त्र भएको मुलुकले आफ्नो सबैभन्दा आधारभूत आवश्यकता—मल—का लागि वर्षेनी विदेशतर्फ हेर्नुपर्ने बाध्यता झेलिरहेको छ। किसानले समयमै मल नपाउँदा उत्पादन घट्ने, लागत बढ्ने र निराशा फैलिने समस्या हरेक वर्ष दोहोरिने गरेको छ। यस्तो अवस्थामा […]

काठमाडौं । शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट डीआईजीद्वय अरुण पौडेल र शेखर खनालको सरुवा गरिएको हो। पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा सरुवा गरिएको छ। खनाललाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा सरुवा गरिएको हो। यसअघि खनाल अख्तियारमा थिए भने पौडेल कार्य विभागमा थिए।

एजेन्सी । बेल्जियम र नेदरल्यान्ड्समा पनि गर्मीका कारण क्रमशः १,२२२ र करिब ४८० अतिरिक्त मृत्यु भएका छन्, जसमा वृद्धवृद्धा बढी प्रभावित भएका छन्। दक्षिणी फ्रान्समा तापक्रम ४० डिग्री सेल्सियस पुग्न सक्ने भन्दै ‘रेड अलर्ट’ जारी गरिएको र डढेलोको उच्च जोखिम रहेको छ। पछिल्लो समय समग्र युरोप अत्याधिक गर्मिसँग जुधिरहँदा मृत्युदर अत्यधिक बढ्दै गएको छ। जुन […]

दाङ । सबिन प्रियासन नेपालको साहित्य, समाजसेवा र सामाजिक चेतनाको क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँले साहित्य सिर्जना, सामाजिक जागरण तथा विकास, समृद्धि र सुशासनका विषयलाई जनस्तरसम्म पुर्‍याउने कार्यमा निरन्तर योगदान दिँदै आउनुभएको छ। विशेषगरी उपन्यास लेखनमार्फत समाजका विविध पक्षहरूलाई उजागर गर्दै सकारात्मक परिवर्तनको सन्देश फैलाउने उहाँको प्रयास उल्लेखनीय मानिन्छ। साहित्यप्रतिको गहिरो रुचि र […]

दाङ । लमही-७ स्थित सम्राट सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीहरूले सेवा-सुविधा सुधारको माग गर्दै उद्योगमा तालाबन्दी गरेका छन्। कर्मचारीहरूले विभिन्न माग राखेर व्यवस्थापनलाई ज्ञापनपत्र बुझाउँदै माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। कर्मचारीहरूले हाल केही कर्मचारीको मात्र तलब वृद्धि गरिएको भन्दै सबै कर्मचारीको समान रूपमा तलब वृद्धि गर्नुपर्ने माग राखेका छन्। लामो समयदेखि कार्यरत […]

दाङ । नेपाल आज विकासोन्मुख राष्ट्रको सूचीमा रहे पनि आर्थिक, औद्योगिक तथा रोजगारीका दृष्टिले अझै पनि धेरै चुनौतीसँग जुधिरहेको छ। करिब तीन करोड जनसङ्ख्या भएको नेपालबाट लाखौँ नागरिक रोजगारी, अध्ययन, व्यवसाय तथा स्थायी बसोबासका लागि विदेश गएका छन्। विभिन्न अनुमानअनुसार हाल करिब ८० लाखभन्दा बढी नेपाली मूलका व्यक्तिहरू विश्वका विभिन्न देशमा बसोबास गरिरहेका छन्। उनीहरूमध्ये […]

दाङ । विपन्न वर्गका विद्यार्थीको अध्ययनमा सघाउन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राज्यकोषबाट आफूलाई प्राप्तहुने तलबभत्ताबाट अक्षयकोष स्थापना गरेका छन्। आफ्नो पालिकाको सर्वोदय माध्यमिक विद्यालयमा अभिभावकविहीन, विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उत्थानका लागि रु एक लाख एक हजारको अक्षयकोष स्थापना गरेकाे विद्यालय व्यवस्थापन समितिले जनाएको छ । आफूलाई मासिक रुपमा प्राप्त हुने रु ३३ हजारबाट […]

दाङ । घोराही-लमही सडक खण्ड, बेलदमार*मा अहिले सडक छेउमै बसेर स्थानीय व्यापारीले आँप बेचिरहेका छन्। आजको भाउ व्यापारीका अनुसार प्रतिकिलो रु. १५० मा आँप बिक्री भइरहेको छ। जेठ-असार भनेको दाङको आँपको पिक सिजन हो। बेलदमार, तुलसीपुर-घोराही सडकमा भारत र स्थानीय उत्पादन दुवैको आँप राख्ने चलन छ। सडक पेटीमा राखेर बेच्दा मध्यमवर्गीय परिवारलाई पनि सजिलै किन्न […]

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र ५ दिनदेखि १५ दिनसम्म पेट्रोल, डिजेल वितरण रोक्का गर्ने कानुनी व्यवस्था गरिएको छ । पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा […]

बाँके । सशस्त्र प्रहरी निरीक्षक डम्बर बहादुर साउद इन्चार्ज भएर आएपछि जैसपुर क्षेत्रको खुला सिमाना, विशेष गरी शर्मा गल्ली लगायतका भित्री बाटोमा चेकजाँचमा कडाइ भएको स्थानीयले बताएका छन्। तस्करी नियन्त्रण सुन, चाँदी, मोबाइल, कपडा, खाद्यान्न जस्ता भन्सार छलेर आउने सामान बिना कागजात आवतजावत गर्ने, मानव तस्करी र लागूऔषध ओसारपोसारमा निगरानी खुला सिमानाको दुरुपयोग गरेर हुने […]