१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

समाचार

नेपाल प्रहरीका ५ जना एसएसपीहरु (डीआईजी) पदमा बढुवा सिफारिस

काठमाडौं । आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले हाल रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। डीआईजीका लागि एसएसपीहरु भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले सिफारिस भएका हुन्। उनीहरू सबै २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए। उनीहरूभन्दा वरियतामा अगाडी रहेका दुई डीआईजीलाई भने […]

काठमाडौं । गृह मन्त्रालयले आइतबार देशभरका ३६ प्रजिअको सरुवा गरेको हो। मन्त्रालयले रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट, कपिलवस्तु लगायत  जिल्लाका प्रजिअको सरुवा गरिएको जनाएको छ। मन्त्रालयले केही जिल्लामा नयाँ प्रजिअ पठाएको छ भने केहीलाई स्थानान्तरण गरेको छ।

रुपन्देही । भैरहवा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डिआईजी उमा प्रसाद चतुर्बेदी एवं लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्ट लगायतले अनुगमन तथा निरीक्षणको क्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देही भैरहवाको सम्पुर्ण शाखाहरु निरीक्षण गर्दै शाखाहरुबाट सम्पादित कार्य विवरणकोबारेमा जानकारी लिनुका साथै जिल्ला […]

  दाङ । वरिष्ठ राजनीतिज्ञ बलदेव शर्मा मजगैयाँले अहिले मुलुकको अवस्था २०३३ सालको भन्दा पनि बढी जोखिमपूर्ण रहेको बताएका छन्। डा. सुदीप गौतमद्वारा लिखित ‘दाङको न्यायिक र प्रशासनिक इतिहास’ नामक पुस्तकको घोराहीमा विमोचन गर्दै पूर्व मन्त्री तथा साहित्यकार मजगैयाँले देशको अस्तित्व माथि नै सङ्कट आउँदा बिपी कोइरालाले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको […]

पर्सा । बिरगंज छठ पर्वको दोस्रो दिनको रूपमा आज खरना गर्नुअघि विधि अनुसार आवश्यक पर्ने सामग्री किन्नको लागि मानिसहरूको भिड लागेको हो । पहिलो दिन शनिबार नहाए खाएबाट सुरु भएको छठको दोस्रो दिनको साँझ पछि व्रतालुहरू निराहार व्रत बस्ने गर्छन् । यो व्रत मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै तोडिन्छ । लक्ष्मी पूजाको चार दिनपछि […]

काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगलागीका बेला संसद भवन जलिरहेको पृष्ठभूमिमा फेसबुक लाइभ गर्दै अभद्र र उत्तेजक शब्द प्रयोग गरेको भिडियो सार्वजनिक भएपछि अमनप्रताप अधिकारी विवादमा तानिएका छन्। पूर्व फुटबल खेलाडी, कमेन्टेटर तथा कार्यक्रम उत्पादक अधिकारी जेजनी आन्दोलनका बेला देखाएको सहभागिता र उनले बोलेका शब्दका कारण विवादमा तानिएका हुन्। जेनजी आन्दोलन […]

  काठमाडौं । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् । शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् । उनीहरूसहित अन्य दुई जनालाई […]

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि छनोट गरेको नाममा अझै छलफल जारी राखेकी छन् । कार्की नेतृत्वको सरकारको मन्त्री बन्नका लागि सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद भएसँगै उनले छलफल तीव्र पारेकी हुन् । अहिले सुनारको विषयमा प्रधानमन्त्री र केही मन्त्रीले छलफल गरिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । सुनारविरुद्ध विभिन्न […]

बारा । कलैया जेनजी आन्दोलनका कारण आएको वर्तमान सरकार ले दैनिक प्रशासन पनि राम्रोसँग चलाउन सकिरहेको छैन भन्ने आराेप जेनजीहरू नै लगाउने गर्छन् । काम चलाउ सरकार भएको माैका छाेपी अहिले तराईका भारतसंग सीमा जाेडिएका जिल्लाबाट तस्करी धन्दा व्यापक मात्रामा माैलाई रहेको छ । केही दिन देखि बाराकाे झिट्कैया नाकाबाट व्यापक तस्करी भैरहेको छ । […]

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै ४ जना नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाएको स्रोतले जनाएको छ । यसअघि सात सदस्यीय मन्त्रिपरिषद् थियो । स्रोतका अनुसार डा. सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई भूमिसुधार, खगेन्द्र सुनारलाई श्रम र बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन लागिएको छ । गणपतिलाललाई यसअघि पर्यटन मन्त्रालय बनाउने […]

error: Content is protected !!